तनहुँ। तनहुँ जिल्लामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण कार्य पूरा भएको छ । छिटो, व्यवस्थित र मर्यादित रूपमा परीक्षा सम्पन्न गर्ने सरकारी लक्ष्यअनुरूप जिल्लाका २२ वटै परीक्षा केन्द्रमा सुरु गरिएको उत्तरपुस्तिका परीक्षण कार्य तोकिएको समयमै पूरा भएको हो ।
शिक्षा विकास तथा समन्वय ईकाइ तनहुँका सूचना अधिकारी भरत बरालका अनुसार, जिल्लाभरका सबै परीक्षा केन्द्रहरूमा अत्यन्तै सावधानी, निष्पक्षता र पारदर्शी तवरले उत्तरपुस्तिका जाँच्ने कार्य सम्पन्न गरिएको छ । उनले भने, “परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने सरकारी नीतिअनुसार हामीले शिक्षक तथा विषय विज्ञहरूलाई परिचालन गरेका थियौँ। सबैको सक्रियता र तोकिएको सुरक्षा प्रबन्धका कारण कुनै पनि प्रकारको अवरोधबिना नै परीक्षण कार्यले पूर्णता पाएको छ ।”
परीक्षालाई मर्यादित बनाउन प्रत्येक केन्द्रमा विषयगत शिक्षक र सम्परीक्षकको व्यवस्था गरिएको थियो । जाँच्ने र जाँचेको पुन: जाँच्ने (रि–चेकिङ) प्रक्रियालाई समेत कडाइका साथ पालना गरिएको इकाइले जनाएको छ । यस वर्ष तनहुँबाट ६ हजार १५५ परीक्षार्थी एसइईमा सहभागी भएका थिए। नियमिततर्फ ४ हजार ९४० र ग्रेडवृद्धितर्फ १ हजार २१५ जना परीक्षार्थीका लागि जिल्लाका १७४ सामुदायिक तथा संस्थागत विद्यालयहरू समेटिने गरी २२ वटा केन्द्र तोकिएको थियो ।
यस पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले मूल्याङ्कन प्रक्रियामा थप विश्वसनीयता र स्पष्टता आएको सूचना अधिकारी बरालको भनाइ छ । विद्यार्थीले वर्षभरि गरेको मेहनतको सही मूल्याङ्कन होस् भन्ने उद्देश्यले शान्त र अनुशासित वातावरणमा परीक्षण कार्य सम्पन्न गरिएको इकाइले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - १३:३५
काठमाडौं । डोलप्रसाद अर्यालले पूर्वसभामुखहरूसँग संसदीय अभ्यासका विषयमा छलफल गरेका छन्। उनले आइतबार देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गर...
चैत्र ३० गते, २०८२ - १३:२२
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै पनि नेताले आवेग वा भाषणका आधारमा खारेज गर्न नसक्ने स्पष्ट पारेको छ। निवर्तमान क...
चैत्र ३० गते, २०८२ - १३:०८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा शल्यक्रियामार्फत सफलतापूर्वक निकालिएको छ। डा। पलेस...
चैत्र ३० गते, २०८२ - १२:१९
तनहुँ। तनहुँ जिल्लामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण कार्य पूरा भएको छ । छिटो, व्यवस्थित र मर्यादित रूपमा परीक्षा सम...
चैत्र ३० गते, २०८२ - ११:४६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङ्घीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहरदवार र परिसर क्षेत्रमा ‘इन्टरनेट’ सेवालाई थप सहज, छिटो र अ...
चैत्र ३० गते, २०८२ - ११:१७
काठमाडौं । सोमबार नेपाली बजारमा सुन तथा चाँदीको भाउ सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैय...
चैत्र ३० गते, २०८२ - ११:०२
काठमाडौं । केपी शर्मा ओली को आज काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल मा पित्तथैलीको शल्यक्रिया हुने भएको छ। उपचारमा संलग्न चिकित्सकहरूले यसअघि नै शल्यक...
चैत्र ३० गते, २०८२ - १०:५३
पश्चिम नवलपरासी। निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र सरकारले माग सम्बोधन नगरेको भन्दै पश्चिम नवलपरासीका निर्माण व्यवसायीहरूले जिल्लाभरका विका...
चैत्र ३० गते, २०८२ - १०:४३
मकवानपुर। हेटौँडामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४७ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तिपुर क्याम्...
चैत्र ३० गते, २०८२ - १०:२८
भैरहवा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर...


प्रतिकृया लेख्नुहोस्: