Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

हुवावेको सेवा बहिस्कारबारे यूरोपको यस्तो प्रतिक्रिया

फ्रान्स। हुवावेको फाइभ–जी टेलिकम सामग्रीलाई बहिस्कार गर्न गरिएको अमेरिकी आग्रहमा मिश्रित प्रतिक्रिया आएका छन् । केही मुलुकका सरकारले हुवावेले जासूसी गरेको आशङ्कालाई खण्डन गरेका छन् भने केहीले प्रतिबन्धको समर्थन गरेका छन् । कम्पनीका लागि पछिल्लो चुनौतिका रूपमा रहेको उक्त बिषयमा पोल्याण्डमा कार्यरत एक जना कर्मचारीले चीनका लागि जासूसी गरेको आरोप लगाइएपछि उनलाई कम्पनीले पदबाट बर्खास्त गरेको थियो । “उहाँमाथि लगाइएको आरोपको कम्पनीसँग कुनै सम्बन्ध नरहेको,” हुवावेले एएफपीलाई फ्याक्समार्फत उपलब्ध गराएको विज्ञप्तिमा भनिएको छ । हुवावेको संस्थापककी छोरीलाई यस पहिले नै अमेरिकी अनुरोधमा क्यानाडाबाट पक्राउ गरिएको थियो । अमेरिकाले हुवावेमाथि सुरक्षा चासो देखाउँदै उसलाई अन्तराष्ट्रिय रूपमा कालो सूचीमा राख्ने प्रयास गरेको छ । विश्लेषकहरूले बताए, “यसबारे कतिपय एसियाली तथा प्रशान्त क्षेत्रका मुलुकहरूले वासिङ्टनको हुवावेमाथि प्रतिबन्ध लगाउने आह्वानप्रति समर्थन जनाएका छन् । तर यूरोपमा भने यसको प्रभाव सुक्ष्मभेदी देखिएको छ किनकि हुवावेको फाइभ–जी सेवा क्षमताहरू साह्रै नै आकर्षक छन् । तिनीहरू स्वीडेनको एरिक्सन, फिनल्याण्डको नोकिया र दक्षिण कोरियाको सामसुङकाभन्दा निकै अघि छन् ।” पाँचौ पुस्ताको ९फाइभ–जी० प्रबिधिले ताररहित सञ्चार गतिमा गुणात्मक फड्को मार्न सक्षम बनेको छ र यो स्वचालित कारलगायतका इन्टरर्नेटजन्य विकासका लागि महत्वपूर्ण मानिएको छ । त्यसैले यूरोपले जतिसक्दो छिटो उक्त प्रबिधिलाई बिस्तार गर्न चाहन्छ । “प्रबिधिको सञ्चालकहरूले विकल्पहरूको खोजी गरिरहेका छन् र हुवावेको सेवालाई थप नवीन र सम्भवतः फाइभ–जी का लागि उत्तम विकल्प मानेका छन्,” फिच सोलुसनका विश्लेषक डेक्सटर थिलियनले भने । अमेरिकासहित जापान र अष्टे«लियाले फाइभ–जी इन्टरनेट सञ्जाल विस्तारमा नै रोक लगाएका छन् । तर पोर्चुगल, नर्वे, बेलायत, स्पेन, जर्मनी, पोल्याण्डलगायतका देशहरूमा यसका सेवा रूचाइएको छ । यूरोपमा हुवावेको बजार बढ्ने सम्भावना व्यापक छ भने मध्यपूर्व र अफ्रिकामा २७ प्रतिशत बजार हुवावेको रहेको छ ।एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy