Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

किन पाएनन् क्याम्पसका कर्मचारीले तलब ?

धम्बोझी । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मवि)ले १० आङ्गिक क्याम्पसलाई समयमै समायोजन नगर्दा कर्मचारीले तलब पाउन सकेका छैनन् । आङ्गिक क्याम्पसका रुपमा मान्यता पाएको डेढवर्ष बित्दा पनि साविक मध्यपश्चिम विकास क्षेत्रका कर्णाली र प्रदेश नं–५ का १० वटा आङ्गिक क्याम्पसमा कर्मचारी समायोजन भएका छैनन् । कर्मचारी समायोजन नहुँदा आङ्गिक क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीले हालसम्म सेवा सुविधा पाउन नसकेका हुन् । लामो समयसम्म पनि अन्योलमै काम गर्नुपरेको र तलब पनि नपाएको आङ्गिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीको गुनासो रहेको छ । दशवटा क्याम्पसमा कार्यरत २०३ जना प्राध्यापक र कर्मचारीले अहिलेसम्म पनि तलब पाएका छैनन् । विश्वविद्यालयले साविकको मध्यपश्चिमका १० क्याम्पसलाई भदौ ११ देखि लागू हुने गरी आफ्नो आङ्गिक क्याम्पसका रुपमा अङ्गीकार गरेको पत्र दिएको थियो । पत्रसँगै ती क्याम्पसले त्रिभुवन विश्वविद्यायसँगको सम्बन्धन तोडेका थिए । मविले भने क्याम्पस प्रमुखलाई काम गर्न जिम्मेवारी दिनेबाहेक अरू प्रक्रिया पूरा गर्न नसकेको आङ्गिक क्याम्पसका प्राध्यापकहरु बताउछन् । आङ्गिक क्याम्पस समायोजन सङ्घर्ष समितिका संयोजक शेरबहादुर रायमाझीले मविले समायोजनको प्रक्रिया अगाडि नबढाउँदा यो समस्या आएको बताए । ‘‘हामीले आङ्गिक क्याम्पसलाई समायोजनका लागि सबै प्रक्रिया पूरा गर्दासमेत समायोजन हुनसकेको छैन’’ उनले भने, “हामीले कागजी प्रक्रिया पुर्याउँदा पनि कहिलेसम्म तलब पाउने रु” उल्टै समायोजनको प्रक्रिया र कार्यविधि सम्बन्धमा सङ्घर्ष समितिले मविका पदाधिकारीसँग बुझ्न जाँदा कुरा नै गर्न नचाहाने, अपमानजनक व्यवहार गर्ने अस्पष्ट, धम्कीपूर्ण र गोलमेटोल जवाफ दिने प्रवित्ति देखाउने गरेको सङ्घर्ष समितिका अध्यक्ष रायमाझीले गुनासो गरे । बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका प्राध्यापक तोयानाथ पहाडीले भने, “समस्या समाधानको अरु उपाय केही नलागेपछि अन्त्यमा आन्दोलनमा उत्रिएका हौँ ।” मविले आङ्गिक क्याम्पसका लागि २०३ शिक्षक र कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । अहिलेसम्म कसैलाई नियुक्ति नपाउँदा उनीहरूले भदौदेखि तलबसमेत पाएका छैनन् । हजारौं विद्यार्थी, सयौं प्राध्यापक तथा कर्मचारी एवं क्याम्पसको समेत भविष्य अनिश्चित भएको तथा विश्वविद्यालय अनुदान आयोगबाट अनुदान प्राप्त गर्ने अवसरबाट १० वटा क्याम्पस वञ्चित भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय आङ्गिक क्याम्पस समायोजन सङ्घर्ष समितिका सचिवसमेत रहेका पहाडीले बताए । त्यस्तै सङ्घर्ष समितिले १० वटा क्याम्पसका प्राध्यापक र कर्मचारीले मन्त्रिपरिषद्ले गरेको निर्णय, विश्वविद्यालय अनुदान आयोगको निर्देशन र मविको ऐनअनुसार तत्काल नियुक्ति दिनुपर्ने, क्याम्पसको सम्पत्ति हस्तान्तरण गरी समायोजन प्रक्रिया टुङ्ग्याउनु पर्ने र प्राज्ञिक वातावरणलाई सम्मानपूर्ण बनाउनुपर्ने माग राखेका छन् । बाँकेको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस, सुर्खेतको भेरी शिक्षा क्याम्पस, जाजरकोटको भेरी ज्ञानोदय क्याम्पस, कालीकोटको तीला कर्णाली बहुमुखी क्याम्पस, मुगुको रारा बहुमुखी क्याम्पस, मुसिकोटको अलङ्गा बहुमुखी क्याम्पस, दैलेखको नारायण क्याम्पस, बर्दियाको बबई बहुमुखी क्याम्पस, सुर्खेतको जनता बहुमुखी क्याम्पस, रोल्पाको जलजला बहुमुखी क्याम्पसलाई आङ्गिक क्याम्पसको रुपमा घोषणा गरिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy