यसरी नेकपाभित्र असन्तुष्ट नेताको मन जित्न सफल भए प्रचण्ड
पौष १५ गते, २०७५ आइतवार 30th December, 2018 Sun०९:२७:२९ मा प्रकाशित
काठमाडौं।नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘हावी’ भएका छन्। बैठक पहिलो दिनदेखि समापनसम्मै प्रचण्ड बलियो देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने रक्षात्मक रुपमा प्रस्तुत भए।
आजको अन्नपुर्णमा खबर छ – पार्टी एकताको दिन ९जेठ ३० ओली–प्रछण्ड दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए। तर, एकतापछि २० मिनेटका दरले सबै स्थायी समिति सदस्यले बोल्ने समय पाएको पहिलो बैठकमा प्रचण्ड एकछत्र ‘हावी’ देखिएको एक स्थायी समिति सदस्यले बताए।
दुई धारबाट आएका नेताको प्रस्तुति, हाउभाउ शैली, अभिव्यक्ति एक–अर्को खेमाका नेताहरूलाई बुझ्ने सबैभन्दा महत्वपूर्ण अवसर थियो यो बैठक। तल्लो तहसम्मको एकता प्रक्रिया लम्बिएको, सरकारको काम प्रभावकारी बन्न नसकेको भनी नेतृत्वको आलोचना बढिरहँदा स्थायी समिति बैठक बसेको थियो।
प्रछण्डले बैठकमा आफूलाई सन्तुलित रूपमा प्रस्तुत गरे। त्यसैले उनी नेताहरूको आक्रमणको तारो बनेनन्। बरु उनी असन्तुष्ट नेताको मन जित्न समेत सफल भए। अबको पार्टी नेता आफू भएको सन्देश दिए।
एक स्थायी समिति सदस्यका अनुसार, प्रचण्डले यो पटकको स्थायी समिति बैठकमा सबै नेताहरूलाई उत्तिकै परिचालनको अवसर पाए। आगामी दिनमा पनि पार्टीभित्रको समीकरणमा आफूअनुकूल राख्न सके प्रचण्ड सफल दरिने ती नेताको बुझाइ छ।
प्रछण्डले व्यक्तिगत रुपमा नचाहे पनि नेता वामदेव गौतमले उनलाई पार्टीको कार्यकारी अध्यक्ष बनाउन लिखित प्रस्ताव नै गरे। प्रधानमन्त्री भएका अध्यक्ष बाहेकका अर्का अध्यक्षले पार्टीको कार्यकारी जिम्मा लिने प्रस्ताव गौतमको थियो। तर दाहालले त्यस्तो प्रस्ताव समय सान्दर्भिक नभएको बताए। नेता गौतमले अध्यक्षद्वय ओली र दाहालले बैठकमा साझा राजनीतिक दस्तावेज प्रस्तुत गरेकै दिन पार्टीमा फरक मत राखेका थिए।
२९ मंसिरको बैठकमा प्रधानमन्त्री ओली गौतमको दस्तावेज बैठकमा प्रस्तुत हुन दिने पक्षमै थिएनन्। दाहालले नै गौतमलाई आफ्नो लिखित मत बैठकमा राख्न दिने गरी बाटो खोलिदिए। ५ महिनापछि बसेको बैठकमा घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्यलगायत नेताले सुरुमै एजेन्डा माग गरे।
अध्यक्ष ओली राजनीतिक दस्तावेजमा समेटिएका विषयबाहेक अन्य एजेन्डा बैठकमा छलफल गर्न दिने पक्षमा थिएनन्। तर दाहालले अन्य एजेन्डामा पनि नेतालाई छलफलको बाटो खोलिदिएको नेता घनश्याम भुसालको भनाइ छ।
‘राजनीतिक दस्तावेजमा समावेश भएका वा नभएका विषयलाई पनि छुट्टै एजेन्डा बनाएर छलफल गर्न दिने गरी बाटो अध्यक्ष दाहालले बैठक सुरु भएकै दिन खोलिदिएका थिए,’ भुसालले भने। यसमा पनि दाहालले असन्तुष्ट नेताहरूको मन जित्ने प्रयास गरे।
त्यसो त दाहालले बैठकमा स्थायी समिति सदस्यहरूले उठाएका विषयमा जवाफ दिने क्रममा सबैलाई समेट्ने प्रयास गरे। बैठकमा उनको सम्बोधन सुनेपछि नेताहरू स्वयं एकताबद्ध भएजस्तो देखिएको आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले बताए।
नेता झलनाथ खनालले त १२ पुसको दाहालको प्रस्तुतिले आफूहरू निकै उत्साहित भएको धारणा सञ्चारकर्मीसँग राखेका थिए।
‘उहाँ ९दाहाल० को प्रस्तुतिले बैठकमा उठेका एजेन्डा समाधानको सूत्र बोकेर आएको छ, हामी उत्साहित बनेका छौं’, खनालको भनाइ थियो। दाहालले नेताहरूलाई जवाफ फर्काएको भोलिपल्ट अर्का अध्यक्ष ओलीले आफ्ना भनाइ राखे। त्यसपछि भने नेकपामा विवाद निम्तियो।
‘अघिल्लो दिन प्रचण्डजीले बोल्दा सकारात्मक रूपमा बैठक सकिने भयो भन्ने सबै साथीलाई लागेको थियो। तर भोलिपल्ट प्रधानमन्त्रीले बोलेपछि वातावरण बिग्रिहाल्यो’, स्थायी समिति सदस्य खतिवडाले अन्नपूर्णसँग भने।
तत्कालीन एमाले खेमाभित्रको पक्ष–विपक्षका कारण स्थायी समिति बैठकमा ओली रक्षात्मक बने। ‘ओली बोल्दा नेपाल पक्ष र नेपाल बोल्दा ओली पक्ष निराश देखिन्थे। तर दाहाल बोल्दा दुवै पक्ष आशावादी भई हाम्रा कुरा आउँछन् होला है भनेर उत्साहित हुने अवस्था बैठकमा देखियो’, अर्का स्थायी समिति सदस्यले भने।
दाहालले सम्बोधन पनि ओजिलो गरे। उनले दस्तावेज परिमार्जनपछि पारित गर्ने, संगठनात्मक एकता कार्यदल बनाई गृहकार्य गर्ने र पुनः स्थायी समितिबाटै पारित गरी निर्णय लिने र सरकार पार्टीले चलाउने गरी संयत्र बनाउने प्रस्ताव गरेका थिए। सोही मध्यमार्गी प्रस्ताव अनुसार नै नेकपा बैठक समापन भएको छ।
एमाले धारका स्थायी समिति सदस्यका अनुसार, बैठकमा निकै आक्रामक हुने गरेका ओली रक्षात्मक रूपमा प्रस्तुत भए। ‘ओलीको तुच्छ र घोचपेचको कुरा सुन्दा हामी दिक्क थियौं। तर प्रचण्डले सन्तुलित भाषा बोलेर नेकपाको भावी नेता म हुँ भन्ने सन्देश दिए’, माधव नेपाल निकट एक नेताले भने, ‘ओली रक्षात्मक देखिए।’
बैठक समापन पनि अन्तिममा दाहालले नै गरे। सबै नेताको मनोदशा बुझेका दाहालले समापन मन्तव्यका क्रममा ओलीमाथि पनि प्रहार गरे। एक नेताका अनुसार, बैठक समापन गर्दै दाहालले आफू नेताहरूले प्रश्न उठाएपछि जड नभई लचक भएर प्रस्तुत हुने गरेको सुनाएका थिए।
‘बैठकमा यत्रो भइसकेपछि म चाँहि आलोचित हुन्थे, आत्मआलोचना गर्थेँ। जड हुनुपर्ने आवश्यकता छैन। साथीहरूले उठाएका कुरामा म चाँहि लचक हुन्थेँ। ओलीजी पनि मसँग नआत्तिनुहोस्। म तपाईंलाई सघाउने मान्छे नै हो। मसँग काम लिनुहोस्, कति लिन सक्नुहुन्छ रु फकाएर लिनुहोस्।’ दाहालले समापन मन्तव्य राख्दै भनेका थिए।
बैठकमा उठेको पार्टीको न्यूनतम कार्यदिशा ‘जनवाद’ या ‘समाजवाद’ भन्ने बहसमा पनि दाहालले ओलीभन्दा फरक धार देखाए। घनश्याम भुसाल, झलनाथ खनाल, वामदेव गौतमलगायत नेताहरूले उठाएको न्यूनतम लक्ष्य ‘अबको यात्रा समाजवाद’ हुनुपर्ने अडानमा दाहाल सहमत देखिए। ओली–नेपाल भने जनवादको पक्षमा देखिएका थिए। एक नेताले भने, ‘राजनीतिक रूपमा पनि दाहाल फरक र हावी हुन खोजे।’
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: