Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

अत्यधिक मूल्यवृद्धि र सरकारले माग सम्बोधन नगरेको भन्दै निर्माण व्यवसायीद्वारा काम बन्द

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र सरकारले माग सम्बोधन नगरेको भन्दै पश्चिम नवलपरासीका निर्माण व्यवसायीहरूले जिल्लाभरका विकास निर्माणका कामहरू ठप्प पारेका छन् ।

निर्माण व्यवसायी सङ्घ नवलपरासीको आह्वानमा व्यवसायीहरूले सञ्चालनमा रहेका साना तथा ठुला सबै आयोजनाहरूको काम बन्द गरेका हुन् । इन्धन र निर्माण सामग्रीको मूल्य आकाशिएका कारण पुरानो दररेटमा काम गर्न नसकिने भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

निर्माण व्यवसायी सङ्घ नवलपरासीका अध्यक्ष नवीन ज्ञवालीले सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर काम रोक्नुपरेको बताए। “हामीले निर्माण आपतकाल घोषणा गर्न र मूल्य समायोजन गर्न माग गरेका थियौँ,’’ अध्यक्ष ज्ञवालीले भने, “व्यवसायीहरू टाट पल्टिने अवस्था आएपछि मेसिन र कामदारहरू कार्यस्थलबाट फिर्ता बोलाउन हामी बाध्य भयौँ।’’

सङ्घका अनुसार निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिमा देखिएको समस्या समाधान गर्न र राष्ट्र बैंकको अनुपयुक्त मूल्य सूचकाङ्कलाई खारेज गरी वास्तविक बजार मूल्यका आधारमा भुक्तानीको व्यवस्था मिलाउन माग गरिएको छ।

निर्माण व्यवसायी दीपक भुसालले बजारमा सिमेन्ट, डण्डी र बिटुमिनको मूल्यमा भएको चलखेलले गर्दा काम गर्ने वातावरण नै नरहेको उल्लेख गरे। “साइटमा सामान झार्न सक्ने स्थिति छैन, बैंकको ब्याज र मजदुरको खर्चले थिचेको छ,“ भुसालले गुनासो गरे, “सरकारले ठेक्का लगाउने तर समस्या पर्दा नहेर्ने प्रवृत्तिले गर्दा आज हामीले निर्माण उपकरणहरू थन्काउनुपरेको छ।’’

निर्माण कार्य बन्द भएसँगै जिल्लाका रणनीतिक सडक र स्थानीय तहका महत्त्वपूर्ण पूर्वाधार निर्माणका कामहरू अनिश्चित बनेका छन्। सङ्घका सचिव कृष्णप्रसाद पौडेलका अनुसार इन्धनमा भएको मूल्यवृद्धि र नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) को अभावले गर्दा जिल्लाका पुल, सडक र भवन निर्माणका कामहरू प्रभावित भएका छन्। उनले भखे, “बजारको वास्तविक मूल्य र सरकारी रेटमा जमिन–आसमानको फरक छ। यस्तो अवस्थामा काम जारी राख्नु भनेको व्यवसायबाट पलायन हुनु हो। जबसम्म मूल्य समायोजन मार्गदर्शिका–२ जारी हुँदैन, तबसम्म काम सुचारु हुँदैन।’’

व्यवसायीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने र चरणबद्ध रूपमा थप कडा कार्यक्रमहरू सार्वजनिक गर्ने जनाएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्वजनिक लेखा समितिमा १७ उजुरी, छानबिनको प्रक्रिया तय गर्न सोमबार बैठक

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...

पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...

आर्थिक कानुन संशोधन विधेयकमा १५ वटा संशोधन प्रस्ताव, संसदीय समितिमा छलफल

काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न ल्याइएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि स...

देवानगञ्ज घटनापछि सप्तरीमा सद्भावको सन्देश, राजविराज र बोदेबरसाइनमा निकालियो शान्ति र्‍याली

राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच सप्तरीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन...

मनसुन विपद् : २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

काठमाडौँ। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...

ग्यासको कृत्रिम अभाव हुन नदिन डिलरको अनुगमन

तनहुँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ। सहायक...

सप्तरीमा कर्फ्यु खुकुलो

सप्तरी। सप्तरीमा आम नागरिकहरूको दैनिक अत्यावश्यक कामलाई मध्यनजर गर्दै सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्युमा केही खुकुलो ...

ब्रड पिक दुर्घटना : निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव क्याम्प–१ तर्फ ल्याइँदै

काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितका दिवंगत आरोही...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा किनबेच भइरहेको छ ?

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।  नेपाल सुनचाँदी ...

शान्ति सद्भाव र्‍यालीपछि जनकपुरधामको अवस्था सामान्य

जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङले पीडित पक्षसँग शुव्रmबार राति सहमति गरेपछि मधेश प्रदेशको अवस्था सामान्य बन्दै गएको छ । सुनसरीमा धार्मिक विषयलाई लिएर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending