Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

भारत नेपालसँग राजनीतिक तहमा सम्बन्ध बिस्तार गर्न चाहन्छः पाण्डे

नयाँ दिल्ली । नयाँ शक्ति पार्टी, नेपालका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भारतका राजनीतिक दलका नेताहरुले नेपालसँग राजनीतिक तहमै सम्बन्ध बिस्तार गर्न चाहेको बताएका छन् । \'नाकाबन्दी लगायतका समस्याहरुमा कर्मचारीतन्त्रको भूमिका प्रमुख रहेको अनुभव अधिकांश नेताहरुले भेटघाटको क्रममा व्यक्त गरे, साताव्यापी भारत भ्रमणमा रहेका पाण्डले भने, \'अब राजनीतिक नेतृत्व तहमै प्रत्यक्ष भेटघाटलाई बाक्लो बनाउनुपर्छ भन्ने मनोभावना उनीहरुको पाएँ ।\' कृष्णप्रसाद भट्टराई र जवाहरलाल नेहरुको व्यक्तिगत सम्बन्धका प्रसंग कोट्याउँदै पछिल्लो समय दुई देशको सम्बन्ध केही विचौलियाहरुमा निर्भर रहनु दुःखद् रहेको अनुभव आदानप्रदान भएको उनले । नयाँ शक्तिको प्रचार विभागको एक टोली विभागका प्रमुख पाण्डेको नेतृत्वमा माघ १ गते भारतका विभिन्न पार्टीहरुको सञ्चार अभ्यास र सफल क्रियाकलापहरुको अध्ययन गर्न दिल्ली आइपुगेको थियो । टोलीले भारतीय जनता पार्टीका प्रचार विभाग प्रमुख अनिल बुलानी, उपप्रमुख डा। सञ्जय मयुख, प्रवक्ता सञ्जय पात्रसँग भाजपाको केन्द्रीय कार्यालयमा प्रचार अभ्यासबारे अनुभव आदानप्रदान गरेको थियो । त्यसैगरी भारतीय राष्ट्रिय कांग्रेस पार्टीका राष्ट्रिय प्रवक्ता राजिव त्यागी, सञ्चार संयोजक तथा प्रवक्ता प्रियंका चतुर्वेदी, सञ्चार विभागका सचिव प्रणव झा, भारतीय युवा कांग्रेसका राष्ट्रिय प्रवक्ता तथा मिडिया इञ्चार्ज अमरिश रञ्जन पाण्डेसँग भारतीय युवा कांग्रेसको कार्यालयमा प्रचार अनुभव आदानप्रदान गरिएको थियो । त्यसैगरी आम आदमी पार्टीको सूचना प्रविधि तथा सामाजिक सञ्जाल प्रमुख अंकित लालसँग पनि भ्रमण टोलीले अन्तरक्रिया तथा अनुभव आदान प्रदान गरेको छ । टोलीले भाजपाका राष्ट्रिय उपाध्यक्ष श्याम जाजु, भगतसिंह कोसियारी, अजितकुमार, वामपन्थी पत्रकार तथा बुद्धिजिवी आनन्दस्वरुप बर्मा, चुनावी अभियान रणनीतिकार प्रशान्त किशोरलगायतसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ । त्यस्तै भाकपा ९मार्क्सवादी०का महासचिव सिताराम यचुरीसँग पनि टोलीले भेटेको थियो । सबै भेटघाट, छलफल, कुराकानीमा राजनीतिक पार्टीको सञ्चार रणनीति, नेपाल(भारत सम्बन्ध, दुई पार्टीबीचको सम्बन्ध लगायतका बारेमा कुराकानी भएको नयाँ शक्ति पार्टीका प्रचार विभाग प्रमुख पाण्डेले जानकारी दिए। विशेषगरी सञ्चार क्षेत्रको सफल अभ्यास र अनुभव आदानप्रदान महत्वपूर्ण रहेको उनले बताए । नयाँ नयाँ सूचना प्रविधिको प्रयोगमा विभागले अध्ययन गर्ने र नयाँ शक्ति पार्टीका नेताहरुलाई पनि यसमा अभ्यस्त बनाउन विभिन्न प्रशिक्षणमूलक कार्यक्रमहरु सञ्चालन गर्ने, राजनीतिक पार्टीको सञ्चारलाई आम जनतासँग दोहोरो रुपमा स्थापित गरी जनतासँगको सम्बन्ध बलियो बनाउने कुरामा नयाँ शक्तिको प्रचार विभागले ध्यान केन्द्रित गरेको प्रमुख पाण्डेले बताए । अध्ययन भ्रमण टोलीमा विभागका उपप्रमुख सुदर्शन खतिवडा, प्रदेश नं। ५ का प्रचार विभाग प्रमुख पंकज राई, विभागका सचिव मनोज ढोडारी, सदस्यहरु प्रल्हाद पोखरेल, जनक पाण्डे लगायत छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending