धुर्मुस सुन्तलीले निर्माण गर्ने क्रिकेट रंगशालालाई जगदम्बाले सघाउने, गरे यस्ताे सम्झाैता
माघ १८ गते, २०७५ शुक्रवार 1st February, 2019 Fri१२:४२:०३ मा प्रकाशित
काठमाडौं। जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छड बजारमा ल्याएको छ । जगदम्बाले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड छडको सद्भावना दूत (ब्राण्ड एम्बेसडर) मा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ ।
राजधानीमा बिहीबार साँझ आयोजित भब्य कार्यक्रमबीच जगदम्बा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतहरु सीताराम कट्टेल र कुञ्जना घिमिरेले जगशक्ति गोल्ड टिएमटी बार सार्बजनिक गरे । जगदम्बा इन्टरप्राइजेजले धुर्मुस सुन्तलीले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जगशक्ति गोल्ड बारको प्रति मेटिक टन बिक्रीबाट २० रुपैयाँ उपलब्ध गराउने निर्देशक रुंगटाले कार्यक्रममा घोषणा गरे । उक्त सहयोग २ बर्षसम्म उत्पादन हुने जगशक्ति गोल्ड छडको बिक्रीबाट उपलब्ध गराइने छ ।
कार्यक्रममा सद्भावना दूत धुर्मुसले आफूले घोषणा गरेको रंगशाला निर्माण गर्न सबैसँग सहयोगको आग्रह गरे । उनले अत्याधुनिक प्रविधिबाट उत्पादित जगशक्ति गोल्ड छडको सद्भावना दूत बनेर राष्ट निर्माणमा जोडिन पाउँदा खुशी लागेको बताए ।
जगदम्बा इन्टरप्राइजेजले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड बजारमा आएका छडमध्ये उत्कृष्ट रहेको दावी गरेको छ । कम्पनीका प्राविधिक परामर्शदाता एस राजामनीले जगशक्ति गोल्ड फे ५०० डि टिएमटी छड परंपरागत प्रणालीबाट उत्पादित बारभन्दा उच्च गुणस्तरीय हुने बताए । राजामनी भारतको चर्चित टाटा स्टिलमा काम काम गरिसकेका बरिष्ठ प्राविधिक हुन् । \'यस छडमा सल्फर र फसफोरसजस्ता अशुद्ध तत्वलाइ शून्य दशमलव ०६ भन्दा कम गराइएको हुन्छ, \'उनले भने, \'फे ५०० डी श्रेणीका टिएमटी छड साधारण श्रेणीका छडभन्दा उच्च लचिला हुन्छन् । यसलाइ उत्पादन गर्दा उच्च नियन्त्रण भएको थर्मो केमिकल ट्रिटमेन्टबाट बनाइन्छ । डि श्रेणीका छडहरू भूकम्प प्रतिराधात्मक र यान्त्रिक रूपमा पूर्ण सक्षम हुन्छन् ।\'
जगशक्ति टिएमटी गोल्डलाइ निर्माण कार्यमा प्रयाग गर्दा कंक्रिटले अत्याधिक ढबाब सहने क्षमता राख्दछ । खिया प्रतिरोधात्मक यस छडमा उत्कृष्ट वेल्डिंग क्षमता छ ।
कम्पनीका अनुसार यो छड उत्पादन गर्दा पूर्ण नियन्त्रण भएको मेकानिकल ट्रिटमेन्ट गरिएको छ । यस छडमा कार्वन, सल्फर र फस्फोरसको मात्रा कम हुन्छ । जसले गर्दा स्टिल सुरक्षित रहन्छ र भविष्यमा भूकम्पका धक्काको प्रतिराध गर्न सक्दछ । यस छडलाइ पुल, बाँध, आकाशे पुल, भवन, रेलमार्ग, जलविद्युत अयोजना जस्ता विभिन्न परियोजनाहरूमा प्रयाग गर्न सकिन्छ ।
जगदम्बा इन्टरप्राइजेजले नियुक्त गरेका सद्भावना दूतहरु धुर्मुस र सुन्तली कलाकारितामा जति जमेका छन्, त्यतिकै समाजसेवामा पनि सक्रिय छन् । उनीले भुकम्पपीडितका लागि सिन्धुपाल्चोकको गिरान्चोर एकिकृत बस्ती, काभ्रेको पहरी बस्ती, मुसहर समुदायका लागि महोत्तरीको बर्दिबास र रौतहटका बाढीपीडितका लागि सामुहिक आवास निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिसकेका छन् । उनीहरुले चितवनमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । उनीहरुसँगको सहकार्यले जगशक्ति गोल्ड टिएमटी छडको प्रबर्धनमा उल्लेख्य सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।
जगदम्बा इन्टरप्राइजेजले विभिन्न प्रकारका कालो पाइप, जिआइ (फलामे) पाइप, विद्युतीय पोल, सटर प्रोफाइका साथै स्ट्रक्चरल पुल, ट्रससमेत उत्पादन तथा जडान गर्दै आएको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: