Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

३७ बिघाको गाँजा नष्ट

सिन्धुली। सिन्धुलीमा अवैधरुपमा लगाइएको गाँजाखेती नष्ट गर्ने अभियान चलाइएको छ । जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा गाँजा नष्ट गर्ने अभियान प्रहरीले चलाएको हो ।

अवैध गाँजाखेती भएको जानकारीअनुसार पुस २१ गतेदेखि गाँजा नष्ट गर्ने अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए। आजसम्म ३७ बिघाको गाँजा नष्ट गरिएको छ । कूल ५४ प्रहरीले त्यस क्षेत्रको गाँजा फँडानीसँगै नष्ट गर्ने अभियान चलाएको प्रहरी उपरीक्षक यादवले जानकारी दिए ।

मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा अझै धेरै स्थानमा गाँजा लगाइएको भन्ने सूचना आएकाले स्थलगत रुपमा प्रहरी परिचालन गरी गाँजा नष्ट गर्ने काम जारी रहने प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा पाँच दिनसम्म प्रहरी टोली परिचालन हुनेछ । गाँजाखेती भएका जग्गाधनीले अन्यन्त्रका मानिस आएर गाँजाखेती गरेको बताउने गरेका छन् । गाँजाखेती गर्न स्थानीयवासीले जग्गा भाडामा दिएको पाइएको र आवश्यक अनुसन्धान भइरहेको छ । यसअघि पनि मरिण गाउँपालिकामा लगाइएको ६० बिघाको गाँजा प्रहरीले नष्ट गरेको थियो ।

अहिले गाँजा फँडानी गर्ने क्रममा प्रहरी टोली नै बिरामी परेकाले हटाँैडाबाट थप २५ प्रहरी टोली माग गरिएको र त्यो टोली आजै आइपुग्ने जनाइएको छ ।

मकवानपुरमा प्रहरीले गाँजा तस्करले लगाएको खेती नष्ट गर्ने क्रम बढेसँगै गाँजा तस्कर सिन्धुलीका दुर्गमस्थलको पहिचान गरी केही वर्षदेखि व्यावसायिक रुपमा गाँजाखेती गर्दै आएका छन् । गाँजाखेतीबाट मनग्य आम्दानी हुने प्रलोभनमा त्यस क्षेत्रका स्थानीयवासी पनि अरु बाली छाडेर गाँजाखेतीतर्फ आकर्षित भएको छन् । दुर्गममा जनसम्पर्क कम रहने र नियमन गर्ने निकायको नजर नपुग्ने भएकाले मरिण गाउँपालिका र हरीहरपुरगढी गाउँपालिकामा गाँजाखेती गर्ने तस्करको बिगबिगी रहेको छ ।

स्थानीयवासीले गाँजाखेतीमा काम गरेबापत ज्याला पाउँछन् भने गाँजाको व्यवसायीकरणका लागि भारतबाट कृषि प्राविधिकको टोली नै राखेर नर्सरी राख्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्नेदेखि गाँजाको भाले र पोथी छुट्याइ भाले गाँजा उखाल्ने काम हुने गर्दछ ।

गाँजाको भाले पोथी छुट्याउने कृषि जेटिए नेपालमा अहिलेसम्म नपाइने प्रहरीको भनाइ छ । भाले गाँजा सानैमा चिनेर नउखाले सबै गाँजा भाले हुने भएकाले गाँजा तस्करले कृषि प्राविधिक गाँजा खेती गरेकै स्थलमा राख्ने गरेको स्थानीयवासी बताउँछन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy