Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

पुसको चिसोमा अभियानकर्मी नदी किनारमा

काठमाडौँ। पुस महीनाको बिहान ७ बजेको चिसोमा उपत्यकाका नदी किनार र चक्रपथका विभिन्न स्थानमा मानिसको भीड हुन्छ । उपत्यकालाई स्वच्छ बनाउने उद्देश्यले अभियानकर्मी जाडोको परवाह नगरी स्वतःस्फूर्त सफाइमा जुट्ने गरेका छन् । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी अभियानकर्मीले २७ मेट्रिक टन फोहर व्यवस्थापन गरेका छन् । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको छ । वाग्मती सफाइ महाअभियानको २९५औँ हप्तामा ललितपुरतिरको कुपण्डोल पुल मुनिको नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा वाग्मती सफाइको नेतृत्वकर्ता पूर्व मुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुर महानगरपालिका–२ र १० एवं काठमाडौँ महानगरपालिका–११ का निर्वाचित जनप्रतिनिधिलगायतको सहभागिता थियो । सफाइमा मुक्तिनाथ विकास बैंकको वार्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृतले डोको, मास्क, पञ्जालगायत सफाइ सामग्री उपलब्ध गराए । सफाइमा २० संस्थाका ५०० अभियानकर्मीको सक्रियता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । गुह्येश्वरीमाथिको नदी सफाइको २५६औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–८ स्थित नामी माकालबारी टोलअघिको नदी किनारमा सफाइ गरियो । नगरपालिका–८ को संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारमा सफाइमा नआउन समेत आह्वान गरेको छ । कार्यक्रममा गोकर्णेश्वरका प्रमुख सन्तोष चालिसेले सफाइमा नगरपालिकालाई नमूना बनाइने प्रतिबद्धता जनाए । सो अवसरमा वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानाले घरको फोहर नदीमा नफाले सभ्यताका स्रोतका रुपमा रहेका नदीलाई पुरानै अवस्थामा फर्काउन सकिने बताए । सफाइमा मानवअधिकार तथा शान्ति समाजलगायत संस्थाको सहभागिता थियो । रुद्रमती सफाइ अभियानको २५० हप्तामा रातोपुल–कालोपुल–मैतीदेवी मन्दिरसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । सफाइमा चीनका लागि नेपाली राजदूत पौडेलले वडाको नेतृत्वमा नदी एवं सार्वजनिकस्थलमा फोहर फाले कडा कारवाही गरिनुपर्ने बताए । काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीसहित २०० जना अभियानकर्मीको सहभागिता रहेको रोहित गिरीले जानकारी दिए । विष्णुमती सफाइ अभियानको २२२ हप्तामा तारकेश्वर–१० स्थित लोकतान्त्रिक चोक क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । वाग्मतीको तिलगङ्गा क्षेत्रमा १९७औँ हप्ताको सफाइ तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा गरियो । तिलगङ्गा आसपासको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १०५औँ हप्ताको सफाइ गरियो । सय भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । यस्तै मनोहरा नदी सफाइको ९५औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । कार्यक्रममा पूर्व मुख्य सचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, शहरी विकास सचिव रमेशप्रसाद सिंह लगायतको सहभागिता थियो । चक्रपथ सफाइ अभियानको ९१औँ हप्तामा सामाखुशी चोकबाट ग्रिनसिटी अस्पतालसम्म सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिए । आलोकनगर सफाइको ९१औँ हप्तामा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिए। सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरेपनि अहिलेसम्म प्रभावकारीता हुन सकेको छैन ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending