Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

जब बाई-बाई भन्दै ट्रम्प बैठक कक्षबाट निस्किए...

अमेरिकी सरकारी खर्चबन्दी जारी रहेको बेला विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूसँग भएको बैठकको कक्षबाट राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक बाहिर निस्किएपछि वार्ता निष्कर्षहीन बन्न पुगेको छ। प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी र अर्का विपक्षी नेता चक शुमरले मेक्सिको-अमेरिका सिमानामा प्रस्तावित पर्खालका लागि बजेट थप्न अस्वीकार गरेपछि रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति चुनिएका ट्रम्पले वार्ता तोडिदिएका हुन्। राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूसँगको बैठकलाई, उनकै शब्दमा, ूसमय खेर फाल्ने कार्यू भनेका छन्। सरकारी खर्चबन्दी सुरु भएपछि करिब ८ लाख संघीय कर्मचारीहरू यो साता पहिलो पटक बेखर्ची बन्न गइरहेका छन्। बैठकपछि सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै ट्रम्पले आफूले डेमोक्र्याट नेताहरूलाई \'बाइ बाइ\' अर्थात टाटा भनेको उल्लेख गरेका छन्। उनले भनेका छन्, \'चक र न्यान्सी सहभागी बैठकमा समय पूरै खेर गयो। मैले सोधेँ ३० दिनमा के होलारु यदि मैले सरकारी खर्च फेरि खोलिदिएँ भने के सिमानामा स्टिलको पर्खाल बनाउनको लागि बजेट छुट्याउन अनुमति दिनुहुन्छ ?\' तर सकारात्मक प्रतिक्रिया नआएकोले आफू बैठकबाट बिदा भएको उनले बताए। उनको भनाइमा उनीसँग त्यसो गर्नु भन्दा दोस्रो कुनै विकल्प थिएन। ह्वाइट् हाउस बाहिर दुवै पक्षका नेताहरूले गतिरोध लम्बिनुको दोष एकअर्कोलाई लगाइरहेका थिए। प्रतिनिधिसभाकी सभाभुख न्यान्सी पेलोसीले कर्मचारीको खर्च बन्द गर्ने कदमले ट्रम्पलाई ठूलो क्षति पुगेको प्रतिक्रिया दिइन्। डेमोक्र्याटिक नेता शुमरले बैठकबारे भने, \'उनले सभामुख न्यान्सीलाई सोधे तपाईँहरू सहमत हुनुहुन्छ। उनले भनिन् छैनौं। त्यसपछि उनी उठे र बैठकको कुनै अर्थ छैन भन्दै हिँडे। उनले फेरि रिस र घुर्की देखाए।\' ट्रम्पले सिमानामा स्टिलको पर्खालका लागि ५.७ अर्ब डलर माग गरेका छन्। त्यसले उनको चुनावी वाचालाई पूरा गर्न मदत गर्दछ। तर डेमोक्र्याटहरूले त्यसलाई अस्वीकार गरिरहेका छन्। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending