Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

वाइडबडी खरिद प्रकरणः मन्त्री अधिकारी भन्छन्- अनुमान र पूर्वाग्रह राखेर वाइडबडीमा मेरो नाम जोडियो

काठमाडौं । काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियामा नीतिगत नेतृत्वबाहेक संस्थागत प्रक्रियामा कानूनीरूपमा कुनै पनि भूमिका नहुने भएकाले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गरेका छन् । सो विमान खरीदका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छानविन जारी रहेका बेला आफूले जिम्मेवारी सम्हालेपछि मन्त्रालयका समग्र प्रगतिसहित विमान खरीदबारे उठेका प्रश्नको जवाफ दिँदै आज उनले अनियमितताका विषयमा छानविनका लागि आफूले पनि सघाउने बताए । मन्त्री अधिकारीले आफू मन्त्री हुनुपूर्व नै खरीद सम्झौतामा भुक्तानीको कार्यतालिका नेपाल वायुसेवा निगमबाट तय भएको स्थितिमा तेस्रो किस्ता रकम दिन रोक्का गरेको भए समयमा जहाज नआउने र हालसम्म भुक्तानी गरिएको रु नौै अर्ब जोखिममा पर्नसक्ने उल्लेख गरे । मन्त्रालयका सचिव तथा जिम्मेवार पदाधिकारीसहित पत्रकारसामु उनले प्रतिप्रश्न गर्दै भने, “उक्त रकम जोखिममा परेको भए वा जहाज समयमा नआएको भए यसको जिम्मेवार को हुने थियो रु र यसको जवाफ कसले दिन्थ्यो रु यसबाट न जहाज आउने न रकम आउने अवस्था सिर्जना भई निगम तत्काल टाट पल्टिने अवस्था आउने थियो, जो म गर्न सक्दैन थिएँ ।” उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि नै सर्वोच्च अदालतबाट सो खरीद प्रक्रिया रोक्न नपर्ने फैसला दिएको, महालेखा परीक्षकले प्रक्रियामा प्रश्न उठाए पनि रोक्न नभनेको र त्यसबीचमा लेखा समितिले कुनै निर्देशन नदिएको दावी गरे । लेखा समितिमा आफूले जवाफ दिने क्रममा महालेखा परीक्षकलाई सोधेर विमानको किस्ता भुक्तानी गर्न निगमलाई अनुमति दिएको भन्ने प्रश्नमा उनले भने “महालेखालाई औपचारिकरूपमा सोधिएको र उसले लिखित जवाफ दिएको भन्ने होइन । महालेखा परीक्षकसँग अनौपचारिक कुराकानी भएको हो । मेरो कार्यकालमा भुक्तानी भएको छैन भन्ने विषयलाई मैले निगमसँग नबुझी समितिमा बोलेँ भन्ने कुरा पछि मैले महसुस गरेँ, यद्यपि भुक्तानी मन्त्रालयले दिने नै होइन । निगम स्वायत्त छ । मुद्रा सटहीको अनुमति मात्र मन्त्रालालयले दिएको हो । मेरो कुनै हस्ताक्षर वा संलग्नता छैन ।” उनले सो प्रकरणमा संसदीय समिति, नियामक निकायलगायत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने छानविनमा आफ्नो पूर्ण सहयोग हुने र सत्यतथ्य बाहिर आई भ्रमको निवारण हुने दावी गरे । मन्त्री अधिकारीले भने, “म संसद् र नियामक निकायमा विश्वास गर्छु, सञ्चारमाध्यमममा विश्वास गर्छु । म कसैलाई पूर्वाग्रही भन्दिनँ, घटनाक्रमले पछि देखाउने नै छ । मेरो कार्यकालमा कुनै कमजोरी, त्रुटि र अनियमिता भएको छानविनमा देखिए म जिम्मेवारी लिन्छु, आगोमा फलाम खारिए झैँ खारिन तयार छु तर म विचलित छैन ।” आफूले कुर्सी वा पदका लागि राजनीति नगरेको उल्लेख गर्दै उहाँले नयाँ जहाज ल्याउन नदिने र निगमलाई टाट पल्टाएर फाइदा लिनेसँग जुध्दै मुलुकको विकास र समृद्धिका लागि निरन्तर लाग्ने प्रण उनले गरे । मन्त्रालयका सचिव कृष्ण देवकोटाले पनि विमान खरीद प्रक्रियासम्मत भएको र विगतमा लेखा समितिले चासो दिए पनि कुनै निर्देशन नदिएको उल्लेख गरे।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending