Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

जब श्रीमानले झोलाबाट बोतल झिकेर ससुरालीमै पत्नीमाथि एसिड छर्के...

भरतपुर । एकाएक माइतीमा श्रीमान् आएको देखेपछि अश्मी रुम्बा खुसी भइन् । कुटपिट सहन नसकेपछि तीन महिनादेखि माइतीमा बस्दै आएकी उनलाई श्रीमान् विरेन गुरुङ सुध्रिए भन्ने पनि लाग्यो । साथीसँगै आफूलाई लिन आए भन्ठानेर विगतका सबै घटना बिर्सिइन् उनले । तर कोठामा एक्लै भएको बेला श्रीमान्ले झोलाबाट बोतल झिकेर एसिड हाल्न आएको भन्ने सुनाउँदा अश्मी छाँगाबाट खसे जस्तै भइन् । एसिड शब्द सुनेकी मात्र के थिइन्, अश्मीले घोप्टो परेर अनुहार जोगाइन् । बाक्लो कपडाका कारण एसिडले उनको शरीरमा असर गर्न भने पाएन । आजको अन्नपुर्ण पोष्टमा खबर छ - घटनामा उनले लगाएको कपडा भने जल्यो । एसिड प्रहारसँगै अश्मी चिच्याइन् । सुनेर छिनमै बहिनीहरू कोठामा पुगे । र पुगेर भिनाजुको कुकृत्य रोके । त्यसले पनि अश्मीलाई एसिड लाग्न पाएन । अश्मीको अनुहारमा छिटफुट लागेको एसिड पानीले पखाले । ‘ श्रीमान् सुध्रिएछन्, त्यसैले त लिन आए भन्दै सुरुमा खुसी भएकी थिएँ’, अश्मीले भनिन्, ‘पछि ममाथि एसिड पो प्रहार गरे, धन्न घोप्टो परेर अनुहार जोगाएँ ।’ भदौदेखि माइतीमै बस्दै आएकी अश्मी विरेनले माफी मागेपछि पुस १ गते घर गएकी थिइन् । तर त्यसपछि पनि श्रीमान्को हिंसा नघटेपछि उनी माइतीमै फर्किएकी थिइन् । विरेनले तीन दिनअघि अश्मीका मामालाई फोन गरेर एसिड प्रहारको धम्की दिएका थिए । ‘फेसबुक चलाएको कुराले शंका मात्रै गथ्र्यो’, अश्मीले भनिन्, ‘सधैं रक्सी खाएर कुटपिट गर्न थालेपछि माइत बस्दा पनि फोन गरेर धम्की दिएर हैरान पारेको थियो ।’ पाँच वर्षअघि विवाह गर्दा अश्मी १७ वर्षकी थिइन् । विरेन भने ४२ वर्षका थिए । त्यति बेला उमेरको भिन्नताको प्रवाह नगरी आफ्नो खुसीले विवाह गरिन् । तर उनै श्रीमान्ले बुधबार एसिड प्रहार गरे । उनीहरूबीच सामाजिक सञ्जालको विषयले फाटो आएको हो । पोखरा लेखनाथ महानगरपाकिला-२९ आदर्शनगरका विरेन गुरुङले सुसुराली पुगेर श्रीमतीलाई एसिड प्रहार गरेका हुन् । पोखराबाटै गाडी रिजर्भ गरेर साथीहरूसहित चितवनको भरतपुर महानगरपालिका-२४ ध्रुवस्थित सुसुराली पुगेका थिए । अश्मीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । अवस्था सामान्य रहेकाले शुक्रबार डिस्चार्ज गरिने अस्पतालले जानकारी दिएको छ । आक्रमण गरेर भाग्न खोजेका विरेनलाई प्रहरीले पक्राउ गरेको हो । नारायणगढको लायन्सचोकबाट समातिएका उनीसँग पोखरा महानगर--१० का ३९ वर्षीय हेम थापा, हेटौंडा-१० का २४ वर्षीय विवेक गुरूङ र पोखरा-२९ बस्ने निरेन गुरूङ पक्राउ परेका छन् । पोखराबाट ग१य ५४३ नम्बरको गाडीसहित उनीहरू समातिएका हुन् । उनीहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending