Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

इञ्जिनीयरिङ कलेज अध्ययन कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित नेपाल इञ्जिनीयरिङ कलेज, चाँगुनारायण भक्तपुरको विवाद सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन प्रस्तुत गरेको छ । समितिका सदस्य योगेश भट्टराईको संयोजकत्वमा गठित कार्यदलले कलेज निजीस्तरमा सञ्चालन नभएको स्पष्ट गरेको छ । कलेजका संस्थापक सञ्चालक समितिका सदस्य लम्बोदर न्यौपाने र प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले कलेज निजीस्तरमा सञ्चालनमा रहेको दावी गरेका थिए। समितिले संस्था दर्ता ऐन, २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सामाजिक शैक्षिक संस्थाको रूपमा सञ्चालनमा आएको भन्ने प्रमुख जिल्ला अधिकारीको भनाइ आधिकारिक भएको ठहर गरेको छ । सिंहदरबारस्थित आज बसेको समितिको बैठकमा कार्यदलले प्रतिवेदन प्रस्तुत गर्दै कलेज भक्तपुर जिल्ला प्रशासन कार्यालयमा विसं २०६० भदौ ४ गते सामाजिक संस्थाको रूपमा दर्ता नं ५५२ मा दर्ता भई सञ्चालनमा आएको भन्ने भनाइ नै आधिकारिक भनाइ भएको निष्कर्ष निकालेको हो । कलेजका अर्का संस्थापक सञ्चालक समिति सदस्य हरिप्रसाद पाण्डे र डा दीपक भट्टराई, नगरपालिका प्रमुख, सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य, प्रमुख राजनीतिक दल, जिल्लास्तरीय प्रमुख र सम्बन्धन दिने पोखरा विश्व विद्यालयका उपकुलपति र डिनले सो कलेज सार्वजनिक संस्था भएको बताउँदै आएका थिए । कार्यदलले गरेको स्थलगत अवलोकनमा तत्कालीन चाँगुनारायण गाविस (हाल चाँगुनारायण नगरपालिका–४)ले १७४ रोपनी सार्वजनिक जग्गा कलेजलाई उपभोग गर्न अनुमति दिएकाले उक्त जग्गामा कलेजका केही संरचना निर्माण गरेको देखिएको जनाएको छ । कार्यदलले कलेजमा दुई हजार २०० विद्यार्थी अध्ययनरत रहेको र करीब २०० शिक्षक तथा कर्मचारी कार्यरत रहेकाले उनीहरूको भविष्य र अभिभावकको चिन्ताका बारेमा कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिन समिति समक्ष सिफारिस गरेको छ । कार्यदलले कलेजभित्र भएको आर्थिक अनियमितता र भ्रष्टाचारबारे छानबिन गरी दोषीमाथि कारवाहीका लागि एक महीनाभित्र सिफारिस गर्ने गरी छानबिन कार्यदल गठन गर्न समेत सिफारिस गरेको छ । समितिका सदस्य उमेश श्रेष्ठ, हितमान तामाङ उक्त कार्यदलको सदस्य छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending