Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

रोनाल्डोविरुद्ध बलात्कारको आरोप, अमेरिकी प्रहरीद्वारा डिएनए नमुना माग

अमेरिकाको लस भेगसको प्रहरीले बलात्कारको आरोप लागेका पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोसँग उनको डिएनएको नमुना मागेको छ। इटलीको युभेन्टस क्लबका एकजना वकिल पिटर क्रिस्टियानसेनले बीबीसी स्पोर्टसँग कुरा गर्दै यो एकदमै स्वाभाविक माग भएको बताए। हाल रोनाल्डो युभेन्टस क्लबमा अनुबन्धित छन्। घटना के हो ? रोनाल्डोले क्याथरिन मायोर्गा नामक महिलालाई सन् २००९ मा लस भेगसको होटलमा योन आक्रमण गरेको आरोप अस्वीकार गरेका छन्। अमेरिकी सञ्चार माध्यमहरूमा आएका विवरण अनुसार मायोर्गाको वस्त्र परीक्षण गर्दा अर्को व्यक्तिको डिएनए पनि पाइएको थियो। वाल स्ट्रिट जर्नलका अनुसार इटलीको अदालती प्रणालीका समक्ष अमेरिकी प्रहरीले उक्त मागसहितको निवेदन हालै दिएको थियो। \'रोनाल्डोले जहिले पनि र आज पनि के भन्दै आएका छन् भने लस भेगसमा सन् २००९ मा जे भएको थियो त्यो आपसी सहमतिमै भएको थियो। त्यसैले उनको डिएनए फेला पर्नु कुनै अनौठो होइन। साथै यस्ता मामिलामा प्रहरीले नमुना माग्नु पनि अनौठो होइन।\' आरोप र सम्झौता जर्मन साप्ताहिक पत्रिका डेर स्पिगलले उक्त आरोप लागेको बारे अक्टोबरमा सबभन्दा पहिले रिपोर्ट प्रकाशन गरेको थियो। सो पत्रिकाका अनुसार मायोर्गाले उक्त आरोपित घटनालगत्तै लस भेगसको प्रहरीसमक्ष उजुरी गरेकी थिइन्। तर अर्को वर्ष उनले रोनाल्डोसँग छुट्टै सम्झौता गरेको बताइयो जस अनुसार उनलाई करिब पौने चार लाख डलरको भुक्तानी गरियो जसको बदलामा ती आरोप सार्वजनिक नगरिने शर्त राखियो। तर उनका वकिलहरू अब त्यो सम्झौता रद्द गर्न चाहन्छन्। रोनाल्डोका वकिलहरूले विगतमा त्यस्तो सम्झौता गरिएको रोनाल्डोले अस्वीकार नगरेको बताएका छन्। दोषी भएको स्वीकारोक्ती ? तर त्यो कुनै पनि हालतमा \'दोषी भएको स्वीकारोक्ती\' नभएको उनीहरूले जनाएका छन्। आफ्नो उजुरीमा मायोर्गाले रोनाल्डोलाई पाल्म्स होटल एण्ड क्यासिनोको रेन नाइटक्लबमा भेटेको र पछि रोनाल्डोको कोठामा उनको बलात्कार भएको उल्लेख गरेकी छन्। गत जुलाई महिनामा रियल मड्रिड क्लबबाट करिब १३ करोड डलरमा रोनाल्डो युभेन्टसमा सरेका थिए। उनले विश्वको सबभन्दा उत्कृष्ट फुटबल खेलाडीलाई दिइने ब्यालन डोर उपाधि सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा जितेका छन्। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies