Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

संसारकै सबैभन्दा धनी व्यक्तिले श्रीमतीसँग सम्बन्धविच्छेद गर्नुअगाडि यसाे भनेका थिए

एमेजन कम्पनीका प्रमुख कार्यकारी जेफ बेजोसले उनकी पत्नी मक्केन्जीलाई २५ वर्षको वैवाहिक जीवनपछि पारपाचुके गर्दैछन्। ती दुई जनाले बुधवार ट्विटरमार्फत् एउटा संयुक्त वक्तव्य प्रकाशिथ गर्दै आफूहरूले सम्बन्धविच्छेद गर्न लागेको जानकारी दिएका हुन्। \'लामो समयसम्म प्रेमपूर्वक रहने र केही समय टाढा बस्ने अनुभव गरेपछि हामी दुई जनाले एक अर्कासँग सम्बन्धविच्छेद गर्ने निर्णय गरेका छौँ। हामी दुवै असल साथीका रूपमा रहनेछौँ,\' वक्तव्यमा उल्लेख छ। पच्चीस वर्षअघि स्थापित एमेजनले यसै साता माइक्रोसफ्टलाई उछिन्दै सबभन्दा मूल्यवान् कम्पनी बनेको छ। ब्लुम्बर्ग बिलेयनर इन्डेक्सका अनुसार एमेजनका संस्थापक ५४ वर्षीय बेजोस संसारकै सबभन्दा धनी व्यक्ति हुन्। उनको कुल सम्पत्ति १३७ अर्ब डलर बराबर रहेको अनुमान गरिएको छ। त्यो बिल गेट्ससँग भएको भन्दा ४५ अर्ब डलर बढी हो। को हुन् मक्केन्जी ? मक्केन्जी बेजोस ४८ वर्षकी छन्। उनी लेखिका पनि हुन्। उनले सन् २००५ मा \"द टेस्टिङ अफ लुथर अल्ब्राइट\' तथा सन् २०१३ मा \'ट्र्याप्स\' नामक उपन्यास लेखेकी छन्। जेफ र मक्केन्जीको पहिलो भेट सन् १९९३ मा भएको थियो \'एकअर्काको साथ पाएकाले हामी दुवै जना आफूलाई एकदमै भाग्यमानी ठान्छौँ। विवाहपश्चात् हामी यति धेरै वर्ष सँगै बस्यौँ। हामी ती प्रत्येक वर्षका निम्ति हृदयदेखि नै आभारी छौँ।\' \'पच्चीस वर्षपछि हाम्रो सम्बन्धविच्छेद हुन सक्छ भनेर यदि हामीलाई विवाह हुनुअगाडि नै थाहा भइदिएको भए पनि हामीले विवाह गर्ने थियौँ। दम्पतीको रूपमा हामीले एकदम राम्रो जीवन बाँचेका छौँ। साथै अभिभावक, मित्र, साझेदार वा व्यक्तिकै रूपमा पनि हाम्रो भावी जीवन गजबकै हुनेछ।\' \'नाम फरक होला तर हामी एक परिवार नै छौँ। र, हामी अनन्य मित्र नै छौँ।\' जेफकी अर्की प्रेमिका गत वर्ष उनीहरूले डे वन फन्ड नामक एउटा परोपकारी परियोजना सुरु गरे जसको उद्देश्य कम आय भएका समुदायका निम्ति साना नानीहरूको विद्यालय बनाउनु तथा घरविहीन परिवारलाई सहयोग गर्नु रहेका छन्। यी दुईका तीन छोरा र एक धर्मपुत्री छन्। अमेरिकी सञ्चारमाध्यमहरूले बेजोसको फक्स टीभीकी एक सञ्चालिका लरेन सान्चेजसँग प्रेमपूर्ण सम्बन्ध रहेको समाचार प्रकाशित गरेका छन्। सन् २०१३ मा मक्केन्जी ञ्जी बेजोसले भोग म्यागजिनसँग कुरा गर्दै उनले एउट हेज फन्डमा कामका लागि न्यूयोर्कमा उनलाईअन्तर्वार्ता दिने क्रममा जेफसँग पहिलो भेट भएको बताएकी थिइन्। तीन महिनापछि उनीहरूले बिहे गरे। त्यसको एक वर्षपछि जेफले एमेजनको स्थापना गरे। त्यसयता उक्त कम्पनी ई-कमर्सको क्षेत्रमा अग्रणी बनेको छ। अमेरिकी स्टक बजारका पछिल्ला तथ्याङ्कअनुसार एमेजनको कुल मूल्य ७९७ अर्ब डलर पुगेको छ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies