Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

गृहमन्त्रीले प्रहरीलाई सचेत गराउँदै भने - हिलो पानीमा माछा मार्ने प्रवृत्ति अझै छ

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा कायम गर्ने गहन जिम्मेवारी प्रहरीमा छ भन्दै पेशागत निष्ठा र सेवाग्राहीले अनुभव गर्ने गरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरी निरीक्षक आधारभूत तालीमको १७८ औँ समूहको दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै गृहमन्त्री थापाले  नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल रहेको र ९० प्रतिशत बढी प्रतिवादीलाई कानूनी कठघरामा उभ्याइनुुुु सङ्गठनको व्यावसायिकताकै सूचक भएको उल्लेख गरे । गृहमन्त्री थापाले व्यक्तिगत त्रुटि र लापर्वाहीले सङ्गठनप्रतिको नागरिकको भरोसा घट्ने बताउँदै त्यसमा सतर्कता अपनाउन निर्देशन दिए । हिलो पानीमा माछा मार्ने प्रवृत्ति अझै जारी रहेको र राष्ट्र र संविधान विरोधी गतिविधि प्रदर्शन भइरहेको छ भन्दै उनले देशलाई विखण्डनतर्फ लैजाने समूहका गतिविधिमा चनाखो बन्न प्रहरीलाई आग्रह गरे। गलत मनशायले निर्दोषलाई अपराधी घोषित गर्ने प्रवृत्तिबाट पनि सबै सचेत हुनुपर्नेमा उनको जोड थियो । “असमर्थन गर्न पाइन्छ तर अराजक बन्न पाइँदैन, सबै सम्भावना र शक्ति विरोधमा मात्रै खर्च गर्ने हो भने समृद्ध र समुन्नत नेपाल बनाउने कसरी, यो सोचनीय विषय होइन र रु”, गृहमन्त्री थापाले भने । उनले नेपाल प्रहरी सुधारको बाटामा अगाडि बढेको बताउँदै सुरक्षा सरकारको प्राथमिकता र दिगो विकासका लागि अनिवार्य शर्त भएको उल्लेख गरे । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दीक्षित प्रहरी कर्मचारीलाई सिकेका सीपलाई कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर प्रयोग गर्न आग्रह गरे । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातले ६२ वर्षअघि स्थापना भएको प्रतिष्ठानको आजै ६३ औँ वार्षिकोत्सवसमेत परेको जानकारी दिँदै यस पटक १९ महीनाको तालीम पार गरी १२ महिलासहित ९५ प्रहरी निरीक्षक दीक्षित भएको बताए । त्रिवि व्यवस्थापन सङ्कायका डीन प्रा डा डिल्लीराज शर्माले सिकेका ज्ञान सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए । प्रशिक्षणका क्रममा अध्ययनमा सर्वप्रथम हुन सफल कमल क्षेत्री, द्वितीय कुशराम कार्की र तृतीय विष्णुबहादुर बस्नेत, कवाजमा प्रथम सुशील थापा, शारीरिक व्यायाममा प्रथम राकेश रेग्मी, प्रहरी युक्ति तथा कारवाहीमा प्रथम प्रदीप सुवेदी र चाँदमारीमा प्रथम शेखरकुमार शाहलाई पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा पूर्वसमादेशक चिन्तबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending