Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

चार बिघा जग्गा भाडामा लिएर केराखेती

कञ्चनपुर। बेलौरी नगरपालिका–६ विद्यानगरमा दुई किसानले चार बिघा जग्गा भाडामा लिएर केराखेती गरेका छन् । स्थानीयवासी प्रतापसिंह राना र करमसिंह रानाले महाकाली बहुमुखी क्याम्पस र अन्य स्थानीयवासीको जग्गा प्रति बिगाको वार्षिक रु ५८ हजार देखि रु ६५ हजारमा भाडा तिर्ने गरी केराखेतीका लागि लिएका छन् । नाताले काका भतिजा पर्ने उहाँ दुवैले भाडामा लिएको जग्गामा छ हजार ५०० वटा जिनौ जातका केराका बोट रोपेका छन् । नगरपालिकाको कृषि शाखाले केराका बिरुवाको मूल्यको ५० प्रतिशत रकम अनुदानस्वरुप व्यहोरेको छ । भाडामा लिएको जग्गामा केराखेतीका लागि रु १५ लाख लगानी गरिएको कृषक प्रतापले बताए। अझै दुई बिगाहा जग्गामा केराखेती विस्तार गर्नका लागि जग्गा खोजीको कार्य भइरहेको उनले जानकारी दिए । उनले भने, “केरा खेतीकै लागि बैंकबाट रु २५ लाख ऋण लिएका छौं, जसमध्ये चार बिगाहा जग्गामा रोपेको केरामा रु १५ लाख खर्च भएको छ ।” उन्नत जातको केरा भएकाले एक वर्षमै खर्च कटाएर रु २० देखि रु २५ लाख सम्म आम्दानी हुने उनले बताए । केरासँगै अन्तरबालीका रुपमा आलु र खुर्सानी रोपेर उनीहरुले अतिरिक्त आम्दानी गरेका छन् । विसं २०६२ देखि करमसिंहले भने केराखेती गर्दै आएका छन् । उनले विगतमा १२ विघा जग्गामा केरा खेती गरेर जिल्लामै पहिलो किसान बनेका थिए । भाडामा जग्गा नपाइदा थोरै जग्गामा केरा खेतीमा चित्त बुझाउनु परेको उनले बताए । “बाहिरको व्यक्ति भन्दा भतिजासँग मिलेर केराखेती गर्दा सहज हुने भएकाले यस वर्षदेखि आधुनिक तरिकाले केराखेतीलाई अगाडि बढाएका छौँ”, उनले भने । केरा गोडमेल, बगान व्यवस्थापन गर्न, मल राख्न, सिँचाइ गर्न, टुसा हटाउने लगायतका कार्य गर्नका लागि ज्यालादारीमा २० जना कामदारलाई उहाँहरुले रोजगारी समेत दिएका छन् । खेतमा रोपेको केरा १५ महीनामा बजारमा बेच्नका लागि तयार हुने बताइएको छ । केराको माग अधिक रहेकाले बजारमा सहजै बिक्री हुने गरेको छ । यहाँ उत्पादन भएको काँचो केरा रु ३५ देखि रु ४० प्रति दर्जनका दरले कैलाली कञ्चनपुरसँगै डडेल्धुरासम्म बिक्रीका लागि व्यापारीले लैजाने गरेका छन् । केराखेतीमा संलग्न करमसिंहले भारतको उत्तरप्रदेशको लखनउका किसानले गरेको केराखेतीबाट पाठ सिक्दै उहाँहरु तालीम बिना नै केराखेतीमा जुट्नु भएको हो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy