Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

सुक्खा तरकारीका लागि पनि आयातकै भर

खबरडबली संवाददाता

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै छ। तथ्याङ्कअनुसार सुकुटीको आयात निर्यातभन्दा धेरै गुणा बढी छ।

भन्सार विभागको तथ्याङ्कअनुसार गएको आठ महिनामा विभिन्न देशमा रु सात लाख सात हजारको सुकुटी निर्यात हुँदा रु छ करोड २९ लाख ८९ हजारको आयात भएको छ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सबैभन्दा धेरै सुकुटी तरकारी अमेरिकामा निर्यात हुँदा त्यसबाट रु तीन लाख पाँच हजार मात्र आम्दानी भएको छ। अमेरिकामा विभिन्न थरीका ५१७ केजी सुकुटी तरकारी निर्यात भएको थियो।

यसैगरी, मलेसिया रु तीन लाख सात हजार, युनाइटेड अरब इमिरेट्समा रु ७५ हजार बराबरको सुकुटी तरकारी निर्यात भएको छ।

सोही अवधिमा भारत, चीन, अमेरिका र अन्य विभिन्न मुलुकबाट नेपालले दुई लाख २९ हजार ५४४ केजी अर्थात् रु छ करोड २९ लाख ८९ हजार बराबरको सुकुटी तरकारी आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।

सुकुटी भन्ने बित्तिकै प्रायः मानिसले सुकाइएको मासु सम्झिन्छन्, तर पछिल्लो समय फलफूल तथा तरकारीबाट पनि सुकुटी बनाउने चलन बढ्दै गएको छ। गाँउदेखि सहरसम्म यस्तो सुकुटीले नयाँ स्वाद दिने मात्र होइन, खाद्य सुरक्षा र आम्दानीको सम्भावना पनि बढाएको जानकारहरू बताउँछन्।

हिमालपारिको जिल्ला मनाङको चामे, ब्रागा, नगाव, पिसाङलगायतका गाउँमा र मुस्ताङको टुकुचे गाउँदेखि उपल्लो मुस्ताङको छुसाङ गाउँमा हिउँदका चार महिना सुकुटी बनाउन किसानहरूलाई भ्याइनभ्याइ हुने गर्छ। स्थानीय पत्रकार सुशीलबाबु थकाली आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर यहाँ सुकुटी बनाउन सुरु भएको झन्डै चारदशक भइसकेको बताउछन्।

उनका अनुसार यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले स्याउको सुकुटी कोसेलीका रूपमा खरिद गर्ने गर्छन्। त्यसैले त्यहाँ धमाधम स्याउको सुकुटी बिक्री केन्द्र खुलिरहेका छन्।

चामे गाउँपालिका–४ का व्यवसायी सेरप गुरुङ स्याउको सुकुटी प्रतिकेजी रु एक हजार २०० देखि रु एक हजार ३०० सम्म बिक्रीवितरण भइरहेको बताउनुहुन्छ। यसबाट व्यापारी मात्रै होइन, अन्य स्थानीय पनि लाभान्वित भइरहेका बताउँदै उहाँले सुकुटी बनाउने मजदुरलाई दैनिक रु एक हजार २०० सम्म ज्याला दिने गरिएको जानकारी दिए।

मनाङ र मुस्ताङ मात्र होइन, कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, कालीकोट डोल्पा, सोलुखुम्बुमा पनि सुकुटी बनाउने गरिएको छ। ती जिल्लाका विभिन्न ठाउँमा स्याउबाहेक विभिन्न जातका तरकारीको सुकुटी बनाउने गर्छन्।

यसैगरी, पहाडी क्षेत्र गोरखा, लमजुङ, कास्की, सिन्धुपाल्चोक, दोलखा, ओखलढुङ्गा, खोटाङ, रुकुम, रोल्पालगायत जिल्लामा पनि हिउँदमा तरकारीको सुकुटी बनाएर अभावको सयममा त्यसको उपभोग गर्ने र बढी भएको केही सुकुटी बजारमा बिक्री गर्ने गरिन्छ।

यी क्षेत्रमा इस्कुस, मूला, काउली, ब्रोकाउली, तीतेकरेला, बरेलाका साथै विभिन्न थरीका सागपात, भ्यान्टा, सिमी, लौका, फर्सी, आलु, कुबिन्डो, चिचिण्डो, भिण्डी, तरुल, च्याउ, निगुरो, कर्कलो, परबल, पिँडालु, भेडेखुर्सानीलगायतका तरकारीलाई सुकाएर सुकुटी बनाउने गरिएको छ। यस्तो तरकारीको व्यावसायिक विकास भने हुन सकेको छैन।

जनस्वास्थ्यविद् डा अरुणा उप्रेती पुर्खाहरूले वर्षामा तरकारीको अभाव वा गर्जो टार्न तरकारीको सुकुटी बनाउने गरेकामा अब यसको व्यावसायिक उत्पादनमा लाग्नुपर्ने बताउँछन्। “सुकुटी तरकारीमा विषादीको अवशेष नहुने भएकाले स्वास्थ्यका लागि फाइदाजनक छ। त्यसैले यसको प्रचारप्रसारका साथै निर्यातका लागि योजनासहित अगाडि बढ्नुपर्छ, त्यसबाट आर्थिक रूपमा पनि पर्याप्त लाभ लिने सम्भावना छ”, उनले भने, “जाडो मौसममा हिमाली जिल्लालगायत देशका अधिकांश क्षेत्रमा ताजा तरकारीको अभाव हुने भएकाले भविष्यमा तरकारीको जोह गर्नका लागि पनि सुकुटी बनाउने चलन सयौँ वर्षदेखि चलिआएको हो। अब यसको प्रवद्र्धन गरिनुपर्छ।”

पोषणका हिसाबले पनि तरकारीको सुकुटी महत्वपूर्ण रहेको डा उप्रेतीको भनाइ छ। सुकाउने क्रममा केही भिटामिन नष्ट भए पनि पहिले प्रयोग भएको विषादीको अवशेष हट्न गई अन्य पोषक तत्व सुरक्षित हुनाले यसलाई स्वास्थ्यबद्र्धक मानिएको जानकारहरू बताउँछन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाः डिजेबाट सुरु भएको विवाद कसरी साम्प्रदायिक हिंसामा बदलियो ?

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...

कुलो मर्मत नगरेपछि किसानको आक्रोश, जलविद्युत् उत्पादन नै बन्द गराए

पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...

हात्ती धपाउन बिछ्याइएको तारमा करेन्ट ग्लादा एकजनाको मृत्यु

झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...

तीन महिनादेखि फरार ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...

तीन दिनसम्म वर्षाको चेतावनी, चार प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...

कर्णाली राजमार्गमा ठूलो पहिरो, सडक अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै रोकिए

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

पाल्पा  । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता, पछिल्लो राजनीतिक अवस्था र संसद्को कामकारबाहीबारे छलफल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...

चिकित्सक–सरकार सहमति : आन्दोलन फिर्ता, सुरक्षा ऐन संशोधनदेखि नयाँ कार्यदल गठनसम्म ५ बुँदे सहमति

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...

सुनसरी घटनामा मन्त्रिपरिषद् मौन, निर्णयबारे सरकार चुप !

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending