Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

खाजा कटौतीपछि विद्यालय जानै छाडे चेपाङ बालबालिका

भरतपुर। २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम हटेपछि चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिका नियमित विद्यालय जान छाडेका छन् । खाजा कार्यक्रमपछि आर्थिक अवस्था निकै कमजोर भएका चेपाङ समुदायका बालबालिकाको विद्यालयमा भर्नादर र उपस्थिति दर बढेको थियो तर भदौदेखि सरकारले दिँदै आएको खाजा कार्यक्रम हटेपछि चेपाङ समुदायका विद्यार्थी विद्यालयमा नियमित हुन सकेका छैनन् । चेपाङ समुदायका बालबालिका मात्रै अध्ययन गर्दै आइरहेको राप्ती नगरपालिका–१३ कालीटारको आधारभूत विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठ खाजा कार्यक्रम हटेपछि विद्यार्थीलाई नियमित बनाउन धौँधौँ भइरहेको बताउनुहुन्छ । “पाँच महीनादेखि विद्यालयमा विद्यार्थी नियमित आउने दर कम छ” उनले भने, “विद्यालय आउने विद्यार्थी पनि खाना नखाई न्याउरो मुख लगाएर आउने गरेका छन् ।” चिसो बढी भएकाले र भौगोलिक विकटताका कारण पनि बालबालिका नियमित हुन नसकेको श्रेष्ठको भनाइ छ । चिसोमा लगाउने स्वीटरसमेत नहुँदा कतिपय बालबालिका नियमित हुन सकेका छैनन् । आधारभूत विद्यालयमा पैदल एक घण्टासम्म हिँडेर बालबालिका विद्यालय आउने गरेका छन् । १७२ चेपाङ बालबालिका अध्ययन गर्ने आधारभूत विद्यालयमा अहिले ४० देखि ५० जना मात्रै नियमित विद्यालय आउने गरेका छन् । वडा नम्बर १३ को ग्यामिराङ, थानडाँडा, खोलाधारी, कुमैटारलगायतका क्षेत्रबाट अध्ययनका लागि विद्यार्थी आधारभूत विद्यालयमा आउने गरेका छन् । राप्ती नगरपालिकाकै वडा नम्वर १३ को राष्ट्रिय आधारभूत विद्यालयमा पनि विद्यालयमा विद्यार्थी नियमित नहुने समस्या उस्तै छ । विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार शाहले ८५ विद्यार्थीमध्ये आधा विद्यार्थी मात्र नियमित विद्यालय आउने गरेको बताउनुभयो । ८५ मा ८४ जना चेपाङ बालबालिका र एक जना दलित विद्यार्थी छन् । “डेढ÷दुई घण्टा हिँडेर विद्यार्थी विद्यालय आउनुपर्ने बाध्यता छ, शाहले भन्नुभयो, गरीबीका कारण सबै अभिभावकले विद्यालय पठाउँदैनन् ।” धेरै बालबालिका हुने घरमा आमाबुबा मेलापात जाने र विद्यालय आउने उमेरका बालबालिकालाई भाइबहिनी हेर्न लगाउने गरिएको छ । कतिपय विद्यालय आउने बालबालिकासँग न्यानो कपडा, कपीकलम र झोला हुँदैन, शाहले भने । खाजा कार्यक्रम हुँदासम्म विद्यार्थीलाई विद्यालयमा टिकाउन सहज भएको उहाँको भनाइ छ । ठूलो सङ्ख्यामा विद्यालय बाहिर रहेका विद्यार्थीलाई स्कूलमा तान्न र टिकाइराख्न दिवाखाजा प्रभावकारी बनेको राप्ती नगरपालिकाका शिक्षा अधिकृत हुमाकान्त अधिकारीले बताए । केन्द्रले बजेट कटौती गरेका कारण नगरपालिकाको स्रोत साधनले खाजा कार्यक्रमलाई निरन्तरता दिन नसकेको उनले बताए । “नगरपालिकाभित्रका चेपाङ बालबालिकाका लागि मात्रै खाजामा करीब रु ४५ लाख खर्च हुन्छ, उनले भने, “नगरपालिकाले छुट्टाएको रु १० लाख बजेटले सीमित क्षेत्रलाई पनि पुग्दैन् ।” नगरपालिकाको पहाडी क्षेत्रको १०, ११ १२ र १३ नम्बर वडामा दुई हजार ८०० विद्यार्थीमध्ये दुई हजार २०० चेपाङ बालबालिका मात्रै रहेको अधिकारीले बताए । अन्य ६०० मा पनि अधिकांश जनजाति समुदायका विद्यार्थी छन् । भौगोलिक विकटतासँगै घरमा समयमै खाना खान नपाउने भएकै कारण बालबालिका विद्यालयसम्म आउने वातावरण नबनेको अधिकारीको भनाइ छ । उनले बालबालिकालाई नियमित बनाउन न्यानो कपडा वितरण, छलफल, अन्तक्र्रियालगायतका कार्यक्रम निरन्तर गरिरहेको जानकारी दिए । बालबालिका टिकाउन विद्यालयमै छात्रावास राप्ती नगरपालिकाले पहाडी क्षेत्रका बालबालिका विद्यालयमा टिकाउन छात्रावासको व्यवस्था गर्ने भएको छ । केही विद्यालयमा छात्रावास निर्माण भइसकेका छन् भने केही निर्माण हुने चरणमा छन् । राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले भौगोलिक विकटताका कारण बालबालिका समयमै विद्यालय उपस्थित हुन नसकेपछि विद्यालयमै छात्रावासको व्यवस्था गर्न लागिएको बताए । वडा नम्बर ११ को थाकलटारमा छात्रावास निर्माण भई सञ्चालनमा आएको छ भने वडा नम्बर १२ को यउरालीटारमा छात्रावास निर्माणाधीनको अवस्थामा रहेको प्रमुख बरालले बताए । अन्य विद्यालयमा पनि छात्रावास निर्माणको लागि प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy