Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

घाटमा जलाउन लागेको लाशमा अर्को लाश भेटिएपछि...

चरीकोट। भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीका ४४ वर्षीय कालुमान थामीको भीरबाट लडेर शनिबार मृत्यु भयो । थामीको शवपरीक्षण गर्नुपर्ने भनी शव प्राथमिक स्वास्थ्य केन्द्र चरीकोट ल्याइयो । लाश सद्गत गर्न सम्पूर्ण कपडा पन्छाउने क्रममा रगतले लतपत भएको एउटा प्लाष्टिकको झोला भेटियो । झोलामा पनि कपडा होला भनेर खोल्दा नवजात छोराको लाश भेटियो । सद्गत गर्ने विधि सकेर भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीको घाटमा जलाउन लागेको लाशमा अर्को लाश भेटिएपछि मलामी अचम्मित भए । दागबत्ती दिन लागेका बेला शवपरीक्षण गरी सिलाइएको अवस्थाको अर्को लाश भेटिएपछि सबै जना मलामी छक्क परेर अस्पताललाई गाली गर्न थाले । आफन्तको मलाम गएका मलामीहरु जलाउन लागेको लाशमा अर्को लाश भेटिएपछि केही बेर तनावमा परेको भीमेश्वर नगरपालिका–१ का वडाअध्यक्ष वीरमान थामीले बताए । वडाध्यक्ष वीरमानले सोबारे प्रहरीलाई खबर गरे । प्रहरीले बच्चाको लाश बुझेर फेरि अस्पताललाई बुझायो । त्यसपछि मात्र कालमानको लाशसद्गत गरिएको अध्यक्ष थामीले बताए। यही माघ ३ गते हराएका भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीका कालुमानको शव माघ ५ गते बिहान करीब ७ बजे भीमेश्वर–२ को भीरमुनि भेटिएपछि सोही दिन प्रस्तावित चरिकोट अस्पतालमा शवपरीक्षण गरियो । शवपरीक्षणपछि प्लाष्टिकमा राखिएको शव बुझेर अस्पतालबाटै बाँसमा बाँधी गाडीमा लिएर गएको वडाध्यक्ष वीरमानले बताए । चरीकोट प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा क्षमता घिमिरेले कालुमानको शव आफैँले शवपरीक्षण गरेको र शवपरीक्षण गरेर सिलाएपछि कार्यालय सहायकले अरू काम गरिहाल्छन् भनेर आपूm बाहिर निस्कँदा गल्ती भएको हुन सक्ने बताए । प्रहरीले फोन गरेपछि मात्र बच्चाको पनि लाश गएको थाहा पाएको उनले जानकारी दिए । बैत्यश्वर गाउँपालिकाबाट आएकी एक गर्भवतीबाट मृतावस्थामा चार केजी तौल भएको शिशु माघ ४ गते प्रस्तावित चरीकोट अस्पतालमा जन्मेको अस्पतालले जनाएको छ । परिवारले शिशुको लाश नलगेपछि के कारणले जन्मनुअघि नै मृत्यु हुन्छ भन्ने विषयमा अध्ययनका लागि शिशुको शवपरीक्षणसमेत गरिएको अस्पतालले जनाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy