Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविलाई

म्याग्दी। अन्नपूर्ण गाउँपालिकाको आयोजनामा दानास्थित ज्ञानप्रकाश माविमा शुक्रबार सम्पन्न अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता २०७५को उपाधि नारच्याङको प्रभा माविले जितेको छ । भलिबल, एथलेटिक्स र कबड्डी बिधाका ३० खेलमा २१७ अङ्क जोडेर प्रभा माविले राष्ट्रपति रनिङ शिल्ड, कप र पदकसहित रु पचास हजार नगद पुरस्कार हात पारेको छ । एकसय ५४ अङ्कसहित उपविजेता भएको मुक्तिमार्ग मावि घारले कप, पदक सहित रु २५ हजार तथा ११६ अङ्कसहित तेस्रो स्थानमा चित्त बुझाएको टिकोट मावि हिस्तानले कप र पदकसहित रु १५ हजार पुरस्कार प्राप्त गरेको स्रोतव्यक्ति भरत पुनले जानकारी दिनुभयो । मङ्गलबारदेखि शुरु भएको प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका थिए । विजेता खेलाडी तथा विद्यालयलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रतियोगिताका संयोजक तथा कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामी, प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेल, जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापाले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा कबड्डीमा प्रभा माविकी गीता थजाली, सर्वोदय माविका रोजन जोहारचन, भलिबलमा ज्ञानप्रकाश माविका निशान पुर्जा र शिख माविका दुर्गा पाइजा, एथलेटिक्समा तीन स्वर्णपदक जितेका हिमाञ्चल माविका खेमबहादुर खोरजा र टिकोट माविका वर्षा फगामीले उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending