Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

लालपुर्जा पाउने आशमा बित्यो १५ वर्ष

दुल्लु। ‘‘लालपुर्जाको लागि भौंतारिएको वर्षौ वर्ष बित्यो, चुनावका बेला लालपुर्जा दिलाउने आश्वासन दिएका नेता अहिले निर्वाचित भएका छन्, नमूना बस्तीका बासिन्दाको लालपुर्जाका लागि धेरैपटक आन्दोलन ग¥यौँ तर कसैले आम्रो आवाज सुनेन् ।’’ नमूना बस्तीका समस्या सुनाउँदै पवित्रा बादीले भने, ‘‘लालपुर्जा पाउनकै लागि पटकपटक सरकारी कार्यालय धायौँ । लालपुर्जा नुहँदा बैंक सहकारी तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गर्ने सपना कहिल्यै पूरा नहुने भयो ।” दैलेख सदरमुकाम नारायण नगरपालिका–१ गणेश चोकस्थित नमूना बादी बस्तीका स्थानीय बासिन्दा लालपुर्जाका लागि विगत १५ वर्षदेखि यसरी नै भौँतारी रहेका छन् । यही बस्तीमा जन्मिनुभएका धनलक्ष्मी बादी भन्छन्, “लालपुर्जा नहुँदा न ढुक्कले बस्न सकेका छौँ, न बस्ती नै छोड्न ।” सबैभन्दा पिछडिएको जाति बादी समुदायको बसोबास रहेको नमूना बादी बस्तीका स्थानीय लालपुर्जा पाउने आशमा पटकपटक सरकारी कार्यालय धाउँदै आए पनि उनीहरुको समस्या ज्यूँत्यूँ छ । लालपुर्जा नहुँदाको पीडाले उनीहरूलाई पिरोलिरहेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका बादी समुदायका आठ घरपरिवार विसं २०५८ मा स्थानान्तरण भई गणेशचोकस्थित वन क्षेत्रमा त्यहाँ आई बसेका थिए । त्यसपछि अरू समुदायका सुकुम्बासी समेत बसाइँ सरेर गएपछि नगरपालिकाले सोही वर्ष नमूना बस्तीका रुपमा विकास गर्ने निर्णय गरेको थियो । अहिले बस्तीमा ७० घरपरिवार छन् । “नमूना बस्ती भने पनि सरकारले अहिलेसम्म लालपुर्जा दिएको छैन”, स्थानीयवासी पवित्रा वादीले भने । बस्नलाई ठाउँ राम्रो भए पनि लालपुर्जा नहुँदा आनन्दसँग बस्न पाइएको छैनाँै । घर नहुँदा पाँच/छ जनाको परिवार टहरोको एउटै कोठामा कोचिएर बस्नुपरेको उनको भनाइ छ । अहिले नमूना बस्तीका अधिकांश परिवार त्रिपालमा बस्दै आएका छन् । उनीहरूको मुख्य पेसा भनेकै मजदुरी हो । गाडीमा सामान ओसारेर उनीहरू छाक टार्ने गर्दछन् । समुदायको समस्या लालपुर्जा मात्रै होइन्, यहाँ वर्षातमा पहिरोको जोखिम पनि उत्तिकै छ । पहिरोको जोखिम बढेपछि गत जेठदेखि भदौसम्म उनीहरू पाल बोकेर सरकारी कार्यालयमै गएका थिए । कतिले त सरकारी कार्यालयमै पाल टाँगेर रात गुजारे । अहिले हिउँद छल्न घरमाथि पाल हालेर बसेका छन् । “बस्तीमा बजारको ढल आउछ, ढलको चिसोले घरका भित्ता फाट्दै गएका छन्”, स्थानीय बलबहादुर वादीले भने । तैपनि हाम्रो पीडाको सुनुवाइ कहिल्यै हुँदैन । लालपुर्जाविहीन नमूना बस्तीका बासिन्दाको आक्रोश राजनीतिक दलप्रति पनि उत्तिकै छ । हरेक चुनावमा लालपुर्जाको आस देखाएर भोट माग्ने नेताले जितेपछि बस्तीमा फर्केर नहेर्ने गरेको स्थानीयको गुनासो छ । ‘‘हामीलाई किनमेल गर्ने सामान जस्तो बनाइएको छ’’, प्रारम्भिक बालविकास केन्द्रकी शिक्षिका समेत रहेकी कमलाले भने, “चुनावमा हाम्रो भोटको मूल्य गरिन्छ, चुनाव सकिएपछि बस्तीमा हेर्ने कोही हुँदैनन् । स्थानीय सरकार बनेपछि केही आशा गरे पनि अहिले निराश भएको उनले बताइन् ।” उक्त बस्तीमा लालपुर्जासँगै खानेपानीको समस्या पनि उत्तिकै छ । ७० घरपरिवार बसोबास गर्दै आएका बस्तीमा एउटा सामुहिक धारा मात्रै छ । बस्तीका लागि सञ्चालनमा ल्याइएको प्रारम्भिक बाल विकास केन्द्र बन्द हुँदा यहाँका बालबालिकालाई झनै समस्या उत्पन्न भएकोे स्थानीय सिता सुनारले बताए । उनले समानज्याला हुनुपर्ने बताए । उनले बस्तीका बेरोजगार महिलालाई व्यावसायिक तालीम तथा व्यवसाय सञ्चालनका लागि सहयोगको आवश्यकता रहेको बताए । समुदायका महिला गाडीका सामान ओसार्ने र गरुङ्गो भारी बोकेर दैनिक गुजारो टार्ने भएकाले महिलामा पाठेघर खस्ने समस्या पनि उत्तिकै रहेको बताए । नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले अबको दुई वर्षमा यहाँका स्थानीयले लालपुर्जा पाउने बताए। समुदायका वास्तविक सुकुम्वासीलाई मात्रै लालपुर्जा दिइने बताउँदै नगर प्रमुख खड्काले भने, “केन्द्र र प्रदेशको कानून नबाझिने गरी स्थानीय तहले कानून निर्माण गरेर मेरै कार्यकालमा लालपुर्जा उपलब्ध गराउँछु ।” “अन्य स्थानबाट आएर बसेका घरपरिवारको अन्य स्थानमा उनीहरुकै नाममा पैत्रिक सम्पत्ति भएको पाएका छौँ”, नगरप्रमुख खड्काले भने । उनीहरुलाई लालपुर्जा दिन सकिदैन्, नारायण नगरपालिकाले वास्तविक सुकुम्बासीलाई मात्रै लालपुर्जा उपलब्ध गराउँछ । उनले समुदायमा सञ्चालित प्रारम्भिक बाल विकास केन्द्र स्थानीयवासीको अग्रसरता भए तत्काल सञ्चालनमा ल्याइने बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending