Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

ट्रम्पकी वरिष्ठ सल्लाहकारमाथि हातपात

ट्रम्पकी निकट सहयोगी तथा ह्वाइट हाउसकी सल्लाहकार केल्यान कन्वेले उनलाई आफ्नो छोरीकै सामुन्ने एक महिलाले दुर्व्यवहार गरेको बताएकी छन्। अमेरिकी सञ्चारमाध्यमहरूलाई उनले बताए अनुसार उक्त घटना वाशिंगटन डिसीको बाहिरी भागमा रहेको एक रेस्टुराँमा गत अक्टोबरमा भएको थियो। कन्वेले भनिन् ती महिलाले उनलाई पछाडिबाट समातेर झक्झक्याउँदै बेस्सरी चिच्च्याएकी थिइन्। ६३ वर्षीय मेरी एलिजाबेथ इनाबिनेटले भने त्यस्तो हमला गरेको अस्वीकार गेकी छन्। मार्च महिनामा उनी त्यससम्बन्धी मुद्दामा अदालतमा उपस्थित हुँदैछिन्। सीएनएनसँग कुरा गर्दै कन्वेले भनिन्, ती महिला नियन्त्रणभन्दा बाहिर थिइन्। उनले गरेको व्यवहार म वर्णन गर्न पनि सक्दिन। उनको पूरै अनुहारमा मैले क्रोध र आतंक देखेँ। त्यसपछि आफूले आपतकालीन सेवा प्रदायकहरूलाई फोन गरेको तर प्रहरी आइपुगुञ्जेल ती महिला बेथेस्दामा रहेको सो मेक्सिकन रेस्टुराँबाट हिँडिसकेको कन्वेले बताइन्। आफ्नी किशोरी छोरीले उक्त घटनाको केही अंश मोबाइलमा रेकर्ड समेत गरेको कन्वेले बताइन्। तर इनाबिनेटकी वकिलले एक विज्ञप्ति जारी गर्दै उनले कन्वेलाई हमला नगरेको बरु संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता उपभोग गरेको जनाएका छन्। अदालतमा उनले आफू निर्दोष भएको जिकिर गर्ते ती वकिलले बताए। यो पहिलो घटना होइन ट्रम्पका अधिकारीहरूमाथि पहिले पनि त्यस्तै घटना भएका थिए। जुन १९ मा होमल्याण्ड सेक्युरिटी मन्त्रीलाई एक रेस्टुराँमा नै केही अभियानकर्मीहरूले हातपात गरे। त्यतिखेर मेक्सिकोसँगको सिमानामा आप्रवासीका केही बालबालिकालाई अभिभावकसँग छुट्ट्याइदिएको घटना उल्लेख गर्दै अभियानकर्मीहरूले उनलाई ती बालबालिकाको रोदन सुन्न सक्छौ भन्दै कराएका थिए। केही दिनपश्चात् ह्वाइट हाउसकी प्रेस अधिकारी स्यारा स्याण्डर्सलाई आप्रवासीकै विषयलाई लिएर एक रेस्टुराँबाट बाहिर जान केही मानिसले भनेका थिए। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending