Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

घर निर्माण सकेर तेस्रो किस्ता लिलेको संख्या बढ्दै

ललितपुर। दक्षिणी भेगमा पर्ने कोञ्जेसोम गाउँपालिकामा घर निर्माण सकेर तेस्रो किस्तावापतको रकम लिनेको सङ्ख्या ५४ प्रतिशत रहेको छ । जिल्लाका छ स्थानीय तहमध्ये यो गाउँपालिकामा निजी आवास पुनःनिर्माण सबैभन्दा द्रुत गतिमा भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका जिल्ला आयोजना कार्यान्वयन एकाइ(आवास) ले जनाएको छ । यो गाउँपालिकामा जम्मा दुई हजार १५४ लाभग्राही रहेकामा एक हजार १६४ ले घर निर्माण सम्पन्न गरिसकेको एकाइले जनाएको छ । एक हजार ६४६ लाभग्राहीले दोस्रो किस्तावापतको रकम र दुई हजार ४१ जना लाभग्राहीले पहिलो किस्ता वापतको रकम यो गाउँपालिकामा लिइसकेका छन् । गाउँमा घर बनाउन शहरी क्षेत्रमा भन्दा कठिनाइ कम हुने एकाइका आयोजना प्रमुख विरबहादुर रावलले बताए । शहरी क्षेत्रमा कम क्षेत्रफलमा घर बनेको हुँदा भूकम्पपछि पनि त्यतिमा नै घर बनाउनुपर्छ । ग्रामीण क्षेत्रमा एकातिर पर्याप्त जमीन हुन्छ भने अर्कातिर मापदण्ड पनि लचिलो हुन्छ । भूकम्पप्रभावित सबै जिल्लामा सरकारबाट अनुदान लिएका घर बनाएका लाभग्राहीको भन्दा गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत घर बनाउँदा चाँडो बनेको छ । यो गाउँपालिकामा २४२ घर लुमन्ती संस्थाले बनाएको हो । उनले भने, “घर निर्माण सकिएर सबै लाभग्राहीले तेस्रो किस्ता पनि लिइसकेका छन् ।” जिल्लाभरमा भने तेस्रो किस्ता लिने लाभग्राही २३ प्रतिशत मात्रै रहेको छ । गुनासोपछि थप भएका समेत जम्मा लाभग्राही सङ्ख्या २८ हजार ३८२ रहेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending