Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

किन गोप्य खाका बनाउँदैछ नेकपाको एकीकरण कार्यदल ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलले बाँकी कामको गृहकार्य गोप्य रूपमा अघि बढाएको छ । संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गठित नौ सदस्यीय कार्यदलले गृहकार्य सुरु गरेको हो । ललितपुरको एक होटेलमा शुक्रबार बिहानदेखि साँझसम्म लगातार सदस्यहरू छलफलमा जुटे । आजको नयाँपत्रिकामा खबर छ – केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जिल्ला नेतृत्व बाँडफाँड, जनसंगठनहरूको एकीकरणदेखि पोलिटब्युरो गठनसम्मको प्रस्ट खाका तयार पार्ने ‘म्यान्डेट’ कार्यदललाई छ । प्रारम्भिक चरणमा एकीकरणको मापदण्डमा केन्द्रित रहेर छलफल भइरहेको कार्यदलका एक सदस्यले बताए । १६ पुसमा कार्यदल सदस्यहरूलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले १० दिनभित्र प्रस्ट खाका तयार पारिसक्न निर्देशन दिएका थिए । गृहकार्य गोप्य, खुल्दैनन् सदस्य अध्यक्ष ओली र प्रचण्डले पार्टी स्थायी समितिले एकीकरण र कार्यविभाजनको खाका पारित नगरेसम्म गृहकार्य सार्वजनिक नगर्न निर्देशन दिएकाले कार्यदल सदस्यहरू खुल्न चाहेका छैनन् । ‘कार्यदलले बनाएको मापदण्ड, छलफल र व्यक्तिका नाम बाहिर जाँदा काम सम्पन्न नहुँदै धेरै प्रेसर खेप्नुपर्ने हुन्छ । त्यसैले नेतृत्वको निर्देशनअनुसार प्रतिवेदन तयार नहुँदासम्म मिडियासँग बोल्दै नबोल्ने सहमति छ,’ कार्यदलका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘अहिले सूचना लिक हुँदा सहमति भइसकेका विषय पनि बिग्रिने भएकाले छलफललाई गोप्य राखिएको हो ।’ कार्यदलमा रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, वर्षमान पुन र रघुवीर महासेठ सदस्य छन् । तीन कार्यदलले पनि एकीकरण नसकेपछि चौथो कार्यदल गठन केन्द्रीय कमिटी एकीकरण सम्पन्न भएको सात महिनासम्म जिल्ला, जनसंगठन र स्थानीय तहसम्म एकीकरण अल्झिएको छ । एकीकरणका लागि असारयता मात्र चार तहका कार्यदल बनिसकेका छन् । पहिलो चरणमा तत्कालीन एमाले र माओवादीका स्थायी समिति सदस्य तथा प्रदेश संयोजक रहेका नेताहरू प्रमुख रहने गरी कार्यदल बनेको थियो । सो कार्यदलले भदौ पहिलो साताभित्र कुन जिल्लाको नेतृत्व तत्कालीन एमाले र माओवादीमध्ये कसले लिने टुंगो लगाएर सम्भावित अध्यक्ष र सचिवसहित सदस्यहरूको नाम सिफारिस गरेको थियो । कार्यदलले प्रदेश कमिटीमा रहने नामावली पनि सिफारिस गरेको थियो । प्रदेश तहको कार्यदलअन्तर्गत तत्कालीन दुवै पार्टीका जिल्ला इन्चार्ज र अध्यक्षसहितका पदाधिकारी रहेको छुट्टै कार्यदल बनाइएको थियो । यो कार्यदलले जिल्ला कमिटी सदस्यहरूको संख्या र नामसहितको खाका प्रदेश कार्यदललाई दिएको थियो । जनसंगठनहरू एकीकरणका लागि समेत छुट्टाछुट्टै कार्यदल बने पनि कुन संगठनको नेतृत्व तत्कालीन एमाले र माओवादीमध्ये कसले लिने ठोस टुंगो नलगाई प्रतिवेदन पेस ग(यो । एकीकृत जनसंगठनको नाम र संख्यासहित नामावली मात्र पार्टी सचिवालयमा पेस भएको थियो । एकीकरणको बाँकी कामको ठोस प्रस्ताव कुनै पनि कार्यदलबाट सचिवालय र स्थायी समितिमा पेस नभएपछि नेकपाभित्र असन्तुष्टि चुलियो । एकीकरणको काम र कार्यविभाजनमा ढिलाइबारे २९ मंसिरबाट १२ पुससम्म चलेको स्थायी समितिमा धेरै नेताले व्यापक असन्तुष्टि पोखे । त्यसपछि महासचिव विष्णु पौडेल, रामबहादुर थापालगायत सम्मिलित चौथो कार्यदल गठन गरियो । यो कार्यदललाई पुस मसान्तभित्र सबै टुंगो लगाउनका लागि निर्देशन भएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending