Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

पार्टी एकलौटी ढंगले चलाएको भन्दै विकेवशील साझामा विवाद चुलियो

 काठमाडाैं । विवेकशील साझा पार्टीमा विवाद बढ्दै गएको छ । पार्टी संयोजक रविन्द्र मिश्र, बरिष्ठ नेता मुमाराम खनाल, प्रवक्ता सुर्यराज आचार्यले एकलौटी ढंगले चलाएको भन्दै अर्का संयोजक उज्वल थापालगायतले व्यवस्थित रुपमै असन्तुष्टि जनाएका छन् । पार्टी चलाउने यो शैलीले नयाँ परिपाटीसहितको पार्टी नबन्ने असन्तुष्ट समूहको ठहर छ । नयाँपत्रीकामा खबर छ – पार्टीभित्र असन्तुष्टी बढ्दै गएपछि देशव्यापी भ्रमण गरेका संयोजक थापाले प्रतिवेदन तयार पार्न लागेका छन् । उनले विवेकशील साझा पनि पुरानै शैलीको अर्को पार्टी बन्न थालेको भन्दै असन्तुष्टी पोखेका छन् । ‘हामी पुरानै लहरमा एउटा अर्को पार्टी बन्दै छौँ, साँघुरो घेरामा बसेर निर्णय गर्दै छौँ, नतिजा निकाल्ने भन्दा पनि आफ्नो अनुकूल व्याख्या गरेर उपलब्धिको रुपमा प्रस्तुत गर्दै छौँ,’ थापाले यसअघिको केन्द्रीय समिति बैठकमा भनेका थिए, ‘मूल्य, मान्यता, सहभागितामूलक लोकतन्त्र र सामूहिक नेतृत्व भन्ने विषय पछि कुनै समय गएर अभ्यास गरौँला भन्न मिल्दैन, ती त अहिले, आजै र हामी हरेकको विषयमा लागू हुनुपर्छ ।’ पार्टी प्रवक्ता सूर्यराज आचार्यको प्रतिक्रिया पार्टीभित्रको विवाद मिडियामा आए जस्तो होइन । दुई भिन्न पार्टी एकिकरण भई विवेकसिल साझा पार्टी बनाईएको हो । पार्टीभित्रका केही राजनीतिक सवालमा नेतृत्व तहमा छलफल भएको हो । दुई भिन्न पार्टी मिलेर बनेको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक अभ्यास गर्ने सन्दर्भमा छलफल हुनु स्वभाविक हो । पार्टीको विचार, सोँच र केही मुद्दाका हकमा मत भिन्नतालाई राजनीतिकतहबाटै पार्टीले हल गर्ने छ । जहाँसम्म केही केन्द्रीय सदस्यले पार्टी छोड्नु भएको सन्दर्भ छ । उहाँहरू निर्वाचनलगत्तै स्वेच्छाले पार्टीबाट अलग हुनुभएको हो । केन्द्रीय सदस्य जुन बनाईएको छ, त्यो केन्द्रीय तर्दथ समिति हो । तर्दथ समितिमा छोड्ने र थप्ने नियमित प्रक्रिया चल्छ । पार्टी संयोजक नै अलग हुँदै छन भन्ने विषयमा जुन किसिमले समाचार आएको छ, त्यो अनुमान मात्रै हो । संयोजक उज्वल थापा अलग हुदै हुनुहुन्छ भन्ने विषयमा पार्टीलाई आधिकारिक जानकारी छैन ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending