Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

मुक्त हलियालाई पानीको अभाव

कञ्चनपुर। कञ्चनपुरको भीमदत्तनगरपालिका–१ बाराकुण्डामा पुनःस्थापन गरिएका मुक्त हलियालाई पानीको अभावमा घर निर्माण गर्न चुनौती थपिएको छ । पुनःस्थापनमा परेका ‘क’ वर्गको परिचयपत्र पाएका ३७ परिवार मुक्त हलियालाई बाराकुण्डामा पुनःस्थापन गरिएको छ । पुनःस्थापनमा परेका परिवारले घर निर्माणको कार्य थाले पनि पानीको अभावमा टाढाबाट पानी बोकेर ल्याई प्लाष्टिकको खाल्डोमा जम्मा गरेर घर निर्माण गर्न थालेका छन् । पुनःस्थापन गरिएको बस्तीभन्दा एक किलोमिटर टाढाबाट स्थानीयवासीले गाडेको बोरिङबाट पानी किनेर घर निर्माणमा जुटेको मनि दमाईंले बताए । उनले भने, “किनेको पानी बाल्टी, ड्रममा बोकेर घर निर्माणस्थलमा पु¥याउन निकै चुनौती छ ।” पानीकै लागि एक परिवारले दैनिक रु ५०० देखि रु एक हजारसम्म खर्च गरिहनुपरेको उनले बताए । “बस्ती बसाइएको ठाउँमा सानो रकमले हातेपम्प गाड्न सकिँदैन”, हरि दमाईंले भने, “रु एक लाखमाथिको रकम हातेपम्प गाड्नकै लागि लाग्छ, त्यो नसकेर बाध्यताले पानी किन्नुपरेको छ ।” नगरपालिका र दातृ निकायसँग हातेपम्प गाड्नका लागि कयौँ पटक माग गरेपनि सुनवाइ हुन नसकेको उनले गुनासो गरे । पानी पनि खरीद गर्नुपरे पछि घर निर्माणको लागत खर्च बढ्न थालेको राष्ट्रिय मुक्त हलिया समाजका अध्यक्ष शिवी लुहारले बताए । लागत खर्च बढ्दा सरकारले भूमि सुधार कार्यालयको पुनःस्थापन समितिमार्फत् मुक्त हलिया परिवारलाई उपलब्ध गराएको घर निर्माणको रु दुई लाख २५ हजार रकमले नपुग्ने उनले जानकारी दिए घर निर्माणका लागि लागत बढी हुने भएपछि समाजले समेत रु २० हजारका दरले प्रतिपरिवारलाई थप रकम उपलब्ध गराउने जनाइएको छ । सरकारले घर निर्माणका लागि ‘क’ वर्गको परिचयपत्र पाएका मुक्त हलिया परिवारलाई रु एक लाख २५ हजारका दरले र जग्गा खरीदका लागि रु दुई लाख रकम प्रदान गर्दै आएको छ । पुनःस्थापनमा परेका मुक्तहलिया परिवारले खानेपानीसमेत किनेर खाँदै आएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy