Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

उर्जामन्त्री पुन र जापानी प्रतिनिधीमण्डलबीच भेटवाता, के छलफल भयो ?

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालको भ्रमणमा रहेको जापानी प्रतिनिधीमण्डलबीच भेटवार्ता भएको छ । जापानको कृषी तथा वन मन्त्रालयका अन्र्तराष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधी मण्डलले विहिवार सिंहदरवारस्थित उर्जामन्त्रालयमा भेटवार्ता गरेको हो । भेटमा उर्जामन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गर्दै आएको सहयोगप्रती धन्यवाद ज्ञापन गरेका थिए । उनले उर्जा र जलस्रोत मन्त्रालयमातहतका विभिन्न आयोजनमा जापानले गर्दै आएको प्राविधिक र आर्थीक सहयोगप्रती धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोग निरन्तरता हुने विश्वास व्यक्त गरे । नेपालको कृषी क्षेत्रको विकासको लागी सिंचाईको महत्वपूर्ण भुमिका हुने भन्दै मन्त्री पुनले त्यसका लागी मन्त्रालयले भेरी ववई,रानी जमरालगायतका केही ठुला आयोजना अघि बढाइरहेको जानकारी दिए । ‘हामीले बर्षभरी नै सिंचँई गर्न सजिलो होस् भनेर केही ठुला आयोजनाहरु अघि बढाएका छौं, हाम्रो भुगोल सुहाउंदो सिंचाईको प्रविधी खोज्न पनि मैले मातहतकालाई निर्देशन दिएको छु, तपाईहरुजस्ता विज्ञहरु आउंदा यो क्षेत्रको प्रविधिको अध्ययन र अनुसन्धानमा सहयोग होस् भन्न चाहन्छु ।’ भेटमा मन्त्री पुनले भने । मन्त्री पुनले जलउत्पन्न प्रकोप नियन्त्रयण केन्द्र स्थापना गर्न जापानले सहयोग गरेको जानकारी दिंदै सिंचाई र उर्जा क्षेत्रको अध्ययन अनुसन्धानमा आगामी दिनमा समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थीक र प्राविधीक सहयोग गर्दै आएको जानकारी दिंदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताउनुभयो । उहाले नेपाल कृषी प्रधान देश रहेको भन्दै कृषी क्षेत्रमा सहयोग गर्न आफुहरु तयार रहेको धारणा राखे । ‘नेपालमा के कस्ता सम्भावनहरु छन्, हामी त्यसको अध्ययन,अनुसन्धानको लागी अहिले नेपालको भ्रमणमा आएका छौं, जापानको निजी क्षेत्र पनि यहा लगानी गर्न ईच्छुक छ ।’ उपमहानिर्देशक ताकामीले भने । उनले सिंचाई र पानीको क्षेत्रमा जापानको लामो अनुभव भएको भन्दै त्यसको ज्ञान वाड्न आफुहरु ईच्छुक रहेको बताए । भेटमा नेपालका लागी जापानी राजदूत मसामिची सैगो समेत सहभागी थिए  । उनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका् जापान भ्रमण् र जापानी परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको वेला कृषी क्षेत्रमा सहकार्य गर्ने सहमती भएको भन्दै यो भ्रमणदल नेपाल आउनु त्यसको निरन्तरता भएको जानकारी दिए । भ्रमण दलमा कृषी मन्त्रालयमा कार्यरत उच्च अधिकारीका साथै,सिंचाई क्षेत्र हेर्ने इन्जिनियर, वन विज्ञ र निजि क्षेत्रका व्यवसायी समेत सहभागी थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending