Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

‘सरकार विकासका कार्यकाे निम्ति हरेक दिन एक कदम अघि’

काठमाडाै । प्रधानमन्त्री केपी ओलीले विकासको कामले असाधारण गति लिने बताएका छन् । नयाँ–नयाँ उपलब्धिका लागि सरकार हरेक दिन एक कदम अघि बढिरहेको उनको भनाइ छ । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्रीले आर्थिक समृद्धिका क्षेत्रमा उत्साहजनक प्रगति देखिएको दाबी गर्दै नेपाल विश्वमै तीव्र आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्ने मुलुकमा दर्ज हुने गरी काम भइरहेको बताए । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - ‘सरकार विकासको बाटोमा, नयाँ–नयाँ काममा उपलब्धि हासिल गर्ने कुरामा हरेक दिन एक कदम अघि बढिरहेको छ,’ प्रधानमन्त्रीले भने, ‘नेपाल विश्वमै तीव्र आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्ने मुलुकका रूपमा चिनियो भने कसैले आश्चर्य नमान्नुहोला, हामी त्यसतर्फ अघि बढिरहेका छौँ ।’ उनले अहिलेकै रफ्तारमा अघि बढ्न सके सन् २०३० अगावै सहस्राब्दी दिगो विकास लक्ष्य पूरा गर्न सकिने विश्वास व्यक्त गर्दै मुलुक छिट्टै आर्थिक रूपले समृद्ध हुन सक्ने बताए । त्यसअनुसार नै नेपालीहरूको प्रतिव्यक्ति आय र आर्थिक वृद्धिदरमा प्रगति भइरहेको उनको भनाइ थियो । कांग्रेसका पूर्वसांसद भुसाल नेकपामा प्रवेश पूर्वसांसद तथा चितवन कांग्रेसका पूर्वसभापति तीर्थराज भुसाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्षद्वय ओली तथा पुष्पकमल दाहाल प्रचण्डले भुसाललाई स्वागत गरे । भुसाल ०५१ सालमा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए । लामो समयदेखि कांग्रेसमा क्रियाशील उनी चितवनमा प्रभावशाली मानिन्छन् । फुट्ने होइन, नेकपाले झन् तला थप्छ प्रधानमन्त्री ओलीले नेकपा व्यावहारिक रूपमै लोकतान्त्रिक पार्टी भएको उदाहरण प्रस्तुत गर्दै पार्टी झन् सशक्त र मजबुत बन्दै जाने उद्घोषसमेत गरे । ‘हाम्रो पार्टीको बैठक देख्दा दुनियाँका अरू पार्टी पनि छक्कै पर्छन्, लामो छलफल र बहस हुन्छ, कतिपय कुरा बाहिर आउँछन्, के–के न होला भन्ने लागेको हुन्छ, अन्तिममा त सधैँ सर्वसम्मत निर्णय पो हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘कसैकसैले पार्टी फुट्छ भन्ने पनि ठानेका होलान्, तर यहाँ त अझै कत्रा–कत्रा तला थपिँदै जानेछ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE