माघ २७ गते, २०७५ आइतवार 10th February, 2019 Sun१५:५८:५० मा प्रकाशित
सिंगापुर।रिकोलाई एचआईभी भएको एक दशक भइसक्यो । सामाजिक व्यवहार गोप्य राख्न रुचाउने सिंगापुरमा उनलाई एचआईभी भएको बारेमा केही निकट व्यक्तिलाई मात्र थाहा थियो । गत महिना उनलाई एउटा फोन कल आयो । ती व्यक्तिले आफ्नो व्यक्तिगत जानकारी अनलाइनमा सार्वजनिक भएको जानकारी दिए ।
रिको एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै एचआईभी भएका १४ हजार २०० जनाको स्थिति, नाम र ठेगाना एक जना अमेरिकीले इन्टरनेटमा राखिदिएको पत्ता लागेको छ । सिंगापुरका एक जना वरिष्ट चिकित्सक साथीबाट प्राप्त गरेको गोप्य विवरण ती अमेरिकीले अनलाइनमा राखेको विश्वास गरिएको छ ।
“यो कार्यबाट एलजीबीटी समुदायका व्यक्तिहरु सबैभन्दा बढी क्रुद्ध भएका छन्,” ३१ वर्षीय रिकोले बताए । उनी आफ्नो पूरा नाम भन्न चाहन्नन् । अनलाइनमा गोप्य विवरण राखिएपछि आत्तिएका उनले भने, “मलाई हेर्ने अरु मानिसको दृष्टिकोणमा अब परिवर्तन आउन सक्छ ।” उनले आफ्ना सबै साथीलाई आफू एचआईभी–पोजेटिभ भएको बताएका थिएनन् ।
“एलजीबीटी भएका व्यक्तिहरुमाथि समुदाय सहिष्णु पनि हुनसक्ला तर यहाँको समुदाय एचआईभी–पोजेटिभ भएका व्यक्ति र समलिङ्गीलाई स्वीकार्न तयार हुँदैन । कम्तीमा मेरो जीवनकालमा यो सम्भव छैन,” उनले दुःखेसो पोखे ।
सिंगापुर धेरै रुपमा आधुनिक छ, तर यहाँको सामाजिक परिदृश्य आर्थिक विकासझैं त्यही गतिमा परिवर्तन भएको छैन र कतिपय अवस्थामा ज्यादै रुढीबादी धारणाबाट आक्रान्त छ । एसियाका अरु देशजस्तै अवस्था यहाँको छ ।
सिंगापुरमा एचआईभी भएकाहरुले पटकपटक आफ्ना गोप्य विवरण सार्वजनिक हुने खतरा औंल्याउँदै आएका थिए । सिंगापुरको प्रभावशाली अखबार स्ट्रेट टाइम्समा दिएको प्रतिक्रियामा एक कामदारले आफूलाई पनि एचआईभी भएको विवरण सार्वजनिक भए जागीरबाट हटाउने व्यवस्थापनले धम्की दिएको बताइन् ।
एचआईभी भएका कुनै पनि विदेशीलाई सिंगापुरमा धेरै वर्षअघिसम्म पाइला टेक्न पनि दिइन्नथ्यो । सन् २०१५ मा विदेशीमाथिको त्यस्तो प्रतिबन्ध फुकुवा गरियो तर भ्रमणको अवधि छोटो बनाइन्थ्यो । सिंगापुरमा काम गर्न चाहने सबै विदेशीले स्वास्थ्य परीक्षणमा सफल हुनैपर्ने व्यवस्था थियो ।
करिब ५६ लाख जनसंख्या रहेको सिंगापुरमा धेरै विदेशी काम गर्दछन् । यी कामदारमा धनाढ्य बैंकर्सदेखि निर्माण साइटमा काम गर्ने मजदूरसम्म रहेका छन् ।
इन्टरनेटबाट सार्वजनिक भएको एचआईभी सम्बन्धी विवरणमा पाँच हजार ४०० सिंगापुरका बासिन्दा र आठ हजार ८०० जना विदेशी रहेका छन् । सिंगापुरको एनजीओ एक्सन फर एड्स ९एएफए०की कार्यकारी निर्देशक सुमिता बनर्जीले पीडितहरुले रुँदै आफ्नो संस्थामा सम्पर्क गरिरहेको बताइन् ।
“एउटा मुख्य सरोकारको विषय नै यसअघि एचआईभी भएको बारेमा जानकारी नपाएका रोजगारदाता, साथीभाइ र परिवारको हो जसले यो समाचार आएलगत्तै क्रुद्ध प्रतिक्रिया दिने सम्भावना छ,” उनले भनिन् । केहीले यही कारण जागीर नै गुमाउनुपर्ने खतरा बढेको छ, उनको भनाइ छ ।
तर स्वास्थ्य अधिकारीहरुले जारी गरेको निर्देशिका बमोजिम कुनै पनि रोजगारदाताले एचआईभी–पोजेटिभ भएका व्यक्तिलाई रोजगारबाट हटाउन पाइन्न ।
सिंगापुरका अधिकारीहरुले इन्टरनेटमा राखिएका व्यक्तिका गोपनीय जानकारीको पहुँच नदिन काम थालिसकेको जनाएका छन् । अधिकारीहरुले एक शंकास्पद व्यक्ति मिखी फरेरा ब्रोचेजले गोप्य विवरण अनलाइनमा राखेको बताएका छन् । ती व्यक्तिसँग गोपनीय रेकर्ड अझै हुनसक्ने बताएका छन् ।
स्थानीय सञ्चार माध्यमले ब्रोचेजलाई संयुक्तराज्य अमेरिकामा पक्राउ गरिएको जनाएका छन् । तर उनले गोप्य विवरण इन्टरनेटमा नराखेको दाबी गरेका छन् ।
एचआईभी–पोजेटिभ मनोविज्ञानवेत्ता ब्रोचेज सन् २००८ मा पहिलोपटक सिंगापुर आएका थिए । उनले आफ्ना साथी चिकित्सक लर टेक सियाङको रगत लिएर रक्त परीक्षणमा सफल देखाएका थिए । त्यही आधारमा उनी सिंगापुरमा बस्न पाएका थिए । तिनै साथीबाट ब्रोचेजले एचआईभी पीडित व्यक्तिका गोप्य विवरण प्राप्त गरेका थिए ।
सन् २०१६ मा प्रहरीले गोप्य सूचनाका आधारमा ब्रोचेज र लरको निबासमा छापा मारेर कागजातहरु, एउटा ल्यापटप र मोबाइल फोन बरामद गरेको थियो ।
ब्रोचेजलाई अन्ततः आफ्नो एचआईभी विवरणबारे झुटो विवरण दिएको, नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको, गैरकानुनी रुपमा रोजगारीमा प्रवेश गरेको तथा लागूऔषध सेवन गरेको आरोपमा जेलमा समेत राखिएको थियो ।
सिंगापुर सरकारले सन् २०१८ मा ब्रोचेजलाई स्वदेश फर्काएको थियो, तर उनीबारे अधिकारीहरु अनभिज्ञ थिए । अहिले तिनै ब्रोचेजले सबै विवरण इन्टरनेटमा राखिदिए । यद्यपी अधिकारीले ब्रोचेजले किन गोप्य विवरण इन्टरनेटमा राखे भन्ने कुनै विवरण दिन अस्वीकार गरेका छन् ।
सिंगापुर सरकारले एचआईभी–पीडितलाई सहयो गर्न पूर्ण सहयोग गर्ने स्पष्ट गरेको छ । एएफपी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: