Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखाः मन्त्री ज्ञवाली

गलकोट। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा भएको बताएका छन् । मन्त्री ज्ञवालीले ठूला अर्थतन्त्र भएका मुलुकलाई जोड्ने महत्वपूर्ण मार्गका रुपमा करिडोर भएको बताएको हो । कालीगण्डकी करिडोरको बागलुङ खण्डलाई १० मिटर चौडा पार्ने कार्यको कालाखोला बगरमा आज उद्घाटन गर्दै मन्त्री ज्ञवालीले त्रिदेशीय सिधा सम्र्पक निर्माण गरी चीन र भारतमा आयात–निर्यातका साथै पर्यटकको आगमनका लागि करिडोरले ठूलो भूमिका रहने बताए । मन्त्री ज्ञवालीले कोरला नाका अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्ने र यसले देशको अर्थतन्त्रमा ठूलो योगदान दिनसक्ने विश्वास व्यक्त गरे । उनले करिडोरलाई धार्मिक मार्गका रुपमा समेत विकास गर्न सकिनेछ भने । सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रिय गौरवको आयोजनालाई सरकारले प्राथमिकतामा राखेकाले यसका लागि आवश्यक साधन तथा स्रोतकोे अभाव हुन नदिने बताए । कालीगण्डकी करिडोरलाई पर्यटन र धार्मिक हिसाबले मात्र नभई आर्थिक मार्गका रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरे। कालीगण्डकी करिडोरको स्तरोन्नति गर्न नेपाल सरकारले रु २० करोड बजेट विनियोजन गरेको छ । सो बजेटबाट १० मिटर चौडा कायम गर्न बागलुङ र र गुल्मी खण्डका लागि रु १०/१० करोड विनियोजन भएको सो अवसरमा जानकारी दिइयो । विसं २०७६ असारसम्म काम सक्ने गरी कालोपत्रेका लागि सडक विभागलाई हस्तान्तरण गर्ने गरी नेपाली सेनाको निर्माण कार्यदललाई प्रदान गरिएको छ । तत्कालका लागि बागलुङ खण्डमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म १० किलोमिटरलाई १० मिटर सडक चौडा पार्ने कार्य हुनेछ । सडकका लागि यस वर्ष सरकारले बजेट नदिएपछि वर्षायामको पहिरो समेत सेनाले आन्तरिक स्रोतबाट यातायात सञ्चालन गर्न सक्ने बनाएको थियो । लामो समयसम्म अगाडि बढ्न नसकेको यस करिडोरको काम २०७० सालमा नेपाली सेनालाई जिम्मा दिएपछि तीव्रता पाएको थियो । बागलुङ खण्डमा पर्ने ३८ किमिसहित गुल्मीमा समेत गरी ८० किमि सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले सम्पन्न गरेको थियो । बागलुङ खण्डको ट्रयाक मात्रै खोल्नका लागि रु ३३ करोड बढी खर्च भएको छ । अहिले करिडोरअन्तर्गतको सबैजसो खोलामा बेलिब्रिज हालेको छ । बजेटको समस्या नभए दुई वर्षभित्र बागलुङखण्ड कालोपत्रेका लागि तयार हुने बताइएको छ । चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने ४३५ किमीको दूरीको यो सडक त्रिदेशीय व्यापार तथा पारवाहनमा महत्वपूर्ण नाका बन्नेछ । यो सडकले कोरलादेखि म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारत जोड्नेछ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy