Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

ट्रम्पले पुटिनसँगको छलफलको कुरा किन गोप्य राखे ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको कुराकानीसम्बन्धी विस्तृत विवरण लुकाएको भन्ने आरोप अस्वीकार गरेका छन्। आफूले केही पनि गोप्य नराखेको ट्रम्पको जिकिर छ। द वाशिङटन पोस्ट पत्रिकाका अनुसार सन् २०१७ मा पुटिनसँग भएको कम्तीमा एउटा भेटवार्तापछि ट्रम्पले आफ्ना अनुवादकका टिपोट आफैसँग राखे। हेल्सिन्कीमा गत वर्ष पुटिनसँग ट्रम्पले गरेको दुई घण्टा लामो एक्लाएक्लै भेटवार्ताको कुनै रेकर्ड नराखिएको बताइएको छ। सन् २०१६ को चुनावअघि पुटिनसँगको ट्रम्पको सम्बन्धको कुरा पनि संघीय छानबिनको दायरामा छ। संघीय अनुसन्धान निकाय एफबीआइका पूर्वप्रमुख रोबर्ट म्युलर नेतृत्वको टोलीले ट्रम्पको चुनावी अभियान समूह र मस्कोबीच साठगाँठ भए वा नभएको अनि ट्रम्पलाई जिताउन उसले सघाए वा नसघाएकोबारे अनुसन्धान गरिरहेको छ। यसै हप्ताको शुरूतिर द न्यूयोर्क टाइम्सले जनाए अनुसार एफबीआइका तत्कालीन निर्देशक जेम्स कोमीलाई ट्रम्पले बर्खास्त गरेपछि रुसका लागि उनले गोप्य रूपमा काम गरेको भन्नेबारे एफबीआइले अनुसन्धान शुरू गरेको छ। निष्कर्ष सन् २०१६ मा अमेरिकी गुप्तचर निकायहरूको निष्कर्ष थियो- ट्रम्पलाई सघाउने र उनकी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनलाई धक्का पुर्‍याउने उद्देश्यका साथ रुसले साइबर हमलाहरू गरेको थियो र सामाजिक सञ्जालमा झुटा समाचार राख्न लगाएको थियो। पछिल्लो आरोपबारे फक्स न्यूजलाई ट्रम्पले भनेका छन्, \'मैले केही पनि गोप्य राखेको छुइनँ।\' अरू राष्ट्रपतिले जस्तै आफूले हेल्सिन्कीमा पुटिनसँग कुराकानी गरेको र अर्थतन्त्र जस्ता विषयमा उनीसँग एकदमै सकारात्मक कुराकानी भएको ट्रम्पले बताएका छन्। आफूले कैयौँ विश्व नेताहरूसँग भेटवार्ता गरे पनि पुटिनसँगको वार्ताबारे मात्रै चर्चा हुने गरेको ट्रम्पको गुनासो छ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending