Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

आज नेपाललाई क्रिकेटमा इतिहास कायम गर्ने मौका

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ । गत वर्ष एक दिवसीय अन्तर्राष्टिय मान्यता पाएपछिको दोस्रो एक दिवसीय शृङ्खला खेलिरहेको नेपालका लागि पहिलो पटक एक दिवसीय शृङ्खला जित्ने अवसर मिलेको हो । संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको नेपालले आज घरेलु टोलीसँग तेस्रो एक दिवसीय खेल खेल्दैछ । घरेलु टोलीसँग तीन खेलको एक दिवसीय र तीनवटा टी–२० सिरिजका लागि युएईमा रहेको नेपालले आज अन्तिम एक दिवसीय खेल खेल्न लागेको हो । यसअघि भएको पहिलो खेलमा पराजित तथा दोस्रो खेलमा विजयी भएको नेपालले आजको खेल जित्न सके नेपाली क्रिकेट इतिहासमा पहिलो एक दिवसीय शृङ्खला जित्ने इतिहास कायम गर्नेछ । नेपालले खेलेको पहिलो एक दिवसीय शृङ्खला भने बराबरी भएको थियो । नेपालले गएको असारमा नेदरल्याण्डसँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । जुन शृङ्खला १–१ को बराबरीमा सकिएको थियो । नेपालले शृङ्खला जित्ने जित्ने आधार युएईको बलियो पक्ष रहँदै आएको ब्याटिङ यो शृङ्खलामा नचल्नु युएई हारको प्रमुख कारण बनेको छ । पहिलो खेलमा युएईलाई नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याउन हम्मेहम्मे परेको थियो भने दोस्रो खेलमा युएई ९७ रनमै समेटिएको थियो । युएईका अनुभवी खेलाडी तथा कप्तान रोहन मुस्तफा र रामिज शाहजादको अनुपस्थितिले युएईको ब्याट कमजोर बनेको छ । मुस्तफा र शाहजादसहित एहमद राजा युएई क्रिकेट बोर्डले आठ हप्ताको लागि निलम्बन गरेको छ । यसैगरी विश्वस्तरीय स्पिनर सन्दिप लामिछानेको उपस्थितिले नेपालको बलिङ पक्ष मजबुत रहेको छ भने सोमपाल कामीको लय पनि उत्कृष्ट रहेको छ । सन्दिप र सोमपालले दुई खेलमा समान छ÷छ विकेट लिइसकेका छन् । यसैगरी पहिलो खेलको तुलनामा नेपालले ब्याटिङमा निकै सुधार गरेको छ । पहिलो खेलमा ११३ रनमा ‘अल आउट’ भएको नेपालले दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै २४२ रन बनाएको । नेपालका प्रशिक्षक जगत टमाटाले दोस्रो खेलको जस्तै नेपालले उत्कृष्ट ब्याटिङ गरे आजको खेल जित्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “बलिङमा हामीलाई समस्या छैन, ब्याटिङ लाइन राम्रो हुनसके हामी शृङ्खला जित्छौँ ।” नेपाललाई पहिलो एक दिवसीय शृङ्खला जित्न आजको खेलमा शनिबारको खेल प्रदर्शनलाई कायम राख्न सक्नुपर्ने कप्तान पारस खड्काको भनाइ छ । दोस्रो खेलमा युवा स्टार रोहितकुमार पौडेलले कीर्तिमानी अर्धशतक बनाएका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending