Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

मुआब्जाका कारण झोलुङ्गे पुल निर्माण अवरुद्ध

काठमाडौँ। स्थानीयवासीले मुआब्जा रकम माग्दा अधिकांश झोलुङ्गे पुलको निर्माण कार्य अवरुद्ध भएका छन् । झोलुङ्गे पुल निर्माण हुने स्थानमा सार्वजनिक जग्गा हुँदा समस्या नआए पनि निजी जग्गा भएका ठाउँमा समस्या आइरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका सस्पेन्स विभागले जनाएको छ । एकदशक पहिलेसम्म स्थानीयवासी आफ्नो ठाउँमा पुल बन्ने भएपछि स्वेच्छाले जग्गा दिने गरेको इञ्जिनीयर हुमाकान्त मिश्रले बताए । “एक दशक पहिलेसम्म धेरैमा आफ्नो जग्गामा पुल बन्दा जग्गाको महत्व बढ्ने भएकाले पनि जग्गा खुशीले दिने गरेका थिए”, उनले भने, “अहिले स्वेच्छाले जग्गा दिन्छु भन्ने मान्छे कम हुँदै गएको छ ।” झोलुङ्गे पुल निर्माण क्षेत्रमा व्यक्तिगत जग्गा पर्दा मुआब्जा दिने नीति सरकारको नभएको विभागले जनाएको छ । कतिपय स्थानीयवासीलाई सम्झाएपछि स्वेच्छाले जग्गा दिन्छन् । पहिले जग्गा दिने व्यक्ति पुल निर्माण शुरु भएपछि मुआब्जा माग्न आउने गरेको उनले भने । यसले गर्दा धेरै ठाउँको पुल निर्माणमा ढिलाइ भइरहेको विभागले जनाएको छ । देशभरका धेरै स्थानमा निर्माणाधीन पुलको सम्झौता मिति सकिँदा समेत काम नसकिएको इञ्जिनीयर मिश्रले बताए । सार्वजनिक जग्गामा भन्दा निजी जग्गामा पुल निर्माणमा ढिलाइ भइरहेको उहाँको भनाइ छ । “कतिपय स्थानीयवासीले फिल्डमा काम रोकेपछि जिल्ला प्रशासन कार्यालयले विवाद समाधान गरेर काम सूचारु गराउँछ, कतिपय विवाद भने अदालतमा नै जान्छ”, उनले भने, “समस्या जति बढ्दै जान्छ, पुल निर्माण उति नै लम्बिन्छ ।” एक सय २० मिटर भन्दा छोटो पुलको निर्माण विभागले र त्यो भन्दा कम लम्बाईको पुलको निर्माण स्थानीय तहले गर्छन् । विभागले निर्माण गर्ने पुलमा ठेक्का सम्झौतामार्फत ठेकेदार कम्पनीलाई कामको जिम्मेवारी दिन्छन् । ठेकेदारले काम गर्दा उसको क्षमता थाहा नहुने उनले बताए । ठेकेदारसँग सम्झौता हुनु पहिले उसको ‘सिड मनी’, जनशक्ति, उपकरणलगायतका कुरा हेरेर मात्रै काम गर्न सक्ने नसक्ने भन्ने टुङ्गो लगाइन्छ । ठेकेदार कम्पनीले एउटै जनशक्ति, रकम र उपकरण धेरै ठाउँमा देखाएर ठेक्का लिएका हुन्छन् । “एउटा फिल्डमा काम रोकिएपछि ठेकेदारले जनशक्ति र उपकरण अन्यत्र लैजाने गरेको छ”, उनले भने, “एकपटक अर्को ठाउँमा गएपछि उसले फेरि पनि त्यही ठाउँमा ल्याएर काम गर्ने ढिलाइ गर्छन् ।”  जग्गा विवादको कारण देखाएर ठेकेदार कम्पनी काम छाडेर अन्यत्र लाग्ने इञ्जिनीयर मिश्रले बताए । विभागले अहिले १७ ठेकेदार कम्पनीलाई कारवाही प्रक्रियाको अगाडि बढाएको छ । तीमध्ये अधिकांशमा ढिलाइको कारण निजी जग्गामा मुआव्जा विवाद नै रहेको छ । कतिपयमा भने निर्माण सामग्री समयमा उपलव्ध नहुँदा पनि काम ढिलाइ भइरहेको छ । पुल निर्माणका लागि आवश्यक पर्ने लठ्ठा भारतबाट आयात हुने गरेको छ । ठेक्का सम्झौतामा नै लठ्ठा विभागले आफैँले ल्याउने उल्लेख हुन्छ । उनले भने, “विभागले ल्याउँदा समय लाग्ने हुँदा त्यो नआउँदा काम रोकिन्छ ।” सबै जिल्लामा सडकको पहुँच बढ्दै गएको भएपनि पनि झोलुङ्गे पुलको माग भने कम भएको छैन । सडक बनिसकेका वा केही वर्षमा नै सडक सञ्जालले जोडिने ठाउँमा पनि स्थानीयवासीले झोलुङ्गे पुलको माग गरिरहेका छन् । चाँडो सडक र पुल नबन्ने तथा ठूला खोलामा यस्ता झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिएको विभागले जनाएको छ । पहिले पाहाडी क्षेत्रमा बढि पुलको माग हुने गरेकामा अहिले तराईमा समेत झोलुङ्गे पुलको माग बढिरहेको छ । सरकारले चालु आर्थिक वर्षमा एक सय झोलुङ्गे पुल निर्माण सक्ने योजना बनाएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending