पत्रकार महिलालाई इङ्गीत गर्दै अध्यक्ष प्रचण्डले भने - आरक्षण होइन, योग्यता विकास गर्नुहोस्
माघ १७ गते, २०७५ बिहिवार 31st January, 2019 Thu१३:३५:२६ मा प्रकाशित
चितवन। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको सशक्तीकरणका निम्ति हिजो राज्यले गरेको विभेदको क्षतिपूर्तिका रुपमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था संविधानमा गरिएको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घका महिला विभागले आज जिल्लाको पटिहानीमा आयोजना गरेको पत्रकार महिलाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आरक्षण प्राप्त गर्नेतर्फ ध्यान केन्द्रित नगरी महिलाले आफूलाई योग्य सावित गर्नेतर्फ केन्द्रित गर्नुपर्ने बताए।
दाहालले आरक्षणले क्षमतामा अवरोध सिर्जना गर्ने भन्दै योग्यता विकास गर्न सुझाव दिए । उनले पत्रकार महिलालाई इङ्गीत गर्दै भने, “तपाईंहरु नेतृत्व तहमा नै आउँदै हुनुहुन्छ, अध्यक्ष बन्नुपर्छ, त्यो अब महिला मुक्ति आन्दोलनका रुपमा लिनुपर्छ ।”
इतिहासको महत्वपूर्ण क्षणमा हामी रहेको भन्दै उनले भने, “हाम्रो अगाडि अवसर छ, धेरै वर्षको मेहनत र बलिदानबाट प्राप्त यो अवसरलाई सदुपयोग गर्नुपर्छ ।” सबै वर्ग, क्षेत्र, समुदायको एकता नभएको भए अहिलेको राजनीतिक परिवर्तन सम्भव नहुने भन्दै उनले यसलाई कार्यान्वयन गर्ने अहिलेको चुनौती रहेको बताए ।
राष्ट्रको एकतालाई अझ मजबुद बनाउनुपर्ने भन्दै उनले बताए, “एकतालाई अझ मजबुत कसरी गर्ने, प्रगतिशील परिवर्तनलाई कसरी संस्थागतरुपले कार्यान्वयन गर्ने र समृद्धिको यात्रालाई कसरी अगाडि बढाउने भन्ने विषयमा सोच्ने बेला आएको छ ।”
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले पुरुष पुग्ने ठाउँमा महिला पुग्न नसकेको भन्दै प्रतिष्पर्धी ढङ्गले काम गर्न पत्रकार महिलालाई आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार महिलालाई नेतृत्वमा ल्याउन सहयोगी बन्ने बताए।
सो अवसरमा तत्कालीन प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता बढ्दो रहेको भन्दै महिलालाई अघि बढाउन सबैले साथ र सहयोग गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासङ्घ महिला विभागका प्रमुख लक्ष्मी पुनको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेत, भरतपुर महानगरपालिका वडा नं २२ का वडा अध्यक्ष विष्णुराज महतो, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडा लगायतले बोलेका थिए ।
भेलामा पत्रकार महिलाका वर्तमान अवस्था, समस्या र समाधान विषयमा व्यापक छलफल गरी निष्कर्ष निकालिनेछ । भेलामा अगुवा पत्रकार महिलालाई सम्मान गरिएको थियो । देशभरका पत्रकार महासङ्घका शाखा, केन्द्र्रीय समिति, प्रतिष्ठान, प्रदेश समितिका महिला नेतृत्व र केन्द्रीय समितिका पूर्वनेतृत्वको सहभागिता रहेको छ । भेलामा २०० भन्दाबढी पत्रकार महिलाको सहभागिता रहेको छ । भेला आज साँझ पटिहानी घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: