Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

सिन्धुली हिरासत मृत्यु प्रकरण: छानबिन समिति गठन

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीले सिन्धुली हिरासतमा भएको एक युवकको मृत्यु प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ।

सुनकोशी गाउँपालिका–३, सिन्धुलीका २२ वर्षीय श्रीकृष्ण बिकको हिरासतमा मृत्यु भएपछि घटनाको तथ्यगत र निष्पक्ष अनुसन्धानका लागि समिति बनाइएको हो। उनी जबरजस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा जिल्ला अदालत सिन्धुली बाट ७ दिनको म्याद थप भई इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा राखिएका थिए।

प्रहरीका अनुसार वैशाख ७ गते बिहान ७:५५ बजे हिरासत कक्षभित्रको शौचालयमा आफ्नै कपडाले घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा उनी फेला परेका थिए। तत्काल उपचारका लागि लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ।

घटनाको अनुसन्धानका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका एआइजी दिनेश कुमार आचार्य को संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा डीआइजी रविन्द्र नाथ पौडेल, इन्सपेक्टर इन्द्रजित सुनार, प्रहरी निरीक्षक प्रेम रेग्मी र राजेश्वर सापकोटा सदस्य रहेका छन्।

प्रहरी प्रधान कार्यालयले उक्त समितिलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सद्भावका पक्षमा काठमाडौंमा विद्यार्थीको प्रदर्शन, माइतीघरबाट एकता र्‍याली

काठमाडौं । विभिन्न विद्यार्थी सङ्गठनहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्ने सन्देश दिँदै शुक्रबार काठमाडौंमा संयुक्त सद्भाव र्...

वीरगञ्जमा फेरि निषेधाज्ञा, शुक्रबार साँझदेखि शनिबार बिहानसम्म लागू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा पुन: निषेधाज्ञा जारी गरेको छ। शुक्रबार साँझ ५ बजेदेखि शनिबार...

पाकिस्तान हिमपहिरोमा परी गोरखाका पुरबहादुरको मृत्यु, लाप्राक शोकमा

सुलीकोट । पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पुरबहादुर गुर...

मधेशका सांसदलाई प्रधानमन्त्रीको आग्रह : निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वासको पुल बन्नुस्

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीलगायत विभिन्न जिल्लामा देखिएको संवेदनशील अवस्थालाई समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन...

राष्ट्रियसभा बैठक साउन १८ सम्मको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक साउन १८ गते सोमबार दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गरेका अध...

देवानगञ्ज गोलीकाण्ड : सहमतिपछि पनि किन परिवारले शव बुझ्न मानेनन् ?

विराटनगर । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले सरकारसँग सहमति भए पनि शव बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरु...

पासपोर्ट ठेक्का भ्रष्टाचार प्रकरण : सिद्धार्थ थापा साधारण तारिखमा रिहा

काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) छपाइ ठेक्का भ्रष्टाचार प्रकरणमा आरोपित सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। विशेष अ...

गृहमन्त्री गुरुङको निर्देशनपछि ड्रोनबाट सुरक्षा अनुगमन

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशे...

सामाजिक सद्‌भाव बिथोल्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने कांग्रेसको चेतावनी, यस्तो छ ७ बुँदे निर्देशन

काठमाडौं ।नेपाली कांग्रेसले पछिल्लो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सब...

स्वास्थ्य र शिक्षा समता शुल्क औपचारिक रुपमा खारेज

काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending