Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

शेयर सदस्यको श्रीमती सुत्केरी हुँदा सहकारीद्वारा एक किलो घ्यू

रुपन्देही। रुपन्देहीमा रहेको एउटा सहकारी संस्थाले शेयर सदस्यको श्रीमती सुत्केरीको भए एक किलो घ्यू र रु २०० को बाल बचत खाता खोल्ने कार्यक्रम शुरु गरेको छ । जिल्लाको सैनामैना नगरपालिका–४ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष ३२ सुत्केरीलाई सो सुविधा दिएकोे छ । तीन वर्षदेखि लागू भएको कार्यक्रम दुई बच्चा हुँदा मात्रै लागू हुने जनाइएको छ । यस क्षेत्रमा घ्यूको बजार मूल्य प्रतिकिलो रु एक हजार २०० रहेको छ । अहिलेसम्म ९५ जना सुत्केरीले यो सुविधा लिएका छन् । २०३२ सालमा कृषि विकास बैंकले गरीबी न्यूनीकरणका लागि सञ्चालन गरेको साना किसान विकास आयोजना २०५० सालमा स्थानीय सदस्यलाई हस्तान्तरण गरेपछि २०६० सालमा यसको स्थापना भएको बताइएको छ । संस्थाका सदस्यको आर्थिक तथा सामाजिक विकासका लागि आधुनिक प्रविधिको माध्यमबाट कृषिलाई व्यावसायीकरण र लघु उद्योग स्थापना गर्दै सदस्यहरूको जीवनस्तर वृद्धि गर्ने परिकल्पना रहेको संस्थाका प्रबन्धक दिनेश घिमिरेले जानकारी दिए । उनले अधिकांश कार्यक्रम कृषि क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै साना किसान विकास लघु वित्तको सहयोगमा कृषि प्रशिक्षार्थीका रूपमा कृषि क्षेत्रमा प्रविधिको प्रयोग तथा यान्त्रिकीकरणबाट कृषि उत्पादन वृद्धि गर्न १० जनालाई इजरायल पठाइएको बताए । सैनामैनाका शेयर सदस्य प्रेम घिमिरेले साना किसानका लागि स्थापना भएको संस्थामा सहुलियतपूर्ण र सस्तो ब्याजदर नभएको गुनासो गर्नुभयो । सहकारीले दूध डेरी सञ्चालन, बीउबिजन, भेटेरिनरीसम्बन्धी सेवा र मलखाद बिक्री–वितरण गर्ने विषयलाई प्राथमिकतामा राखेर काम अघि बढाउने समेत प्रस्ताव गरेको छ । शेयर पूँजी रु एक करोड ९१ लाख ८७ हजार ३०० रहेको संस्थामा रु १९ करोड २६ लाख पाँच हजार ८७२ निक्षेप सङ्कलन भएको छ । तीन हजार ५८४ शेयर सदस्य रहेको संस्थाले रु ३१ करोड २१ लख ४६ हजार ३५ लगानी गरेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending