Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौँ। नेपाली काङ्ग्रेसले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौ वटा अस्पताल सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो । तर ती दुई नेताका नामका अस्पताल कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय सरकारले नगरेको बताइन्छ । राष्ट्रियसभाको आजको बैठक शुरु हुने बित्तिकै नेपाली काङ्ग्रेसका सांसदहरू आआफ्ना आसनबाट उठेर विरोध जनाए । विरोधका बीचमा काङ्ग्रेसका सांसद सरिता प्रसाईंले आफ्ना नेताका स्मृतिमा स्थापित ती दुई अस्पताल सञ्चालन गर्न किन सरकारले कुनै निर्णय नगरेको रु भनी प्रश्न गरे । उनले नेपालको शान्ति प्रक्रिया, गणतन्त्र तथा नयाँ संविधान जारी गर्न गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले गरेको योगदानलाई कहीँ कतैबाट भुल्न नहुनेमा जोड दिँदै आफ्नो मागका बारेमा सरकारले सदनसमक्ष धारणा सार्वजानिक गर्न माग गरे । यसपछि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल खारेज गर्ने निर्णय नभएको सदनलाई जानकारी दिए । उनले देशका विभिन्न नौ वटा अस्पताललाई सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय भएको सदनलाई जानकारी दिए । नेपाली काङ्ग्रेसका सांसद सुरेन्द्र पाण्डेले विभिन्न नौ वटा अस्पताल सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय गर्ने सरकारले नेकाका नेताका नाममा स्थापित भएका अस्पताल सञ्चालन गर्न किन निर्णय नभएको हो रु भनी प्रश्न गरे । नेकपाका सांसद रामनारायण विडारीले प्रतिपक्ष उठ्ने र सत्ता पक्ष बस्ने यो कहाँको संसदीय परम्परा हो रु भन्ने प्रश्न गर्दै के कारणले बैठक अवरुद्ध भयो भनी प्रश्न गरे । सोही पार्टीका डा विमला पौडेलले आगामी दिनमा सदनले धेरै विधेयक पारित गर्नुपर्ने अवस्था रहेकाले सदन अवरुद्ध नगर्न आग्रह गरे । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले नेपाली काङ्ग्रेसका सांसदलाई आआफ्नो स्थानमा आसन ग्रहण गर्न पटकपटक आग्रह गरेका थिए । आसन ग्रहण नगरेपछि उनले बैठक आजै आधा घण्टामा लागि स्थगित गरे ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending