Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

अनुदानमा तरकारीका बेर्ना

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ को कार्यालयबाट किसानलाई तरकारीका बेर्ना उपलब्ध गराउन थालिएको छ । जग्गा भाडामा लिई वडा कार्यालयले तरकारीको नर्सरी स्थापना गरी किसानलाई उन्नत जातका तरकारीका बेर्ना उपलब्ध गराएको हो । लागत मूल्यको ५० प्रतिशत अनुदानमा किसानलाई काउली, बन्दा, खुर्सानी, गोलभेँडा, भन्टा र प्याजका बेर्ना तयार गरिएको छ । बजारबाट बीउ खरीद गरेर ल्याउदा नक्कली बीउ पर्ने र सक्कली बीउ ल्याएर बेर्ना तयार गर्दा कीरा र अन्य कारणले नसप्रने भएपछि किसानका लागि वडा कार्यालय आफैँले तरकारीका बेर्ना तयार गरी उपलब्ध गराउँदै आएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । वडाका पाँच दर्जन बढी किसान व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । अनुदानमा वडा कार्यालयबाटै तरकारीका उन्नत जातका बेर्ना पाएपछि किसान खुशी मात्रै भएका छैनन् । बेर्ना तयार गर्दा लाग्ने श्रम र लागत खर्चबाट समेत जोगिएका छन् । परम्परागत तरिकाले बारीमा बेर्ना बनाउन निकै मिहेनत गर्नु परेको स्थानीय किसान भागीराम चौधरीले भने, “वडा कार्यालयबाटै बेर्ना सुपथ मूल्यमा पाएका छैनौँ, कृषि प्राविधिकबाट बेर्ना तयार गर्ने तरिकाबारे जानकारी लिन थालेका छौँ ।” कृषि प्राविधिकले वडा कार्यालयले भाडामा लिएको जग्गामा बेर्ना उत्पादनका लागि सिकाउन थालेपछि घरमै प्राङ्गारिक मल र विषादीको प्रयोग, बेर्नाका लागि जमीन तयार, बेर्नामा छोपो हाल्ने र सिँचाइ गर्नेबारे जानकारी लिन सकिने उहाँले बताए । हालसम्म वडा कार्यालयले तयार गरेको नर्सरीबाट १२० किसानले बेर्ना लगेर बारीमा रोपेका छन् । “तरकारी खेतीको आधुनिक प्रविधिबारे जानकारी दिन र किसानलाई स्वरोजगार बनाई आत्मनिर्भरतातर्फ उन्मुख गराउनका लागि बेर्ना उत्पादनको योजना कार्यान्वयनमा ल्याएका छौँ”, वडाध्यक्ष चौधरीले भने । बढ्दो वन विनाशका कारण वातावरणमा असर पर्दै आएकाले किसानलाई काठ, फलफूल र घाँस प्रजातिका बिरुवा उपलब्ध गराउन नर्सरी स्थापना गर्ने सोचसमेत अघि सारिएको उनले भने। तरकारीका बेर्ना नर्सरीमा उपलब्ध गरायाँै उनले भने, “लिप्टिस, बकाइने, बाँस र फलफूलका बिरुवाको नर्सरी स्थापना गरी किसानलाई बोट उपलब्ध गराउने भावी योजना छ ।” यसका लागि तयारी शुरु गरिएको छ । बोट बिरुवा रोप्ने कार्य गरिए वातावरणमा सकारात्मक असर पर्न गई वनमाथिको निर्भरता हटने र किसानले तरकारी, अन्नका अलावा काठ, फलफूल, दाउरा र घाँसबाट अतिरिक्त आम्दानी लिन सक्ने भएका छन् । चरिचरन निषेध गरिएपछि सङ्कटमा पर्दै गएको पशुपालन, बाख्रापालनले फष्टाउने मौका पाउने वडासचिव श्याम चौधरीले बताए । वडा कार्यालयले तरकारीको बेर्ना र बोट बिरुवाको नर्सरी स्थापनाका लागि रु तीन लाख बजेटको व्यवस्था गरेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy