Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

पार्टी फुटाउन देउवालाई उक्साउने को-को ?

खबरडबली संवाददाता

काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्ताले आग्रह गरिरहेका थिए, ‘दाइ, पार्टी विभाजन हुन दिनु हुन्न ।’ अन्तिम प्रयास चलिरहेको जवाफ उनले फर्काए । अलि अगाडि बढेपछि अर्को समूहले त्यही चासो राख्यो । खड्काले आकाशतिर इसारा गर्दै भने, ‘हाम्रो हातमा कर्म छ, माथि निर्णय । हिसाबकिताब गरिरहेका छौं । उनीहरू इलेक्सन (चुनाव) मा जाने अनि हामी ठोक्ने ।’

नेता–कार्यकर्ताको भीड छिचोल्दै खड्का केन्द्रीय कार्यालय प्रवेश गरे । केन्द्रीय कार्यसमिति बैठक भने २ः२० मा बस्यो । ४ नबज्दै बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाहीको निर्णय गर्‍यो । कारबाही गर्ने क्रममा स्पष्टीकरण सोध्ने साधारण प्रक्रियासमेत अपनाइएको थिएन ।

सानेपामा कारबाहीको निर्णय हुँदै गर्दा विशेष महाधिवेशन पक्षधरले भने पार्टी एकताका लागि अन्तिम प्रयास गरिरहेको भन्दै नयाँ केन्द्रीय कार्यसमिति चयनको प्रक्रिया साँझ ८ बजेसम्म रोकेका थिए । केन्द्रीय कार्यालयमा महामन्त्री शर्मा छलफलका लागि आउँदै छन् भन्ने चर्चा चलिरहेको थियो ।

केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापति खड्काले नै दुई महामन्त्री र एक सहमहामन्त्रीलाई कारबाही गर्नुपर्ने प्रस्ताव राखेका थिए । प्रस्ताव पारित गर्नुपूर्व नेता रमेश लेखकले वार्ताका क्रममा भएका छलफलबारे ‘ब्रिफिङ’ गरेका थिए ।

कांग्रेस केन्द्रीय सदस्यहरूका अनुसार बैठकमा लेखकले महामन्त्रीहरूका तर्फबाट आएका मागहरूका बारेमा जानकारी दिएका थिए । विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, सभापति शेरबहादुर देउवाले सक्रिय भूमिकामा नरहने, चुनावमा उम्मेदवार हुनेलाई दिइने टिकटमा देउवाको हस्ताक्षर नहुने, उम्मेदवार संसदीय बोर्डले चयन गर्ने, कुनै दलसँग चुनावी गठबन्धन नगर्ने, प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जाने र पार्टी सञ्चालनका लागि छुट्टै संयन्त्र (हाइकमान्ड) गठन गर्नुपर्ने माग आएका लेखकले उल्लेख गरेका थिए ।

लेखकले माग थपिँदै गएको र विशेष महाधिवेशनका कारण पार्टी विभाजनउन्मुख भएको भन्दै लेखकले आधिकारिकताको कानुनी आधारबारे धारणा राखेका थिए । त्यसै बीचमा केन्द्रीय सदस्यहरू दीपक गिरी र मोहन बस्नेतले कारबाहीको निर्णय निर्वाचन आयोगमा तत्काल पुर्‍याउनुपर्ने भएकाले आफ्नो भनाइ सक्न लेखकलाई आग्रह गरेका थिए । ‘लेखकलाई आफ्नो कुरा छोट्याउनुस् भनेर उहाँहरू झर्किनुभयो,’ एक केन्द्रीय सदस्यले भने ।

केन्द्रीय सदस्यहरूका अनुसार विशेष महाधिवेशनमा सक्रिय रहेका महामन्त्रीहरूलाई अनुशासनको कारबाही गर्नुपर्छ भन्नेमा कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र प्रकाशरण महत अग्रपंक्तिमा थिए । उनीहरूले मंगलबार नै केन्द्रीय कार्यसमितिबाट कारबाहीको निर्णय गराउन दबाब दिएका थिए । मंगलबारको बैठक सारेर बुधबार बिहान ८ बजे बोलाइएकामा ११ बजेसम्म सारिएको थियो । त्यसपछि पनि बैठक सरेको थियो । ११ बजेपछि सिटौला ‘महामन्त्रीहरूलाई कारबाही किन गरिएन ?’ भनेर केन्द्रीय कार्यालयमा जंगिएका थिए । कार्यवाहक सभापति खड्का र नेता लेखकले महामन्त्रीहरूसँग संवाद भइरहेको र मिल्ने प्रयास भइरहेको छ भनेर जवाफ दिएपछि सिटौला रिसाउँदै उठेर अर्को कोठामा गएका थिए ।

महामन्त्रीहरू थापा र शर्मालाई तत्काल कारबाही गर्नुपर्छ भनेर जोड दिनेमा शेखर कोइराला पनि रहेको केन्द्रीय सदस्यहरूको भनाइ छ । ‘सभापति देउवालाई सेरेमोनियल बन्न, चुनाव नलड्न, टिकटमा हस्ताक्षर नगर्न, प्रधानमन्त्रीको उम्मेदवार आफूलाई बनाउन भन्ने आँट महामन्त्रीहरूलाई कसरी आयो भनी कोइरालाले देउवा निवास र केन्द्रीय कार्यालयमा बारम्बार प्रश्न उठाउनुभएको थियो,’ एक केन्द्रीय सदस्यले भने ।

महामन्त्रीद्वय थापा र शर्माले देउवामाथि अति गरेको तर्क गर्दै कोइरालाले अब अनुशासनको कारबाही गर्नैपर्ने भनी जोड दिएका थिए । थापाले विगतमा सिटौला, प्रकाशमान सिंह र अहिले आफूलाई धोका दिएको पनि उनले उल्लेख गरेका थिए । महामन्त्रीहरूलाई अनुशासनको कारबाही गर्नैपर्छ भन्नेमा धनराज गुरुङ, मीन विश्वकर्मा, बालकृष्ण खाण, दीपक खड्का, श्याम घिमिरे, एनपी साउद पनि रहेको केन्द्रीय सदस्यहरूको भनाइ छ । शशांक कोइरालाले विशेष महाधिवेशन पक्षधरलाई कारबाही गर्नुपर्ने धारणा मंगलबार नै राखेका थिए ।

कारबाहीको दबाब आइरहँदा कार्यवाहक सभापति खड्का भने पार्टी विभाजनको दोष आफूलाई आउनेमा चिन्तित थिए । ‘कार्यवाहक सभापति खड्का आफ्नो नेतृत्वमा पार्टी विभाजित नहोस् भन्ने पक्षमा हुनुहुन्थ्यो । उहाँले एकता भए सबै नेताले गरेको भनेर जस लिने, विभाजन भए आफ्नो टाउकामा दोष थोपर्ने काम हुन्छ भन्नुभएको थियो,’ एक केन्द्रीय सदस्यले भने, ‘तर खड्कालाई नै कारबाहीको प्रस्ताव पेस गर्न र निर्णयमा हस्ताक्षर गराउन लगाइयो ।’

अन्तिम समयसम्म पनि पार्टी विभाजन गर्न हुन्न भन्नेमा सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, नैनसिंह महर र रामहरि खतिवडा थिए । तर कार्यवाहक सभापति खड्काले राखेको प्रस्तावमाथि कसैलाई पनि बोल्न दिइएन ।

महामन्त्री थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरलाई कारबाही गर्ने प्रस्ताव राखिएपछि केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी र रामहरि खतिवडा बैठकबाट बाहिरिएका थिए । महामन्त्रीहरूलाई कारबाही गर्दा पार्टी विभाजन हुने भएकाले त्यसमा असन्तुष्टि जनाउँदै आफू बाहिरिएको खतिवडाले बताए । ‘प्रस्ताव पेस भएपछि हामी दुई केन्द्रीय समिति बैठकबाट उठेर हिँड्यौं,’ उनले भने, ‘पार्टी फुट्नु हुँदैन भन्ने हाम्रो धारणा थियो । हस्ताक्षर त हामीले मंगलबार गरेका थियौं, त्यही प्रयोग भयो होला ।’

देउवानिकट रहेका नेताहरूको ठूलो पंक्ति कि त विवादित छन् कि उमेरले पाका छन् । पार्टी र सत्तामा पटक–पटक अवसर पाएका नेताहरूको बाहुल्य छ । प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार उमेरले पाका छन् । बीपी कोइरालाका छोरा शंशाक खुलेर कुनै पक्षमा स्पष्ट अडानसाथ लागेको देखिँदैन ।

मोहन बस्नेत, बालकृष्ण खाण, रमेश लेखक, दीपक खड्कालगायत विवादित छन् । बस्नेतविरुद्ध टेरामक्स खरिद प्रकरणको भ्रष्टाचार मुद्दा विशेष अदालतमा छ । खाणविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । गच्छदारविरुद्ध ललिता निवासको सरकारी जग्गाको भ्रष्टाचार मुद्दा सर्वोच्चमा विचाराधीन छन् ।

पूर्वगृहमन्त्री लेखकमाथि भिजिट भिसा प्रकरणमा अनियमितता गरेको आरोप छ । गत २३ भदौमा जेन–जी आन्दोलनमा दमन गरेको आरोप पनि छ । केही समय अघि मात्र जाँचबुझ आयोग र मानवअधिकार आयोगमा उनले बयान दिएका थिए । दीपक खड्का स्काउटको जग्गा विवादमा मुछिएका थिए । देउवा समूहमै रहेका काठमाडौं–३ का सभापति एवं पूर्वसांसद सन्तोष चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अकुत सम्पत्तिसम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

प्रतिनिधिसभा सदस्यमा पराजित भएका कृष्णप्रसाद सिटौलालाई लगत्तै राष्ट्रिय सभाको सांसद बनाइएकामा पार्टी नेतृत्वको आलोचना भएको थियो । देउवाको ‘किचन क्याबिनेट’ मा रहँदै आएका प्रवक्ता प्रकाशशरण महत जनतामा परीक्षण नहुने तर अवसर पाइरहने नेताका रूपमा परिचित छन् । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending