Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

भरतपुर महानगरमा ठूला पूर्वाधार निर्माण गर्दै मेयर रेणु दाहाल

चितवन। देशको मध्यभागमा रहेको भरतपुर महानगरपालिका भित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेवासुविधा प्रदान गर्ने गरी ठूला पूर्वाधार निर्माणले गति लिन थालेको छ । महानगरप्रमुखमा निर्वाचित भएसँगै रेनु दाहाल भरतपुरलाई देशकै नमूना महानगर बनाउन स्वदेशी र विदेशी सङ्घ संस्थासँगको सम्बन्धलाई विस्तार गर्दै अघि बढेकि छिन् । उनको अभियानलाई महानगरसमेत पर्ने चितवन क्षेत्र नं ३ का सांसदसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि साथ छ । प्रमुख दाहाल प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको सहयोगमा निर्वाचित भएकि हुन् । उनको पार्टी माओवादी केन्द्र पूर्वएमालेसँग एकिकृत भैसकेकाले दाहाललाई काममा सहज पनि भएको छ । केही समय अन्योल बनेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको रामपुरको जग्गामै बन्ने पक्का भएको छ । उक्त महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेशनको सहकार्यमा उक्त रङ्गशाला निर्माण प्रक्रिया अघि बढेको हो । सो कार्यकमा लागि जमीन उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय तयार भएको महानगरप्रमुख दाहालले बताइन् । रु दुई अर्बभन्दा बढी लगानी गरेर एशियाकै नमूना रङ्गशाला बनाउने योजनामा महानगरको छ । महानगरपालिकाका अनुसार निकै गृहकार्यपछि यहाँको सभागृह (सिटी हल) निर्माणकार्य अघि बढाइएको छ । शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा सभागृह निर्माणका लागि जिल्ला समन्वय समितिको परिसरमा रहेको चार बिघा चार कठ्ठा जग्गा महानगरपालिकाको नाममा हस्तान्तरण भइसकेको छ । नक्साङ्कनका लागि प्राविधिक टोली आएर काम शुरु गरिसकेको नगरप्रमुख दाहालले बताइन् । यथाशक्य छिटो विस्तृत अध्ययन गरी नक्साङ्कन गरेर बोलपत्र आह्वान गरिने छ । सो कार्यका लागि शहरी विकास तथा भवन निर्माण विभागले रु ५१ करोड विनियोजन गरिसकेको छ भने अपुग रकम थप गरेर देशकै नमूना सभागृह हुने उहाँको जिकिर छ । महानगरपालिकाले नारायणगढ बजारको लायन्सचोकमा बहुउद्देश्यीय व्यावसायिक भवन पनि बनाउँदैछ । विस्तृत अध्ययन गरी नक्साङ्कनको काम अन्तिम चरणमा पुगेको इञ्जिनीयर अस्मिता खनालले बताइन् । यथेष्ट पार्किङसहितको १२ तले सो भवनका लागि करिव रु ८० करोड खर्च हुने अनुमान गरिएको छ । भवन निर्माण भएपछि नारायणगढ बजार व्यवस्थित हुने अपेक्षा महानगरको छ । उक्त विभागले भरतपुर महानगरमा रु एक अर्ब ५० करोड खर्च गरेर रिङरोड र लिङ्करोडको काम पनि अघि बढाएको छ । सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख कुमार घिमिरेका अनुसार ती बाटाका लागि बोलपत्र आह्वान भई ठेकेदार कम्पनीले काम पनिअघि बढाइसकेका छन् । सोही कार्यालयको सहयोगमा भरतपुरस्थित केन्द्रीय बसपार्क मर्मत, रानीपोखरी तथा लक्ष्मीनारायणमा मन्दिर पार्क निर्माणका लागि रु २६ करोड खर्च गरिँदै छ । ती दुबै पार्क पर्यटकको आकर्षण केन्द्र बन्ने अपेक्षा गरिएको छ । पार्क निर्मााणका लागि बोलपत्र आह्वान भइसकेको उनले बताइन् । महानगरकै अगुवाइमा विभागको सहयोगमा भरतपुर अस्पतालमा रु आठ करोड खर्च गरेर बिरामी कुरुवा घर निर्माण हुँदैछ भने देवघाटमा रु १२ करोड हाराहारी खर्च गरी शव दाहगृह बनाउने तयारी भइरहेको छ । महानगरपालिकाले नारायणगढ नजिकै रहेको नगर वनलाई गौरवको आयोजनाको रुपमा विकास गर्ने तयारी गरेको छ । यसका लागि महानगरप्रमुख दाहालले विज्ञसँग परामर्श भइरहेको बताइन् । नगर वनलाई स्वदेशी एवं विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा विकास गर्ने योजना महानगरको छ । महानगरले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा र भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्न गृहकार्य अघि बढाएको छ । जनप्रतिनिधि आएसँगै स्वदेशी एवं विदेशी लगानीकर्ताको आँखा भरतपुर महानगरमा परेको छ । विदेशी लगानीकर्ता, दाता, सरकारी अधिकारी महानगर आउने गरेकाले यहाँ स्वदेशीसँगै विदेशी लगानी भित्रिने अपेक्षा बढेको महानगरउपप्रमुख पार्वती शाहले बताइन् । निकुञ्जको बाघ चिडियाखाना लगियो चितवन राष्ट्रिय निकुञ्जबाट बुधबार एउटा बाघ सदर चिडियाखाना ललितपुर लगिएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत भरतपुर महानगरपालिका–२५ बयरघारीबाट उक्त बाघ नियन्त्रणमा लिइएको थियो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार उक्त बाघले स्थानीयवासीका घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेकोले निकुञ्जका प्राविधिक, कर्मचारी र सुरक्षाकर्मीको दुई दिनको प्रयासपछि नियन्त्रणमा लिइएको थियो स्थानीय व्यक्तिको बकाइनाको जङ्गलमा बाघ चार दिनदेखि बस्दै आएको अन्दाजी दुई वर्ष छ महीनाको सो बाघ माउबाट छुटेपछि क्षेत्र विस्तार गर्ने क्रममा त्यहाँ पुगेको अनुमान गरिएको छ । अन्यत्र लगेर छाड्दा समेत समस्या हुनसक्ने देखिएपछि चिडियाखाना लगिएको हो । डार्ट गरेर बेहोस बनाई बाघलाई नियन्त्रणमा लिइएको थियो । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy