Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

अनुशासित व्यक्तित्वको पर्याय हो सान- रुक्मांगद कटुवाल

भक्तपुर। नेपाल बहुभाषी, बहुधार्मिक एवं बहुसाँस्कृति देश भएकोले सबै नेपालीहरू अनुशासित एवं कर्तव्यवान् बन्नुपर्ने धारणा पूर्व प्रधानसेनापति तथा रुक्माङ्गत कटुवाल ट्रष्टका अध्यक्ष रुक्माङ्गत कटुवालले राखेका छन् । सल्लाघारी एल्मुनाई एशोसिएसन नेपाल (SAAN) ले पुस २८ गते शनिवार आयोजित चौथो साधारणसभा तथा बनभोज कार्यक्रम अवसरमा उनले सो धारणा राखेकाे हाे । काभ्रे र भक्तपुर जिल्लाको संगमस्थल साँगा भंगालमा चौथौ साधारणसभा तथा वनभोज कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेकाे रुक्मागंद कटुवालले सानमा आवद्ध सिनियर तथा जुनुयर सदस्यहरूलाई लक्षित गर्दै अनुशासित तथा कर्तव्यवान् संस्थाको रुपमा सल्लाघारी एल्मुनाई एशोसिएसन नेपाल ( SAAN)को स्थापना भई चौथो वार्षिक साधारण सभामा सरिक हुन पाउँदा आफू अत्यान्तै खुशी भएको धारणा व्यक्त गरे । सल्लाघारी एल्मुनाई एशोसिएसन नेपाल (SAAN) का अध्यक्ष अवकाश प्राप्त उपरथी ताराबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रम दुई सत्रमा सञ्चालित थियो । पहिलो सत्रमा संस्थाको चौथो साधारण सभा सम्पन्न गरिएको थियो भने दोस्रो सत्रमा वनभोज कार्यक्रम सांगीतिक प्रस्तुतीहरूको साथ सम्पन्न भएको थियो । साथै, सो अवसरमा नयाँ सदस्यहरूलाई सम्मानीत समेत गरिएको थियो । सो कार्यक्रमा संस्थाका अध्यक्ष उपरथी ताराबहादुर कार्कीले सैनिक कल्याणकारी योजनाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरूमा अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई यस संस्थामा आवद्ध गर्दै देशको आर्थिक, सामाजिक क्षेत्रमा योगदान पु¥याउन सहयोग पुग्ने विचार व्यक्त गरे। यस संस्थामा सैनिक विद्यालयमा अध्ययन समाप्त गरको १३०४ जना व्यक्तिहरू सदस्य भइसक्नुभएको बताउँदै हाल यस संस्थाका सदस्य नेपाल आर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, निजामती सेवा लगायत विभिन्न पेशामा देशविदेशमा आआफ्नो क्षेत्रबाट योगदान पु¥याइरहेको धारणा व्यक्त गरे । सो अवसमार संस्थाका सचिव डा. राजेन्द्र केसीले स्वागत मन्तव्य राखेका थिए  भने कोषाध्यक्ष सुरेन्द्र व्याञ्जनकारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । स्थानीय समासेवी तथा लटरम्भेश्वर महादेव मन्दिर निर्माण समितिका अध्यक्षले साँगागढी र लटरम्भेश्वर महादेवको ऐतिहासिक तथा धार्मिक महत्वमाथि प्रकाश पारेका थिए । सो कार्यक्रममा सैनिक विद्यालयको प्रिन्सिपल, पूर्व प्रिन्सिपललगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending