Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

जनताकोलागि उदाहरणीय बने यी तीन जना जनप्रतिनिधि

म्याग्दी। विलासी साधन र सुविधाको दुरुपयोगका कारण आलोचित बन्दै गएका जनप्रतिनिधिका बीच म्याग्दीका तीन जनप्रतिनिधिले आफूले पाएको सुविधा पनि जनताको सेवाका लागि खर्च गरेर उदाहरणीय बनेका छन् । म्याग्दीको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आफूले पाउने सुविधा जनताको सेवाका लागि खर्च गर्ने गरेका हुन् । यी तीनजना जनप्रतिनिधिले आफूले पारिश्रमिकबापत पाएको रकमका साथै व्यक्तिगतरुपबाट समेत लाखौँ रुपैयाँ खर्च गरेर आफ्नो गाउँपालिकाभित्रका विद्यालय, सडक, असहाय बालबालिका, गरीब, विपन्न, शारीरिकरुपमा अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धालाई सहयोग गरेर सबैको मन जित्न सफल भएका छन् । तत्कालीन नेकपा एमालेबाट निर्वाचित मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाकै दुर्गम क्षेत्रमा पर्ने वडा नं ५ सिर्कुमको किसानी आधारभूत विद्यालयलाई भवन निर्माणका लागि जग्गा किन्दा लागेको रु तीन लाख ५० हजार ऋण तिरिदिएका । त्यसका साथै जन्म दिएकी आमाले छोडेर अर्को विवाह गरेपछि असहाय बनेका हिदीका तीन जना बालबालिकाको माध्यमिक तहसम्मको शिक्षाको जिम्मासमेत लिएका छन् । आमाले छोडेर गएपछि असहाय बनेका हिदीका रेखा किसान, कर्ण किसान र बेलबहादुर किसानका शैक्षिक अभिभावक बनेका रोकाले उनीहरुलाई मासिकरुपमा प्रतिव्यक्ति रु पाँच हजार गरी रु १५ हजार खर्च व्यहोर्दै आएको हिदीका रामबहादुर किसानले जानकारी दिए । त्यसैगरी नेपाली काङ्ग्रेसबाट निर्वाचित रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले व्यक्तिगत रु ४० लाखभन्दा बढीको लगानीमा गाउँपालिकाभित्रका विभिन्न ठाउँमा सडक निर्माण गरेर उदाहरणीय बनेका छन् । निर्वाचनताका आफूले जनतासँग गरेका प्रतिबद्धता सरकारी रकमबाट मात्र पूरा हुने सम्भावना नभएपछि आफ्नो व्यक्तिगत लगानीमा आफूले गरेका प्रतिबद्धता यो २२ महीनाको अवधिमा पूरा गरेको उहाँको भनाइ रहेको छ । भण्डारीले आफ्नो व्यक्तिगत लगानीमा विकास निर्माणका काम गर्नुका साथै मानवीय सहयोगका क्षेत्रमा पनि धेरै सहयोग गरेका स्थानीयले बताएका छन् । आफूले पाउने पारिश्रमिकबाट गाउँपालिकाभित्रका गरीब, असक्त, असहाय, बालबालिका र वृद्धवृद्धाका लागि आवश्यक सहयोग गरेर भण्डारीले सबैको मन जित्न सफल भएका छन् । त्यसैगरी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले गाउँपालिकाको शैक्षिक र सूचना प्रविधिका क्षेत्रमा आफ्नो पारिश्रमिक खर्च गर्ने गरेका छन् । गाउँपालिकाको अध्यक्ष भएबापत आफूले पाउने पारिश्रमिक एक रुपैयाँ पनि आफ्नो निजी खर्चका लागि प्रयोग नगर्ने सङ्कल्प गरेका अध्यक्ष पुनले अक्षयकोष नै स्थापना गरेर गाउँपालकाभित्रका विद्यालयको गुणस्तर वृद्धि, भौतिक पूर्वाधार निर्माण, बालशिक्षा पढाउने शिक्षिकाको तलब, टेली एजुकेशन, सूचना प्रविधि र गरीब तथा असहाय बालबालिकाको शिक्षाका लागि खर्च गर्ने गरेका गाउँपालिकाको वडा नं ६ घारका वडाध्यक्ष कृष्णबहादुर बरुवालले बताए । पुनः पनि काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । गरीब र अपाङ्गता भएका ५० को स्वास्थ्य बीमा यसैगरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले ५० गरीब तथा अपाङ्गता भएका व्यक्तिको आफ्नै खर्चमा स्वास्थ्य बीमा गरिदिएका छन् । अध्यक्ष भण्डारीले रघुगङ्गा गाउँपालिकाका–५ झीँ र ६ पाखापानीका आर्थिक अभावका कारण उपचारसम्म पनि गराउन नसक्ने १० घरका ५० गरीब र अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा गराई दिएको हो । आफूले पाएको सरकारी सेवा सुविधाबापत प्राप्त रकमको अध्यक्ष भण्डारीले अक्षयकोष स्थापना गरेका छन् । सो अक्षयकोषको रकमबाट गाउँपालिकाभित्रका गरीब, असहाय र अशक्तका लागि आवश्यक सुविधा उपलब्ध गराउने अध्यक्ष भण्डारीले बताए । एउटा वडामा पाँच गरीब वा अपाङ्गता भएको परिवारलाई छनोट गरी ती परिवारको स्वास्थ्य बीमा गरिदिने भण्डारीले जानकारी दिए । “मैले पाउने सेवा सुविधाको रकमबाट अक्षयकोष स्थापना गरेको छु”, उनले भने, “त्यसैबाट एउटा वडाका पाँच परिवारलाई स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको हुँ ।” अहिलेसम्म ५० व्यक्तिको स्वास्थ्य बीमा गरिदिएको भण्डारीले जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy