Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

जोशीलाई जबराले भने- प्रधानन्यायाधीश पदबाट साथी भाइको नाताले हेर्न मिल्दैन

काठमाडौँ। नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई आजको मुद्दामा पेशी तोकेनन् । अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा बारम्बार प्रश्न उठेको हुनाले आजदेखि नै आफूले न्यायाधीश जोशीलाई मुद्दाको पेशी नतोकेको राणाको भनाइ थियो । आगामी दिनमा पनि उनलाई पेशी नतोक्ने राणाको योजना छ । “यदि हाम्रा कारण(हामीले छाड्दा) अदालतको जनआस्थामा वृद्धि हुन्छ भने हामी बाटो लाग्नुपर्छ, बाटो लाग्न हामी तयार हुनुपर्छ, न्यायालयलाई बारम्बार विवादमा ल्याउने काम गर्नुहुँदैन”, राणाले भने, “अदालतलाई अझै विवादमा ल्याउनु हँुदैन भनेर उनलाई मुद्दाको पेशी नतोकिएको हो, भविष्यमा पनि तोकिने छैन ।” प्रधानन्यायाधीश राणाले जोशीले अदालतलाई निकास दिनुहुनेछ भन्ने विश्वास लिएको बताए । “ यदि कोही न्यायाधीशका कारण अदालत विवादमा आउँछ भन उसले निकास दिनुपर्छ”, उनले स्पष्ट पारे । राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सर्वोच्च अदालतमा आएर उनले आजको मुद्दाको पेशी तोक्ने काम गरे । सर्वोच्च अदालतमा मुद्दाको पेशी तोक्ने अधिकार प्रधानन्यायाधीशलाई छ । सोही पेशी तोक्ने क्रममा उनले आजदेखि नै जोशीलाई मुद्दामा पेशी तोकेनन् । जोशी सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणाले पदबहाली गर्ने क्रममा आएका थिए तर पेशी नतोकिएपछि उनी पत्रकार सम्मेलनमा उपस्थित भएनन् । पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश राणाले आफैँले संसदीय सुनुवाइका क्रममा न्यायलयको छवि उच्च पार्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै भने, “सार्वभौमसम्पन्न संसदीय सुुनुवाइ समितिको निर्णयलाई मान्नुपर्छ, त्यो निर्णयलाई सम्मान गर्छु भनेर प्रतिबद्धता गरेको छु ।” उनले संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि अयोग्य ठहर गरेको न्यायाधीशलाई सर्वोच्च अदालतमा राखेर झन् विवादित पार्न नहुने हुँदा आफूले सो निर्णय लिनुपरेको उल्लेख गरे । जोशी आफ्नो स्कूल कलेजको सहपाठी भएको स्मरण गराउँदै उनले भने, “प्रधानन्यायाधीशको पदबाट साथी भाइको नाताले हेर्न मिल्दैन, वरिष्ठ न्यायाधीशको हिसाबले अदालतलाई बन्धक बनाउनु हुँदैन, निकास दिनुपर्छ भन्ने हिसाबले मैले गम्भीर निर्णय लिएँ ।” उनले न्यायालयको छविलाई माथि उठाउनका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रधानन्यायाधीश राणाले आगामी दिनमा न्यायालयलाई विवादरहित तरिकाले आगाडि बढाउने समेत प्रतिबद्धता व्यक्त गरे । “अदालतका सम्पूर्ण न्यायाधीश एउटा परिवार हो, हामी कोहीबाट पनि विवादित हुने खालका काम हुनु हुँदैन, हिजोका दिनमा भएका विवादका भ्रमलाई पनि चिर्ने गरी काम गर्नुपर्छ ।” न्यायालयमा संविधानको रक्षा र व्याख्या गर्ने मूल काम भएको हुँदा नागरिकको न्यायमा सहज पहुँच पु¥याउने तरिकाले काम गर्ने कार्ययोजनासमेत उनले सुनाए । न्यायाधीशलाई मर्यादित बनाउनका लागि बनाइएको आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गर्ने र बालक, वृद्धा, अपाङ्गता भएका व्यक्तिका लागि विशेष प्राथमिकता दिएर मुद्दा हेरिने बताए । मङ्गलबार संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा सर्वसम्मतले राणाको नाम अनुमोदन भएको थियो । आजै उनले शपथ लिएर पदभार ग्रहण गरेको हो । उनको कार्यकाल चार वर्षको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending