Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

चिसोले कठ्यांग्रिएर काठमाडौंमा दैनिक ६ को मृत्यु

काठमाडौं । काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेषगरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् । प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिकाआसपासका सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो । यस्ता वृद्धवृद्धा काठमाडौंको सडकपेटीमा दुई सयको हाराहारीमा रहेको प्रहरीको दाबी छ । मन्दिर आसपासमा धेरै वृद्धवृद्धा अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजेन्द्र पोखरेलले बढ्दो चिसोका कारण प्रत्येक वर्षको जाडोमा कक्रिएर दैनिक चारदेखि ६ जनाको मृत्यु हुने गरेको बताए । ‘बढ्दो चिसोले सहरमै दैनिक चारदेखि ६ जनाको कक्रिएर मृत्यु हुन्छ । सडकपेटीका बेवारिसे वृद्धवृद्धाले चिसोका कारण मृत्युवरण गरिरहेका छन्,’ उनले भने, ‘विगत वर्षका तथ्यांकले यस्तै देखाउँछ ।’ प्रहरीका अनुसार काठमाडौं उपत्यकाका मन्दिरआसपासका क्षेत्रमा धेरै छन् । त्यसमा पनि भिख माग्ने वृद्धवृद्धाको संख्या धेरै छ । मन्दिरआसपासका क्षेत्रमा भिख माग्ने कार्यमा वृद्धवृद्धा नै धेरै भएकाले जाडोले कक्रिएर मर्नेको संख्या यी क्षेत्रमा धेरै हुने गरेको प्रहरीको भनाइ छ । गृह मन्त्रालयको तथ्यांकअनुसार मुलुकभर चिसोले कक्रिएर प्रत्येक वर्ष ४८ जनाको मृत्यु हुने गरेको छ । मृत्यु हुनेमा विशेषगरी हिमाली र तराई क्षेत्रका विपन्नवर्गका नागरिक छन् । हिमाली क्षेत्रमा हिउँको चिसोले कठ्यांग्रिएर र तराईमा शीतलहरका कारण मृत्यु हुने गर्छ । बेवारिसे अवस्थामा भेटिएकी गर्भवतीको मृत्यु सडकमा बेवारिसे अवस्थामा भेटिएकी अन्दाजी ३५ वर्षीया लक्ष्मी लामाको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार उनको थापाथलीस्थित प्रसूतिगृहमा मृत्यु भएको हो । उनको गर्भमा चार महिनाको शिशु रहेको प्रहरीले जानकारी दिएको छ । लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बुधबार क्षेत्रपाटीको सडकबाट उद्धार गरेको थियो । उनी मानसिक स्थिति बिग्रिएको अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार उनको गर्भमा रहेको शिशु कसको भन्ने खुल्न सकेको छैन । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले लामाको मृत्यु निमोनियाका कारण भएको बताए । ‘सडकमा रहेका बेवारिसे वृद्धवृद्धा उद्धार गर्ने क्रममा उनी फेला परेकी हुन् । उनको स्थायी परिचय खुल्न सकेको छैन । जाडोले कठ्यांग्रिएको अवस्थामा भेटिएकी उनी बिरामीझैँ देखिन्थिन्,’ बोगटीले भने, ‘उपचारका लागि अस्पताल लगपछि उनी गर्भवती रहेको खुल्यो । चिसोका कारण निमोनियाले उनलाई गालिसकेको रहेछ । उपचारकै क्रममा मृत्यु भयो ।’ सडकबाट उद्धार गर्दा उनीसँग परिचय खुल्ने कुनै कागजात फेला नपरे पनि उनले आफ्नो नाम लक्ष्मी लामा बताउने गरेको प्रहरीले जनाएको छ । भक्तपुरमा दुईको मृत्यु महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चिसोकै कारण यस वर्ष दुईजनाको मृत्यु भइसकेको छ । बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको बर्सेनि मृत्यु भइरहने परिसरले जनाएको छ । ‘चिसोका कारण यसपटक दुईजनाको मृत्यु भएको छ । बेवारिसे व्यक्तिहरूको मृत्यु भने भइरहन्छन् । चिसोका साथै अन्य रोग पनि कारण रहेको छ,’ परिसर प्रमुख एसपी हिमालय श्रेष्ठले भने । प्रहरीका अनुसार ललितपुरमा भने चिसोका कारण मृत्यु भएको रिपोर्ट प्राप्त भएको छैन । ‘चिसोका कारण मृत्यु भएको घटना फेला परेको छैन । तर, बेवारिसे अवस्थाका व्यक्तिहरूको भने मृत्यु भइरहने गरेको पाइएको छ,’ ललितपुर परिसर प्रवक्ता एसपी शेखर खनालले भने । २० जना वृद्धवृद्धालाई उद्धार गरी वृद्धाश्रममा राखियो काठमाडौंमा जाडोले कक्रिएर मर्नेको संख्या बढेपछि प्रहरीले सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको तथ्यांक संकलन गरी उनीहरूलाई वृद्धाश्रममा लैजान थालेको छ । एक सातायता प्रहरीले स्वयम्भू, पशुपति, संकटालगायतका मन्दिर क्षेत्रबाट २० जना वृद्धवृद्धालाई विभिन्न वृद्धाश्रममा बुझाएको छ । उनीहरूलाई कालिमाटीस्थित दिलशोभा श्रेष्ठले सञ्चालन गरेको आमाघर, गोंगबुको हिमाल वृद्धाश्रम र लैनचौरको वरिष्ठ नागरिक समाज वृद्धाश्रममा राखिएको छ । प्रहरीका अनुसार उनीहरूलाई आवश्यक कपडा, खाद्यान्नदेखि नित्यकर्मका सामग्री लायन्स क्लबले उपलब्ध गराएको छ । प्रहरीका अनुसार काठमाडौंमा अहिले यस खालका ५३ वृद्धाश्रम छन् जसमा नौ सय २४ वृद्धवृद्धा आश्रित छन् । काठमाडौंका वृद्धाश्रमको क्षमता एक हजार दुई सय ९२ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending