Ntc summer Offer
Khabar Dabali ८ कार्तिक २०८१ बिहीबार | 24th October, 2024 Thu
Investment bank

बंग्लादेश निर्वाचनः शेख हसिना पुनः निर्वाचित, विपक्षी भन्छन्- धाँधली भयो

बंग्लादेशको निर्वाचन आयोगले प्रधानमन्त्री शेख हसिनाको आवामी लिग पार्टीले आम निर्वाचनमा विजय हासिल गरेको बताएको छ। यो जित सँगै उनी तेस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्ने भएकी छन्। प्राप्त परिणाम अनुसार सत्तारुढ दलले संसदको तीनसयभन्दा बढी सिटमध्ये २८७ सिटमा विजय हासिल गरेको छ। ताजा निर्वाचनको माग मुख्य विपक्षी दल न्याश्नल युनिटी फ्रन्टले ६ सिट मात्र जितेको छ। त्यो दलले आइतवार भएको चुनाव नाटक जस्तो र धाँधलीयुक्त भएको भन्दै स्वतन्त्र निकायको अधिनमा ताजा चुनाव हुनु पर्ने माग गरेको छ। विपक्षी गठबन्धनका एक नेता कमल होसेनले भने \'झन्डै १०० जना उम्मेदवारले चुनाव बहिष्कार गरेका छन्। त्यसैले हामी निर्वाचन आयोगलाई नाटक जस्तो मञ्चन गरिएको निर्वाचनको परिणाम रद्द गर्न आग्रह गर्दछौँ । \' उनले चुनावमा व्यापक धाँधली भएको आरोप लगाएका छन्। तर शेख हसिनाको सरकारले ती आरोप अस्वीकार गरेको छ। रोयटर्स समाचार एजेन्सीका अनुसार बांग्लादेश निर्वाचन आयोगले देशभरीबाट धाँधलीका आरोपहरू आएको र उसले त्यसबारे अनुसन्धान गर्नेछ। सत्तारुढ दल र विपक्षी दलका समर्थकबीच भएका झडपमा कम्तीमा १७ जनाको ज्यान गएको बताइएको छ। आरोप शेख हसिनाको सत्तारुढ दल आवामी लिग सन् २००९ देखि बांग्लादेशको सरकारमा छ। विपक्षी दलहरूमध्येको एउटाले उसले भरिएको मत पेटिका प्रयोग गरेको आरोप लगाएको छ। बांग्लादेश न्याश्नल पार्टीका प्रवक्ताले मतपरिणाममा अनियमितता भएको आक्षेप लगाएका छन्। बीबीसी सम्वाददाताले मतदान केन्द्रहरू खुल्नुपूर्व बन्दरगाह शहर चित्तगंगको मतदान केन्द्रमा मतले भरिएका बाकसहरू देखेका थिए। सो विषयमा अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। प्रधानमन्त्री हसिनाले भने विपक्षी दलहरूले एकातिर आरोपहरू लगारहेको र अर्कोतिर आफ्ना दलका नेता र सदस्यहरूमाथि आक्रमण गरिरहेको बताएकी छन्। यसो हुनु देशको दुर्भाग्य भएको उनले शुक्रवार बीबीसीलाई बताएकी थिइन्। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy