काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। अस्पतालमा उपचाररत अवस्थामा उनीहरू भेट्न आए पनि एकताको विषयमा कुनै कुराकानी नभएको ओलीको भनाइ छ।
एमाले नेता विशाल भट्टराईले अध्यक्ष ओलीसँगको भेटपछि सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। उनका अनुसार शल्यक्रियापछि ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ र उनी छिट्टै सक्रिय राजनीतिमा फर्किने तयारीमा छन्।
भट्टराईले अस्पतालबाट डिस्चार्ज भएको दोस्रो दिन ओलीलाई निवासमै भेटेको उल्लेख गर्दै उमेर र स्वास्थ्य अवस्थालाई हेर्दा उनी उत्साहजनक रूपमा हिँडडुल गरिरहेको बताए। पित्तथैलीमा २४ एमएमको पत्थरी देखिएपछि गरिएको शल्यक्रियासँगै हर्नियाको समेत अपरेशन गरिएको उनले जानकारी दिए। आईसीयूमा रहँदा पनि ओली सामान्य अवस्थामा रहेको र अहिले मनोबल उच्च रहेको उनको भनाइ छ।
भेटका क्रममा ओलीले पार्टी एकताको सन्दर्भमा स्पष्ट धारणा राखेको भट्टराईले जनाएका छन्। एमालेको सिद्धान्त, नीति र कार्यक्रम स्वीकार गर्ने शक्तिसँग मात्रै सहकार्य सम्भव हुने उनले बताएका छन्। “सैद्धान्तिक, वैचारिक र सांगठनिक एकरूपता बिना पार्टी एकता सम्भव हुँदैन,” भन्ने ओलीको भनाइ उद्धृत गरिएको छ। एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट पारित नीति र नेतृत्व स्वीकार नगरी एकता सम्भव नहुने उनको अडान रहेको बताइएको छ।
ओलीले पूर्ण स्वास्थ्यलाभपछि पार्टीका नियमित गतिविधिमा फर्किने र देशव्यापी रूपमा संगठन सुदृढीकरण तथा कार्यकर्तामुखी कार्यक्रम अघि बढाउने तयारीमा रहेको पनि बताएका छन्।
यसैबीच, आफूविरुद्ध भएका धरपकडलाई उनले प्रतिशोधपूर्ण र पूर्वाग्रहयुक्त भन्दै अदालतबाट न्याय पाएको उल्लेख गरेका छन्। साथै, लगाइएका आरोपबारे निष्पक्ष छानबिन गर्न चुनौती दिँदै सत्यतथ्य सार्वजनिक गर्न आफू तयार रहेको सन्देश दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: