यसकारण महिलाको नाममा जग्गा लिनेको सङ्ख्या हवात्तै बढ्यो
माघ ८ गते, २०७५ मगलवार 22nd January, 2019 Tue०९:५०:५९ मा प्रकाशित
बाजुरा ।बाजुरामा पछिलो समयमा महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । महिलाका नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हुँदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको जिल्ला मालपोत कार्यालय बाजुराले जनाएको छ ।
कार्यालय प्रमुख लक्ष्मणप्रसाद पाण्डेका अनुसार पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा मात्र नभई दलितको नाममा पनि जग्ग्गा पास गर्नेको सङ्ख्यामा वृद्धि भएको बताए । अहिले महिला तथा दलितका नाममा जग्गा पास गर्दा लाग्ने राजश्वमा २५ प्रतिशत छुट हुने कानूनी प्रवधान रहेको कार्यालय प्रमुख पाण्डेको भनाइ छ ।
कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या ५८ र दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ७६ रहेको जनाएको छ ।
कार्यालयमा जग्गा लिएवापत महिला र दलितले रु दुई लाख ३४ हजार १२ राजश्व छुट पाएको कार्यालय प्रमुख पाण्डेले बताउनुभयो । त्यसैगरी आर्थिक वर्ष २०७५÷७६ को पुस मसान्तसम्म महिलाको नाममा जग्गापास गर्नेको सङ्ख्या ३२ र दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ५१ पुगेको कार्यलयको तथ्याङ्कमा उल्लेख छ । यसवापत महिला र दलितले रु दुई लाख २० हजार १५३ राजश्व छुट पाएका छन् ।
नागरिकता र मतदाता शिविर शुरु
जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाको दक्षिणी क्षेत्रमा सोमबारदेखि नागरिकता र मतदाता नामावली सङ्कलन शिविर सञ्चालन गरेको छ । बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिका क्षेत्रमा कार्यालयले शिविर सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।
प्रशासन कार्यालयको आयोजना र बूढीगङ्गा नगरपालिकाको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको हो । बूढीगङ्गा नगरपालिकामा नागरिकता शिविर सोमबारदेखि सञ्चालन भएको छ । नागरिकता लिनका लागि जिल्लामा आउन नसक्ने, आर्थिक अभाव भएका, अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धालाई लक्षित गरी शिविरको आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी खगेन्द्रबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार सोमबारदेखि बूढीगङ्गा नगरपालिकाको बडीमालिका क्याम्पसमा प्रजिअ बरालको नेतृत्वमा शिविर सञ्चालन गरिएको हो । शिविरमा बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाका १६९ ले सेवा लिएको प्रजिअ बरालले बताए ।
जिल्लाको उत्तरी भेगको बूढीनन्दा नगरपालिकाको कोल्टी र खप्तड छेडेदह गाउँपालिकामा पनि नागरिकता र मतदाता नामावली सङ्कलन शिविर सञ्चालन गरिएको थियो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: