काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
काउन्सिलका रजिष्टार डा।सतिश कुमार देवले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्राचार गर्दै सामाजिक सञ्जाल तथा प्रचार सामग्रीमार्फत ‘आईभीएफ सम्बन्धी परामर्श सेवा (मेडिकल क्याम्प र कन्सल्टेसन प्रोग्राम)’ तत्काल रोक्न निर्देशन दिएको हो ।
आईभीएफ सम्बन्धी परामर्श सेवा अप्रिल १६ मा काठमाडौँस्थित होटल याक एण्ड यति मा कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी आएकोमा काउन्सिलको ध्यानाकर्षण भएको उनको भनाइ छ ।पत्रअनुसार उक्त कार्यक्रममा डा। जयदीप मल्होत्रा र डा।नरेन्द्र मल्होत्राको नाम उल्लेख गरिएको छ।
उनका अनुसार नेपाल मेडिकल काउन्सिल ऐन २०२० तथा प्रचलित नियमावली २०२४ अनुसार नेपालभित्र कुनै पनि विदेशी वा स्वदेशी चिकित्सक संस्थाले चिकित्सा सेवा, परामर्श, शिविर वा उपचारसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुअघि नेपाल मेडिकल काउन्सिलमा दर्ता तथा पूर्व स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था छ ।
उक्त प्रचार सामग्रीको अध्ययन गर्दा सम्बन्धित चिकित्सक र संस्था नेपाल मेडिकल काउन्सिलमा विधिवत् दर्ता भएको वा काउन्सिलबाट आवश्यक स्वीकृति लिएको प्रमाण नदेखिएकोले काउन्सिलले यस्तो निर्देशन दिएको हो ।
बिना अनुमति चिकित्सा सेवा सञ्चालन गर्नु कानुन विपरीत हुनुका साथै जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने सम्भावना रहने डा। सतिसको भनाइ छ ।
उक्त कार्यक्रम तत्काल रोक्का गर्न तथा कानून बमोजिम आवश्यक छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइदिनु हुन काउन्सिलले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई अनुरोध गरेको छ ।
साथै भविष्यमा यस्ता गतिविधि सञ्चालन गर्नुअघि सम्बन्धित निकायबाट अनिवार्य स्वीकृति लिनुपर्ने विषयमा सरोकारवाला निकायलाई सचेत गर्न अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - १७:३१
काठमाडौं । विभिन्न विद्यार्थी सङ्गठनहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्ने सन्देश दिँदै शुक्रबार काठमाडौंमा संयुक्त सद्भाव र्...
श्रावण १५ गते, २०८३ - १७:२५
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा पुन: निषेधाज्ञा जारी गरेको छ। शुक्रबार साँझ ५ बजेदेखि शनिबार...
श्रावण १५ गते, २०८३ - १६:४४
सुलीकोट । पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पुरबहादुर गुर...
श्रावण १५ गते, २०८३ - १६:३३
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीलगायत विभिन्न जिल्लामा देखिएको संवेदनशील अवस्थालाई समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन...
श्रावण १५ गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रियसभाको बैठक साउन १८ गते सोमबार दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गरेका अध...
श्रावण १५ गते, २०८३ - १६:००
विराटनगर । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले सरकारसँग सहमति भए पनि शव बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरु...
श्रावण १५ गते, २०८३ - १५:५१
काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) छपाइ ठेक्का भ्रष्टाचार प्रकरणमा आरोपित सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। विशेष अ...
श्रावण १५ गते, २०८३ - १५:३९
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशे...
श्रावण १५ गते, २०८३ - १५:२१
काठमाडौं ।नेपाली कांग्रेसले पछिल्लो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सब...
श्रावण १५ गते, २०८३ - १५:०९
काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल ...



प्रतिकृया लेख्नुहोस्: