Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

एआई तस्वीरले निम्त्यायो विवाद : ट्रम्पविरुद्ध क्रिस्चियन समाज आक्रोशित

खबरडबली संवाददाता

काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ट ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल  ट्रूथमामा पोस्ट गरेको एआई–निर्मित एक तस्वीरले तीव्र विवाद निम्त्याएको छ।

तस्वीरमा ट्रम्पलाई जिसस ख्रीष्टजस्तै दैवी स्वरूपमा देखाइएको थियो—उनको हातबाट प्रकाश निस्किरहेको, अस्पतालको शैय्यामा रहेका बिरामीलाई निको पार्दै गरेको दृश्य, र पृष्ठभूमिमा दानव आकृति। धार्मिक आस्थासँग जोडिएको यस्तो चित्रणले क्रिस्चियन समुदायको एक हिस्सालाई आक्रोशित बनाएको छ।

विवाद चर्किएपछि ट्रम्पले उक्त पोस्ट हटाएका छन्। तर त्यसअघि उनले क्याथोलिक चर्चका प्रमुख पोप लियो XIVमाथि कडा टिप्पणी गरेका थिए। ट्रम्पले पोपलाई “अपराध नियन्त्रणमा कमजोर” भएको आरोप लगाउँदै आफू उनको प्रशंसक नभएको बताएका थिए।

आफ्नै समर्थकबाट आलोचना

ट्रम्पका केही कट्टर समर्थकहरू समेत यस घटनापछि असन्तुष्ट देखिएका छन्। रिले गेन्सले सामाजिक सञ्जाल एक्समा “थोरै नम्रताले फाइदा पुर्‍याउने” टिप्पणी गर्दै ईश्वरको उपहास गर्न नहुने चेतावनी दिएकी छन्।

मेगन बसमले पोस्टलाई “अत्यन्त अपमानजनक” भनेकी छन् भने इसाबेल ब्राउनले यसलाई “घृणास्पद र अस्वीकार्य” को संज्ञा दिएकी छन्। दक्षिणपन्थी सञ्चारकर्मी स्टीव डेसले छोटो प्रतिक्रिया दिँदै “No” मात्र लेखेका छन्।

पत्रकारहरूले सोध्दा ट्रम्पले “त्यो चित्रण होइन, म नै थिएँ” भन्दै तस्वीरलाई ठट्टाको रूपमा व्याख्या गरे। उनले आफू “मानिसहरूलाई निको पार्ने चिकित्सक” जस्तो देखाउन खोजिएको दाबी गरे।

भान्सको बचाउ

उपराष्ट्रपति JD Vanceले भने उक्त तस्वीरलाई “साधारण ठट्टा” भन्दै ट्रम्पको बचाउ गरेका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले धेरैले ठट्टा नबुझेको टिप्पणी गरेका थिए।

पोपसँग वाक्युद्ध

ट्रम्प र पोप लियो १४ औँबीच पछिल्लो समय वाक्युद्ध चलिरहेको छ। पोपले अमेरिकी विदेश नीतिमा “सर्वशक्तिमान् भएको भ्रम” झल्किने संकेत गरेपछि ट्रम्पले प्रतिवाद गरेका हुन्। गाजा र इरानजस्ता संवेदनशील विषयमा पोपले मुखर अभिव्यक्ति दिएपछि ट्रम्पको प्रतिक्रिया झन् चर्किएको छ।

ट्रम्पको टिप्पणीको आलोचना युरोपसम्म फैलिएको छ। इटालीका उपप्रधानमन्त्री म्याटियो साल्भिनी सहित विभिन्न नेताहरूले धार्मिक नेतृत्वमाथि प्रहार गर्नु न त उपयोगी न त बुद्धिमानी भएको बताएका छन्।

एआई प्रविधिको प्रयोग, धार्मिक प्रतीकको संवेदनशीलता र राजनीतिक अभिव्यक्तिको सीमारेखाबीचको यो विवादले सामाजिक सञ्जालमा अभिव्यक्तिको जिम्मेवारीबारे नयाँ बहस सुरु गराएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारी अस्पतालमा दुई दिन ओपीडी बन्द: सेवाग्रही मारमा

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सक्रिय १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा साताको दुई दिन सार्वजनिक बिद...

मूल्यवृद्धिविरुद्ध अर्धनग्न प्रदर्शन, कोहलपुर चौराहामा एक्लै उभिए अभियन्ता

बाँके । समाजमा व्याप्त अन्याय, विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उ...

विमानस्थल र प्रादेशिक अस्पताल पहिलो प्राथमिकता : सांसद पोखरेल

काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणल...

एआई तस्वीरले निम्त्यायो विवाद : ट्रम्पविरुद्ध क्रिस्चियन समाज आक्रोशित

काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ट ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल  ट्रूथमामा पोस्ट गरेको एआई–निर्मित एक तस्वीरले तीव्र विवाद निम्त्याए...

मालवस्तु ढुवानीमा स्थानीय तहले कर लगाउन नपाउने निर्णय

काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको भू–भाग हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर वा शुल्क लगाउन नपाइने स्पष्ट गरिएको...

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर

काठमाडाैं ।  सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र सं...

दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।  बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र...

सूर्नयागाड जलविद्युत् बन्द हुँदा बस्ती अन्धकारमा

बैतडी । पाटन नगरपालिका–६ मा रहेको सूर्नयागाड जलविद्युत् आयोजना दुई वर्षदेखि बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य भएका छन्। नेपाल विद्युत् ...

वाम एकताको बहस फेरि तात्यो, सुरेन्द्र पाण्डेको फरक मत

काठमाडौं । २१ फागुनको चुनावी परिणामपछि नेपाली कम्युनिस्ट वृत्त फेरि चलायमान भएको छ। चुनावमा अपेक्षाभन्दा कमजोर प्रदर्शनपछि नेपाल कम्युनिस्ट पार्टी (एक...

१० वर्षदेखि चलनचल्तीबाहिर ३६ लाख खाता, १७ अर्बभन्दा बढी रकममा सरकारको नजर

काठमाडौं । बैंकमा पैसा छ, तर मालिक बेखबर। यस्तो “निद्रामा” परेका खाताको संख्या नेपालमा ३६ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending